आइतबार, १४ सेप्टेम्बर २०२५

अमेरिकामा मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५% भन्सार बढाउने ट्रम्पको घोषणा

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो दिन जनवरी २० देखि नै क्यानाडा र मैक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेका छन् । उनको यो नयाँ घोषणासँगै अमेरिकामा अरू महंगी बढ्ने भएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

चिसो समयमा मर्निङवाक गर्दा ध्यान दिनुपर्ने कुराहरू

जाडो मौसममा शरीरका नशाहरू र रगतका नलीहरू खुम्चिने गर्छन्। जसका कारण उच्च रक्तचाप वा ब्लडप्रेसर बढ्ने गर्दछ। ब्लडप्रेसर बढेपछि मुटुलाई भार पर्छ। रगतहरूको  नशाहरू बढ्ने र नशाहरू ब्लक हुने संभावना हुन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ट्रम्पविरूद्धका दुई मुद्दा खारेजका लागि निवेदन, कानूनभन्दा माथि हुँदै ट्रम्प

अमेरिकामा बहालवाला राष्ट्रपतिविरूद्ध कुनै मुद्दा नलाग्ने पछिल्लो नजीरपछि ट्रम्पविरूद्धका सबै मुद्दाहरू पानीको फोका सावित हुँदैछन् । न्युयोर्कमा ३४ फेलोन प्रमाणित भएका ट्रम्पविरूद्ध अदालतले सजाय सुनाउन स्थगित गरेलगत्तै संघीय न्याय विभागले दुई मुद्दा खारेज गर्न निवेदन दिएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

धिताेपत्र बाेर्डकाे अध्यक्षमा सन्ताेषनारायण श्रेष्ठ मनाेनयन

साेमबार  बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णयले श्रेष्ठलाई बाेर्डकाे अध्यक्षमा मनाेनयन गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि काठमाडौँ ल्याइने भएको छ। काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेकाे आरोपमा लामिछानेलाई बयानका लागि काठमाडौँ ल्याउन लागिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानव तस्करीको आरोपमा पक्राउ परेका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ। सरकारी वकिल कार्यालय काठमाडौँले एमाले प्रदेश सांसदसमेत अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एमाले नेता महर बलात्कारी’ भन्ने र भन्न पाइँदैन भन्नेबीच झडप, १७ जना पक्राउ

नेकपा एमालेका नेता ऐन महरलाई बलात्कारी भन्दै धर्नामा बसेका पक्ष र महरलाई बलात्कारी भन्न पाइँदैन भन्नेबीच माइतीघरमा झडप भएकाे छ। महरकै गृहजिल्ला बझाङकी एक महिलाले आफूलाई महरले बलात्कार गरेको भन्दै वर्षदिनदेखि आन्दोलनमा छिन्। उनले महरलाई पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै आन्दोलित छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन: प्रधानमन्त्री ओली

पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआइ ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिआरआईमार्फत ऋण होइन, अनुदान लिनुपर्छ: देउवा

‘बीआरआई परियोजनामा हामी प्रस्ट छौँ। ऋण होइन अनुदान लिनुपर्छ,’ सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ। छिट्टै एउटा निष्कर्षमा पुगिन्छ।’ साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नो चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गरे पूर्वप्रधानमन्त्रीहरूसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयसँग छलफल गरेका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीले आफू चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनको मूल्य एकैदिन झण्डै १६ हजार रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो। अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ताे छ धरहराबाट अनावरण गरिएकाे एनपीएलको ट्रफी

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरिएकाे छ। साेमबार एक विशेष समाराेहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धरास्थित धरहरा परिसरबाट अनावरण गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनपिएलमा कुन टाेलीलाई समर्थन गर्ने दुविधामा छु- प्रधानमन्त्री

‘आठ वटा टिममध्ये कसलाई सपाेर्ट गर्ने भन्नेमा म दुविधामा छु। प्रधानमन्त्री भएकाे हिसाबले यसलाई समर्थन गर्ने, उसलाई नगर्ने भन्ने हुँदैन। म अहिले सबैलाई समर्थन गर्छु, अनि जाे बितेता हुन्छ उसलाई बधाई दिन्छु। अहिलेलाई सबैलाई शुभकामना छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

८ जना एसएसपी डिआइजीमा बढुवा

८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट ८ जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)मा बढुवा भएका छन्।  आइतबार गृहमन्त्रालयले ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोरुका १३५ घरमा खानेपानी धारा

घरघरमा धारा पुगेसँगै यहाँका नागरिकलाई अब आधा घण्टा टाढा पानी लिनु जानुपर्ने बाध्यता हटेको छ।  आजसम्म यहाँका ख्याल्च, सिरुपाट, गोयलपानी गाँउमा बस्दै आएका १ सय ३७ घर परिवारका स्थानीयहरू आधा घण्टा टाढा खोल्सामा पानी लिन जानुपर्ने बाध्यता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

रूकुम पश्चिममा छोराले गरे बुबाको हत्या

रुकुमपश्चिममा छोराले चक्कु प्रहार गरी बुवाको हत्या गरेका छन्।आठबिसकोट नगरपालिका १० घारीखोलाका ५१ वर्षीय दर्बे केसीको आफ्नै छोरा १९ वर्षीय वीर बहादुर केसीले चक्कु प्रहारी गरी हत्या गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अन्तत: राखेप बाेर्ड बैठकका लागि तयार भए खेलकुदमन्त्री, १०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे टुङ्गाे लाग्ने

चर्काे दबाबपछि अन्तत: राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष/युवा तथा खेलकुदमन्त्री तेजुलाल चाैधरी राखेपकाे बाेर्ड बैठकका लागि तयार भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीब्रता दिने विषयमा आज (आइतबार) सम्बन्धित मन्त्री, सचिव र आयोजना प्रमुखलगायतसँग छलफल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं