शनिबार, १३ सेप्टेम्बर २०२५

ट्रम्पका तीन मनोनयनमाथि 'यौन मामिला', गेजले लिए नाम फिर्ता

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले मनोनयन गरेका रक्षामन्त्री हिसगेथ, शिक्षामन्त्री लिण्डा र महान्यायाधिवक्ता गेजमाथि यौन मामिलाका गम्भीर आरोप लागेका छन्। यसैबीच तीन मनोनयनमध्ये महान्यायाधिवक्तामा मनोनित गेजले अप्रत्यासित रूपमा आफ्नो नाम फिर्ता लिएका छन् । यसबाट ट्रम्पको समस्या केही कम भए पनि बाँकि दुईको भविष्यलाई लिएर उनको सकस कम भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता -

२० मिटर खाेला मापदण्डमा सरकारको पक्षमा सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डकाे विषयमा सरकारका पक्षमा आदेश दिएकाे छ। बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एयरलाइन्सले घटायाे अन्तर्राष्ट्रिय हवाई भाडा

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सयसम्म छुट दिइएकाे छ। यसैगरी दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिइएकाे निगमले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

करिब १७ प्रतशितले राजस्व वृद्धि,कर सङ्कलनको सिस्टम ब्रेक गर्न खोज्नेलाई कारवाही

चालु वर्षको प्रथम चार महिनाको साउन, भदौ, असोज र कार्तिकमा ४ खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ३ खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् लक्ष्यको करिब ८० प्रतिशत राजस्व संकलन भएको छ। यो गत वर्षको यसै अवधिको राजस्व सङ्कलनको तुलनामा १६.८५ प्रतिशत वृद्धि बढी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली नेताहरुको जम्बो टोली किन पुग्याे कम्बोडिया?

आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक सञ्जालमा चासो देखिएको थियो। प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रेटर नेपालका अभियन्ता नेपाल पक्राउ

शान्ति सुरक्षामा खलल पुर्‍याउने देखिएपछि उनलाई पक्राउ गरिएकाे काठमाडौँ प्रहरी परिसरले जानकारी गराएकाे छ। उनलाई केही दिनपछि छाडिने जनाइएकाे छ। यसअघि पनि उनी पटक–पटक पक्राउ पर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१४ न्यायाधीशको सरुवा, काे कहाँ? (सूचीसहित)

जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ भने उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खोला किनारकाे मापदण्ड खारेजीको माग गर्दै र्‍याली, बालेनलाई निषेध गर्ने चेतावनी (फाेटाे/भिडियाे)

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ। बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (बिहीबार) अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ। बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने

गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचन: ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार सो प्रतिस्पर्धा हुन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

काठमाडाैँकाे वायु प्रदूषणमा सुधार, दिल्ली र लाहाेर आक्रान्त

एयर क्वालिटी इन्डेक्सका अनुसार केही दिनअघिसम्म काठमाडाैँ सबैभन्दा बढी वायु प्रदूषण हुने विश्वका सहरहरुमा १०औँ स्थानमा थियाे। भने, अहिले त्याे सुधार भएर १७औँ स्थानमा झरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा १६,७४२ नेपाली विद्यार्थी, विदेशी विद्यार्थीको १०औं स्थानमा नेपाल

अमेरिकामा पढ्ने नेपाली विद्यार्थीको संख्या १६ हजार सात सय ४२ पुगेको छ। यो संख्या गत वर्षको तुलनामा १०.९ % ले बढी हो।यो संख्यासँगै नेपाल अमेरिकामा विदेशी विद्यार्थी संख्यामा १०औं स्थानमा उक्लेको छ।अहिले अमेरिकामा रहेका कूल विदेशी विद्यार्थीको १.५% नेपाली विद्यार्थी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन

वाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको सरोकारवाला वायु सेवा कम्पनीहरुलाई उच्च भाडा लिएको भन्दै त्यसबारे पूर्नविचार गर्न निर्देशन दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अमेरिकामा जुवामा डुबेका डाक्टरकाे नेपालमा असुली धन्दा

अन्डर वर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले एक डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका-११ घर भई ललितपुरकाे ग्वार्कोस्थित सानो गाउँमा बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी परेको छ। चितवन साहारा बहुउद्धेश्यीय सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसहित १० जनाविरुद्ध बचतर्कताहरूले जाहेरी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीकाे ठगलाई कार्वाहीकाे माग गर्दै काठमाडौँ प्रदर्शन (तस्बिहरू)

सहकारीकाे रकम ठगी गर्नेलाई कार्वाहीकाे माग गर्दै सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

भारतीय सेना प्रमुख काठमाडौँमा

भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्। बुधबार नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी काठमाडौंमा आएका गरेका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार (भाेलि) नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

जिसस कैलालीको प्रमुखमा टीका चौधरी भुल निर्विरोध

जिल्ला समन्वय समिति (जिसस) कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टीका कुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन्। नागरिक उन्मुक्तिकी रुपमति डगौरा थारुले जिससको प्रमुखका लागि दिएको उम्मेदवारी फिर्ता लिएपछि भुल निर्विराेध प्रमुखमा निर्वाचित भएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी