आइतबार, ०७ सेप्टेम्बर २०२५

एमालेको खेलकुद महासंघका अध्यक्षसहित नेता कार्यकर्ता माओवादी प्रवेश

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायत पदाधिकारीले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरूमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका-६ का इन्चार्ज चितनारायन खेरवारलगायत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिद्वारा शेर्पा परिकार काटेर ‘ग्याल्पो ल्होसार’को शुभारम्भ

सो क्रममा राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको बताए। उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको र यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका  बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी रहेसम्म मुस्लिमको अधिकार कसैले खोस्न सक्दैनः प्रचण्ड

माओवादी आन्दोलनका कारण उत्पीडित उपेक्षित समुदाय बलियो भएकाले आफ्नो अधिकारलाई पूर्णरुपमा कार्यान्वयन गर्ने अवस्था बनाउन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने बताए। यस्तै, उनले अन्य दलहरूलाई अहिले जनताले पाएको अधिकार बढी लागेको र कुनै न कुनै बहानामा खोस्न चाहेको भन्दै जनताको अधिकारविरुद्ध हुने कुनैपनि षड्यन्त्रलाई विफल पार्न आफ्नो पार्टी जनताकै तागत लिएर अघि बढ्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिमा सुन दान आउन थाल्यो, व्यवस्थित गर्न समिति बनाएका छौंः पर्यटनमन्त्री पाण्डे

‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरूले जताततै फोहोर गर्नुभएन, आफूले गरेको फोहोर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ, आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नुपर्दैन। हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ।’ साथै, पशुपतिनाथ मन्दिरमा सुन दान गर्ने दाता आउन थालेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट समिति गठन गरिएको कार्यक्रममा जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको दाबी- ओली सरकारको काम ‘भ्रष्ट, माफिया र विचौलिया’को पक्षमा

आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताए। अघिल्लो सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उनले मिटरब्याज पीडितको समस्या समाधानका लागि आफूहरूले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सुनसरी

एमाले बन्यो सबैभन्दा धनी दल, अरु पार्टी घाटामा

गत आर्थिक वर्षमा २ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको कांग्रेसले खर्च भने ४ करोड बढी गरेको छ। यसरी हेर्दा कांग्रेस २ करोड ३२ लाख रुपैयाँ घाटामा गएको देखिएको छ। संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि गत आर्थिक वर्षमा घाटामा गएको छ। यद्यपि माओवादीले आम्दानीमा सन्तुलन हुनेगरी खर्च गरेको देखाएको छ। गत आर्थिक वर्षमा १ करोड ८६ लाख ५३ हजार रुपैयाँ आम्दानी गरेको माओवादीले ५३ हजार मात्र घाटा देखाएको छ। यता संसदको चौथो ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले भने आम्दानीभन्दा दोब्बर खर्च गरेको छ। गत आर्थिक वर्षमा ३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको रास्वपाले ६ करोड ५० लाख खर्च विवरण पेस गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशी महिलाकाे मलद्वारमा भेटियाे झण्डै चार केजी सुन!

नेपाल प्रहरीले मलद्वारमा सुन लुकाएर ल्याएका तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ।  बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिक ३ किलो ७४५ ग्राम सुनसहित पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ट्रम्प २ : ० को सुनामीमा नेपाल

नेपाल राष्ट्रपति ट्रम्पको सहयोग कटौतीमा पर्ने सूचीको पहिङलो क्रममै छ जस्तो देखिएको छ। युएस्एड खारेजी र खर्च कटौतीसम्बन्धमा ओभल अफिसमा आयोजित पत्रकार सम्मेलनमै उनले नेपालमा गरिएका तीन अमेरिकी आयोजनाको नाम नै लिएर ‘ठगी र जालसाजी’ भनेका थिए। यो कठोर अभिव्यक्तिले पनि ट्रम्प नेपालप्रति ‘दयावान’ हुने संकेत गर्दैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

उनलाई  पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन र फूलप्रसाद प्रदान गरेका थिए।  मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, मन्त्रालयका सचिव तथा कोषका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतका कर्मचारीले स्वागत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली खेलाडीको हौसला बढाउन प्रधानमन्त्री ओली रंगशाला जाँदै

नेपालमा जारी चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप प्रतियोगिताको फाइनल खेल बुधबार साँझ ६ बजेबाट हुँदैछ। फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला आउन लागेका एन्फा स्रोतले बतायो। नेपाली खेलाडीको हौसला बढाउनका लागि प्रधानमन्त्री आफैं रंगशाला जाने तयारी गरेका हुन्। यता प्रधानमन्त्रीको सचिवालयले भने उनी रंगशाला जाने/नजाने टुंगो लागिनसकेको बताएको छ।। स्वास्थ्यमा लगातार समस्या देखिएकाले ठूलो भिँडभाडमा उनलाई चिकित्सकले सुझाव दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग ‘केपी ओली कप’ च्याम्पियनसिपका खेलाडीको भेट

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ। प्रतियोगिताका विजेताले १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। भेटका अवसरमा सोकपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट एक लाख गरी दुुई लाख रुपैयाँ हस्तान्तरण पनि गरिएको थियो गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दमकका मेयरको ठाडो आदेशमा ‘फरार प्रतिवादी’लाई जागिर खुवाइएको खुलासा

राईलाई प्रहरीले पाँच दिनअघि पक्राउ गरेपछि मेयर चढ्ने गरेको नगरपालिकाको सवारीका चालकको पुरानै मुद्दा रहेको पाईएको हो। प्रहरीले पुराना फरार प्रतिवादीहरूको सूचीमा रहेका राईलाई अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ गरी दुईदिन हिरासतमा राखेको थियो। डिभिजन वन कार्यालय झापाका प्रमुख जीवन पाठकका अनुसार राईमाथि वन मुद्दा रहेको छ। मुद्दाको किनारा अझै लागेको छैन। उनलाई सो मुद्धामा थप कारवाही प्रक्रियाका बारेमा भने केही कानूनी जटिलता रहेको पाठकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - दमक

किन रिसाए नारायणकाजी? प्रचण्ड भन्छन्- फटाहाहरूले भ्रम छरे

माओवादीको तराई मधेस जागरण अभियानको उदघाटन कार्यक्रममा झापा सभामा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बोल्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। पछि उनले चितवन पुगेर कार्यकर्तासँग माफी मागेका थिए। प्रचण्डले पार्टी एकबद्ध नै रहेको दाबी गर्दै भने, ‘मैले भन्या छु एकताबद्ध नै छ। तपाईंहरूले देख्नु भयो केन्द्रीय समितिको बैठक भयो। तीन दिनसम्म भएको बैठकमा हामीले झण्डै एकहजार केन्द्रीय समितिका सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट बस्दा सबैको एकमतले डकुमेन्ट, योजना पास भएको छ। हाम्रो पार्टीमा विवाद छैन भन्ने आधार त्यही भयो नि।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सेनाको २६२ औं वार्षिकोत्सवको अवसरमा टुँडिखेलमा सैन्य कला प्रदर्शनी

समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य  र सङगीतको धुन प्रदर्शन  गरेको थियो। साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण  र हतियार प्रदर्शन गरेको  थियोे। सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेका थिए। साथै उनले मित्रराष्ट्र भारत, बेलायत  र अमेरिकाका  ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे। कार्यक्रममा  भारत, बेलायत र अमेरिकी सैनिक व्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वडाध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता

तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन, ‘मेरो छोराको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सही गरिदेउ भनेकाले सही गरिदिएको थिएँ उनले मेरै छोरा बनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन्। मोस्ताक मेरो छोरो होइन।’ एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरू बुवा आमा बनेको र सबै तारतम्य मिलाउने वडाध्यक्ष आफैं रहेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

पूर्वराजालाई खासै महत्व दिन्नँ, अब राजतन्त्र फर्किन सम्भव छैनः प्रचण्ड

उनले पूर्वराजालाई कसैले उक्साएर बोल्न लगाएको हुनसक्ने अनुमान गर्दै अब नेपालमा राजतन्त्र फर्किने कुरा सम्भव नभएको दाबी गरे। उनले भने, ‘त्यो पूर्वराजालाई मैले कुनै महत्त्व दिएको छैन। मानिसहरूले प्रतिक्रिया दिइरहेका छन्। किनभने इतिहासबाट धेरै अघि बढिसक्यो। उनलाई कसैले बोल्न लगाएका होलान्। जसले स्वार्थसिद्ध नजिक बसेर पाउँला भन्ठानेर अघि बढाएका होलान्। तर, त्यसको केही अर्थ छैन। यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा असम्भव छ।’

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

ट्रम्पको नयाँ अफर, ५० लाख डलरमा ‘ट्रम्प गोल्ड कार्ड’ भिसा किन्न पाइने

ओभल हाउसबाट नयाँ कार्ड बिक्री खुल्ला भएको घोषणा गर्दै ट्रम्पले भनेका छन् ‘हामी गोल्ड कार्ड बिक्री गर्दैछौं। ५० लाख डलर तिरेपछि यसले ग्रीन कार्डका विशेषाधिकारहरू प्रदान गरिनेछ। र यसबाट अमेरिकी नागरिकता पाउने बाटो खुल्नेछ। धनी व्यक्तिहरू यो कार्ड किनेर अमेरिका आउन सक्नेछन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिनाथमा शिवरात्रिकाे राैनक (तस्बिरहरू)

महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ।  महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो।  ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युक्रेनसँग के त्यस्तो खनिज छ, जसका लागि ट्रम्प मरिहत्ते गरिरहेछन्?

ट्रम्पले अमेरिकालाई युक्रेनी भूमिमा रहेको ‘रेयर अर्थ मिनिरल्स’को स्वामित्न दिन जेलेन्स्कीलाई भनेका थिए। रुससँग युद्ध लड्नका लागि यसअघि बाइडेन प्रशासनले युक्रेनलाई अर्बौं डलर सहायता दिएको बदलामा उनले युक्रेनसँग खनिज मागेका थिए। तर युक्रेनले सुरुमा मानेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल: नेपाल र म्यान्मार भिड्दै

चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ। म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं