आइतबार, ०७ सेप्टेम्बर २०२५

पोखरामा शक्ति प्रदर्शन गर्दै दुर्गा प्रसाईं, लेकसाइमा पूर्वराजाको गाडी जेब्राक्रसमै पार्किङ

पूर्वराजा पोखरामा नै रहेर आफ्ना गतिविधिहरू गरिरहेका बखत पोखरामा राजावादीहरूको गतिविधि ह्वात्तै बढिरहेको छ। संबैधानिक राजतन्त्र र हिन्दू अधिराज्यको माग गरिरहेको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखरामा विशाल प्रदर्शन गरेर शक्ति प्रदर्शन गरिरहेका छन् भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आज पोखरामा विशाल सभा गर्दैछन। पछिल्लो समय नेपाली राजनीतिक नेताहरूलाई भेट नदिएको भारतले दुर्गा प्रसाईंलाई भेट दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

रिंकु सदाका लागि न्याय माग्दै लहाना प्रदर्शन, घरमै पुगेर प्रचण्डको प्रतिवद्धता

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो।  माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अपमानित’ गर्दै ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसबाट निकाले (भिडिओसहित)

बैठककोठामा वार्तामा बस्नासाथ उपराष्ट्रपति भेन्सले पनि त्यही कुरा उठाउँदै उनलाई र्‍याख्खर्‍याख्ती पार्न खोजे।  सुरुवाति कुराकानी बहस हुँदै विवादमा परिणत भएपछि जेलेन्स्कीले पनि ट्रम्प अनि उनका उपराष्ट्रपतिलाई डटेर जवाफ दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीसँग बचेर बस्न शेरबहादुरलाई नेपालको सुझाव (भिडियो समाचार)

नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले शेरबहादुरलाई सचेत रहन आग्रह गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिन्धुपाल्चाेक भूकम्प: चार जिल्लामा ‘सामान्य’ क्षति

सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, सखुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यलयले जारी गरेको बिवरण अनुसार एक पूर्ण रुपमा र तीन आंशिक रुप घरमा क्षति पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल–जापानबीचको सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन्।  समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उत्तराखण्डमा हिउँपहिरो, ४७ मजदूर पुरिए

शुक्रबार दिउँसोतिर त्यहाँको माणा गाउँमा मजदुरहरूले काम गरिरहेका बेला हिउँपहिरो खसेको थियो। सिमा सडक संगठन अन्तर्गत त्यहाँ कैयौं मजदूरहरूले काम गरिरहेका थिए। उद्धार गरिएकामध्ये केही मजदूर घाइते भएका छन्। हराइरहेका ४७ मजदूरहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिबाट साधुसन्तको गरियो बिदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा (तस्बिरहरू)

महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ। शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

देश विकासका लागि कांग्रेस–एमाले मिल्यो: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले देश विकासका लागि कांग्रेस र एमाले मिलेकाे बताएका छन्।  शुक्रबार नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्र नभइ देश विकासका लागि दुई पार्टी मिलेकाे बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

६ महिनामा विद्युत् प्राधिकरणले कमायाे ११ अर्ब ३६ करोड नाफा

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रूपैयाँ आम्दानी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन वटा अन्तर्राष्ट्रिय उड़ान ‘डाइभर्ट’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा अन्तर्राष्ट्रिय उडानका विमानहरू ‘डाइभर्ट’ भएका छन्। विभिन्न मुलुकबाट आएका फरक वायुसेवा कम्पनीका जहाज अवतरण गर्न नसकेपछि अन्यत्र डाइभर्ट गरिएको हो। विमानस्थल स्रोतका अनुसार दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको उडान नम्बर क्यूटिआर-५५२ को विमान कलकत्ता पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शेरबहादुर देउवाले शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाए

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बूढानीलकण्ठ बोलाएका छन्।देउवाले शुक्रबार ४ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। उक्त बैठकमा संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लैजाने विषयमा छलफल हुने बताइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपालकी पहिलो महिला न्यायाधीशको निधन

नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।  शुक्रबार बिहान उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे। महराजगन्जस्थित प्रहरी अस्पतालमा ८४ वर्षकी श्रेष्ठकाे निधन भएकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘नयाँ भूकम्प होइन, पराकम्प हो’

उनले भने, ‘भूकम्पको क्षति सामान्य नै छ। अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन्। दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ। प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो। त्यस्तो अरु केही छैन् विवरण।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्याल्पो ल्होसार: वसन्त पर्व र शेर्पा समुदायको नयाँ साल

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो।  नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूकम्पपछि सिन्धुपाल्चोक: सुख्खा पहिरो खस्यो, एकजना कैदी घाइते

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पले बेस्सरी हल्लाउन थालेपछि जिल्ला कारागारका एकजना कैदी घाइते भएका छन्। अत्तालिएर भाग्न खोज्दा उनी घाइते भएका हुन्। उनको हाल उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेक्नोलोजीको दुरुपयोगले डिजिटल अपराध बढ्योः प्रधानमन्त्री

‘आजको जटिल अवस्था भनेको डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरू हुन्। २०औं शताब्दीले नै दुरसञ्चारको सुरुवात गर्यो। टेलिभिजनको सुरुवात गर्यो। कम्प्युटर सुरुवात गर्यो। लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआईको जमनामा आइपुगेका छौं। डिजिटल संसारमा आइपुगेका छौं। यसलाई मानव जातिले  आफ्नो  उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो। त्यो गरिएको पनि छ। मानवीय सुखका लागि आजको टेक्नोलोजीलाई प्रयोग गरेका छौं। तर यो सदुपयोग मात्र भइरहेको छैन, कम्प्युटर साइन्स, डिजिटल एवं आईटीको डेभलपमेन्टले सुविधा दियो भन्ने चिन्ता त कतै छैन। साइन्स टेक्नोलोजीको काम मानव जातिलाई सुख सुविधा दिलाउने हो, सहजता दिलाउने हो र यसले जीवनलाई सहज, सरल र सुविधायुक्त बनाउने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान घिसिङको पक्षमा माइतीघरमा ‘टुकी’ बालेर प्रदर्शन

‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खबरदारी गरिएको छ। सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति हटाउन नपाइने भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वास्थ्य सचिव नियुक्तिको रस्साकस्सी, समावेशीकरणले सहज

नेपालको प्रशासनिक इतिहासमा कामु मुख्यमन्त्री लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाएर समावेशीकण बलियो उदाहरण बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य सचिवमा पनि मधेशी मुलकी महिलालाई नियुक्त गर्न दबाब परेको छ। मन्त्रिपरिषदमा रहेका बहुसंख्यक मन्त्रीहरूले पहिलो नम्बरमा रहेकी डा. मिश्रालाई सचिवमा नियुक्त गर्दा संवैधानिक र राजनीतिक रुपमा पनि जस पाइने भएकाले विवेक पुर्याउन ओलीलाई सुझाव दिइरहेका छन् ।  निजामती सेवामा सबै जाति, वर्ग, क्षेत्र र लिङ्गको प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था भएपनि हाल निजामती सेवामा २८.७ प्रतिशत मात्र महिला रहेकाले समावेशी एवम समानताको सिद्धान्त र मेरिटका आधारमा पनि महिला सचिव नियुक्त गर्दा उदाहरणीय हुने भएकाले ओलीलाई उनी निकटका नेताहरूले सुझाव दिइरहेको सचिवालय स्रोतले जनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्जामन्त्रीलाई कुलमानको जवाफ- मनोगत आरोप लगाएर मलाई हटाउने अधिकार तपाईंलाई छैन

घिसिङले राम्रो काम गर्दा सहयोग गर्नुपर्नेमा आफूलाई दुःख दिने नियतले पटकपटक स्पष्टीकरण सोधेको दाबी गर्दै आफूलाई पदमुक्त गर्ने अधिकार मन्त्री र मन्त्रालयलाई नभएको लिखित स्पष्टीकरण जवाफ पेस गरेका हुन्। मन्त्री खड्काले मन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते घिसिङलाई पदबाट किन नहटाउँने भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका थिए। घिसिङले आफू मन्त्रिपरिषदको निर्णयबाट नियुक्त भएकोले स्पष्टीकरण सोध्ने र कारवाही गर्ने अधिकार मन्त्रालयलाई र मन्त्रीलाई नभएको समेत स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं