आइतबार, ०७ सेप्टेम्बर २०२५

याे सरकार जति टिक्छ, माओवादीलाई त्यत्ति फाइदा हुन्छ प्रचण्ड

‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’ अध्यक्ष प्रचण्डले भने ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ। हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - नेपालगन्ज

युक्रेनलाई दिने सबै सहयोग रोक्ने ट्रम्पको घोषणा

ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको कार्यकाल सम्हाले लगत्तै त्यो सहायताको बदलामा युक्रेनसँग खनिज मागेका थिए। संसारमै दुर्भल र बहुमूल्य ती खनिज भएका युक्रेनी भूमि अहिले रुसको कब्जामा छ। रुस-युक्रेन युद्ध रोक्ने अभियानमा लागेका ट्रम्पले त्यसको बदलामा दुबै देशसँग चर्को मूल्य मागिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि फुट्याे मेलम्चीकाे पाइप, थापाथली अस्तव्यस्त (तस्विरहरू)

मंगलबार बिहान पाइप फुट्दा प्रसूति अस्पताल जाने सडकमा खाल्डो परेको हो। पाइप फुटेपछि उक्त स्थानमा आउने पानी काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले बन्द गरिदिएको छ। महानगर तथा खानेपानीका कर्मचारीहरुले त्यहाँ मर्मत कार्य गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

साइबर अपराधका लागि थाइल्यान्डमा कसरी बेचिन्छन् नेपाली युवा?

कम्बोडियाको पोइपेट, नोम पेन्ह र बाभेट। म्यान्मारको म्यावडी, वाङ म्याङ्टम र टाइछीलेक। त्यस्तै, लाओसका विभिन्न भूमिगत क्षेत्रहरूमा खासगरी नेपाली, भारतीय, श्रीलंका, मलेसियनहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर ल्याइन्छ र पछि बन्धक बनाएर साइबर ठगीमा संलग्न गराइन्छ।  फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत नक्कली विज्ञापनहरू राखेर युवाहरूलाई फसाउने गरेको झापाका योगराज लिवाङले बताएका छन्। उनी आफैपनि म्यान्मारको वाङ म्याङ्टमबाट उम्किएका नेपाली युवा हुन्। मासिक ३ हजारदेखि ८ हजार डलरसम्मको तलबको लोभ देखाएर म्यान्मार, थाइल्यान्ड, कम्बोडियार लाओस पुर्‍याइएका युवाहरूलाई पछि नारकीय जीवन बिताउन बाध्य पारिन्छ। उनीहरूको राहदानी जफत गरिन्छ र परिवारसंग सम्पर्क गर्न समेत दिइंदैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको तारिफ गर्दै विद्याले भनिन्- ओली एक अब्बल र लोकप्रिय राजनेता

सोमबार ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली एक अब्बल र लोकप्रिय राजनेता भएको समेत बताइन्।  उनले भनिन, ‘म राष्ट्रपति हुँदा उहाँ प्रधानमन्त्री हुनुभएको थियो। त्यसबखत उहाँले मुलुकको कार्यकारी प्रमुखको हैसियतले निर्वाह गर्नुभएको समन्वयात्मक भूमिका, राजनीतिक स्थिरताको निम्ति खेल्नुभएको भूमिका एवं आर्थिक समृद्धि हासिल गर्नेलगायतमा उहाँमा रहेको हुटहुटी नजिकबाट नियालेको छु। ओली एक अब्बल र लोकप्रिय राजनेता हुनुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली कपमा फ्रि पास र कुमा सागरको कन्सर्ट, रंगशाला खचाखच

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनलमा उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दैछन्। फुटबल प्रतियोगिताको फाइनलमा कुमा सागर र पुर्ण राईको ब्यान्डले पनि प्रस्तुती दिँदैछन्। फुटबलसँगै कन्सर्टको फ्रि पास पाएपछि मनोरञ्जन लिन दर्शकहरू रंगशालामा ओइरिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर केपी ओली कपको फाइन खेल हेर्न इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बुफन पनि नेपाल आएका छन्। उनलाई प्रमुख अतिथिको रुपमा नेपाल बोलाइएको युवा संघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पारस शाहलाई हृदयघात, पोखरा पुगेका पूर्वराजा काठमाडौं फर्किँदै

नर्भिक स्रोतका अनुसार शाह अहिले खतरामुक्त छन्। शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली खटिएको छ। शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। पोखरा भ्रमणमा रहेका पूर्वाराजा ज्ञानेन्द्र शाह अचानक काठमाडौं फर्किन लागेका निर्मल निवास स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘केपी शर्मा ओली: सपना, संघर्ष र संकल्प’ पुस्तक लोकार्पण

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो। पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरूका लेख-रचनासमेत समावेश गरिएको छ। सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

०८४ मा कांग्रेसको बहुमत नआउने देउवाको स्वीकारोक्ति, पहिलो दल बन्न संघर्ष गर्ने

‘बहुमत ल्याउन नसके पनि कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने, ‘कांग्रेस प्रति देशभित्र र बाहिर आकर्षण छ।’ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भैरहवामा आयोजना गरेको प्रशिक्षण सोमबार र मंगलबार चल्ने पार्टीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यो सरकार हाम्रो रहरले बनेकै होइनः मीन विश्वकर्मा

उनले भने, ‘प्रचण्डले हामीसँग जादुमय अंग छ। यो सरकार पाँचै वर्ष चल्छ भनेपछि एमाले आत्तियो। उसलाई चिन्ता बढ्यो। हामीले त छोडिसकेका थियौं, विकल्पको खोजीमा थियौं। त्यसकारण अहिलेको सरकार बनाइदिने काम स्वयं प्रचण्डले गरिदिनुभएको हो। हाम्रो रहरले बनेकै होइन यो सरकार। हामीलाई कांग्रेस-एमाले मिल्ने रहरै थिएन। हामी त आमनेसामनेका प्रतिस्पर्धी हौं। बहुदल आएदेखि नै कांग्रेस-एमाले मुख्य प्रतिस्पर्धी हौं। त्यसैले हामी उहाँहरूसँग मिलेर सरकारमा सँगै जाने पक्षमै थिएनौं।’ उनले कांग्रेस-एमाले नमिल्दा सरकारै नबन्ने भएपछि अन्तिम विकल्पको रुपमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अहिलेको सरकार बनेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

पशुपति बालुवामा भ्रष्टाचार: पूर्वएलडीओसहित तीन जना पक्राउ

पशुपतिको बालुवाखानी भ्रष्टाचारमा दोषी ठहरिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे।  पक्राउ पर्नेहरूमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजुकुमार रेग्मी रहेको सीआईबीका प्रवक्ता युवराज खड्का रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीसँग विश्व फुटबलका लिजेन्ड बुफोनको भेट

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाको मुद्दामा आज सुनुवाइ हुँदैछ।  सुनुवाइका लागि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा उनी असार–५ गते  कञ्चनपुरबाट पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘भिख’ मागेर देश चल्दैन–विप्लव

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘भिख’मागेर देश समृद्धि नहुने बताएका छन्।  वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले अन्य देशसँग सहयोगको नाममा भिख मागेर देश समृद्धि नहुने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ। शक्तिका पिता डण्डवीर बस्नेतको आइतबार ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन पारिवारीक स्रोतले बताएको हो। उनको पार्थिव शरिर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने आफन्तले जानकारी गराएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पले अपमान गरेपछि जेलेन्स्कीलाई रुसी पूर्वराष्ट्रपतिले भने- अहंकारी सुुँगुरले झापड भेट्यो

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अपमान गर्दै ह्वाइट हाउसबाट निकालेको विषयमा रुसका पूर्वराष्ट्रपतिले प्रतिक्रिया दिएका छन्। रुसी पूर्वप्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले सामाजिक सञ्जालमार्फत जेलेन्स्कीलाई अहंकारी सुँगुरको संज्ञा दिएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मेदभेदेवले सुँगुरले अमेरिकाको गतिलो झापड पाएको भन्दै व्यंग्य गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसको पहिचानका लागि सबैभन्दा बढी त्याग गर्ने पार्टी हो ‘माओवादी’: प्रचण्ड

मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट गरे। अध्यक्ष प्रचण्डले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति संभव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

कांग्रेसको नेतृत्व गर्न सक्षम छु, पार्टीलाई मजबुत बनाउँछु: प्रकाशमान सिंह

पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले आफू अहिले रहेको पदबाट कुनै पनि हालतमा पछाडि नहट्ने संकल्प गरे। उनले भने, ‘नेतृत्व परिवर्तन पार्टी विधानअनुसार नै हुन्छ। यसमा कसैले व्यक्तिगत स्वार्थ पूरा गर्नेभन्दा संस्थागत विकासलाई प्राथमिकता दिनुपर्छ। तर, जुन पदमा म छु, त्योभन्दा तल जान म तयार छैन।’ उनले विद्यार्थीकालदेखि सुरु भएको आफ्नो राजनीतिक यात्रा स्थानीय तह हुँदै पार्टी नेतृत्वमा अपुग्दासम्म अनुभवले थप जिम्मेवारी सम्हाल्न सक्षम भएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशलाई अनुशासित र राष्ट्रप्रेमी युवा चाहिएको छ: प्रधानमन्त्री

ओलीले नैतिकवान, क्षमतावान, देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकतालाई सहयोग गर्ने उद्देश्यसहित राष्ट्रिय सेवादल स्थापना भएको जिकिर गरे। उनले युवा जगतको चौतर्फी विकासमा सरकार प्रतिबद्ध रहेको जिकिर गरे। उनले राष्ट्रिय सेवा दलले राष्ट्रलाई आवश्यक परेको बेलामा एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा धन्यवाद दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरहा पुगेर प्रचण्डले भने- यहाँ आउदा माइतीघरमा आएजस्तो लाग्छ, भावुक हुन्छु

उनले जनयुद्धकालमा माओवादीले मधेसबाटै सैन्य तालिमको व्यवस्था गरेको बताए। आफूले पहिलोपटक हतियारको तालिम पनि सिराहा-धनुषामा नै लिएको उनले बताए। जनयुद्धमार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेकोले माओवादीलाई अविश्वास गर्नुपर्ने कारण नभएको दाबी गरे। उनले भने, ‘मैले पहिलोचोटि हतियारको तालिम र बम विष्फोटसँग तालिम लिएको पनि सिराहा-धनुषामै हो। जनयुद्धमार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो। त्यसैले माओवादीलाई अविश्वास नगर्नुस। माओवादी तपाईंहरूको मुक्तिका लागि समर्पित पार्टी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा