कोहलपुरका ६ वटा वडाध्यक्ष पदका स्वतन्त्र उम्मेदवार को हुन ?

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सरगर्मी बढ्दै गइरहेको बेलामा कोहलपुरमा स्वतन्त्र उम्मेदवार दिनेको संख्या पनि बढ्दै गइरहेको छ। विभिन्न पार्टीमा आवद्ध भएका व्यक्तिहरु नै स्वतन्त्र उम्मेदवार केही युवा नै उम्मेदवारको रुपमा अगाडि बढिरहेका छन्।

कोहलपुरका चोक, चिया पसल, रेष्टुरेण्ट तथा अन्य सार्वजनिक क्षेत्रहरुमा स्वतन्त्र उम्मेदवारहरु को हुन् ? किन उम्मेदवारी ? भन्ने विषयमा निकै चर्चा हुन थालेको छ।

कोहलपुर नगरपालिकाका स्वतन्त्र उम्मेवारबाट मेयर पदका उम्मेदवार देवान्द अर्याल। उनीले कोहलपुरमा व्यवसाय क्षेत्रमा निकै महत्वपूर्ण भूमिका खेलेका छन्। उनको भिजन र सोच, व्यवहार निकै पार्टीभन्दा पनि स्वतन्त्र व्यक्ति जस्तै स्वभाव छ। उनले फेसबुकमार्फत् पहिलो पटक स्वतन्त्र उम्मेदवारी दिने भनी घोषणा गरेका थिए। तर, उनले स्वतन्त्र उम्मेदवारी मात्र भनेन अटेरी समूह समेत निर्माण गरी प्रचाप्रसार अहिले तिव्र रुपमा गरिरहेका छन्। जसले गर्दा नेपाली काँग्रसलाई यो चुनावमा धक्का पुग्ने देखिन्छ। उनले रातदिन नभनी कोहलपुरका १५ वटै वडामा स्वतन्त्र उम्मेदवारहरु उठाउने अभियानमा छन्।

अर्यालले आफ्नो घोषणा पत्र समेत प्रकाशन गरिसकेका छन्। घोषणा पत्रमा उल्लेख भएअनुसार १५ वटा विकास कार्ययोजना अघि सारेका छन्। जसमा शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, कृषि, सडक, ढल तथा विद्युत, प्राविधि तथा  सञ्चार तथा मनोरञ्जन, युवा तथा खेदकुद, यातायात, उद्योग तथा व्यवसाय, पर्यटन, पूर्वाधार तथा विकास, स्थानीय कला तथा संस्कृति, रोजगार, सु–सासन तथा सार्वजनिक सम्पतीको सुरक्षा र सामाजिक सुरक्षा रहेका छन्। अर्यालले कोहलपुरका ६ वडामा स्वतन्त्र उम्मेद्वार दिने व्यक्तिहरु उभ्याएका छन् तर, अझै ९ वडा भने अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार दिने व्यक्ति खोज्ने क्रम जारी छ।

स्वतन्त्र उम्मेदवार घोषणा गरेका ६ वटा वडा अध्यक्ष को हुन् ?

कोहलपुर नगरपालिकामा १५ वटा वडामध्ये ६ वटा वडामा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार दिने व्यक्तिहरुको टुङ्गो लागेको छ। आइतबार पत्रकार सम्मेलन गर्दै ६ वटा वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवारले स्वःघोषणा गरेका थिए। पत्रकार सम्मेलन पश्चात सो बिषयमा कोहलपुर टुडे र बिएल मिडियाको सहकार्यमा विशेष रिपोर्ट तयार गरेको छ। सो रिपोर्टअनुसार कोहलपुर वडा नम्बर २ बाट देवीराम आचार्य। उनी जनएकता सामुदायिक वन उपभोक्ता समूहका सचिव हुन्। उपभोक्ता समूहमा सचिव पदमा एमाले कोटाबाट भएका थिए। एमालेका सक्रिय सदस्य समेत हुन्।

उनले अहिले २ को वडा अध्यक्ष पदमा ताकेता गरिरहेका थिए तर अध्यक्ष पद अरु कोही व्यक्तिले पाउने भएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका हुन्। तर, पत्रकार सम्मेलनमा आचार्य उपस्थिति थिएनन्।

यस्तै वडा नम्बर ५ बाट हरिप्रसाद न्यौपाने। नेकपा एमालेका सक्रिय हुन्। शान्ति नगर टोल विकास समितिका २०७६ सालमा अध्यक्ष बनेका थिए। न्यौपानेलाई कानून न्याय संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी)ले २०४६ सालमा एमालेको सक्रिय सदस्य पाएका थिए।

विगत ३८ सालदेखि निरन्तर एमालेमा सक्रिय छन्। तर, ५ वडाबाट अध्यक्ष पदमा नाम सिफारिस नभएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्। तर, उनले पत्रकार सम्मेलनमा एमाले प्रति निकै गुनासासहित विरोध गरेका थिए। अहिले एमालेमा राजा शासन र पन्चायत शासन जस्तै भएकाे भन्दै त्यसको विरुद्धमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेको न्यौपानेले बताए।

यस्तै वडा नम्बर १० बाट शिवराज पोखरेल। उनी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि हुन्। लामोसमयदेखि नेपाली काँग्रेसका क्रियाशील सदस्य छन्। पोखरेलले फरक मत प्रस्तुत गरे, ‘नोमिनेशन गर्नुभन्दा १/२ दिन पहिले नेपाली काँग्रेसको क्रियाशील सदस्यमा हटाउन हस्तलिखित नै दिनेछु तर अहिले दिन्न्,’ पोरखेलले भने।

उनी निर्वाचन आउनुभन्दा पहिले निकै ससक्क्त रुपमा अध्यक्ष पदका लागि लागि रहेका थिए। तर, उनको नाम सिफारिसमा परेन। नपरेपछि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन्।

यस्तै वडा नम्बर ११ बाट टेकराज आचार्य। उनी पनि एमालेले नै हुन्। गोलपार्क सुधार समितिका अध्यक्ष छन्। एमालेबाट अध्यक्ष पदमा लविङ्ग गरेका थिए। तर, उनको नाम सिफारिस भएन। नभएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका छन्।

यस्तै वडा नम्बर ९ का महिता आलम शाँही। उनी कुनै पार्टीमा खुलेर लागेका छैनन्। काम गरी खाने व्यक्ति हुन्। उनी अहिले २३ वर्ष उमेर पुगेका छन्। युवा पुस्ताले यो देशको मुहार फेर्न सक्ने भन्दै उनले स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका हुन्।

प्रकाशित मिति: : 2022-04-12 18:35:00

प्रतिकृया दिनुहोस्