पूर्वराजाको स्वागतमा किन राखियो आदित्यनाथको फोटो? ज्ञानेन्द्र भन्छन्- ओलीकै निर्देशनमा राखियो
आइतबार राजावादी समूहले गरेको पूर्वराजाको स्वागत कार्यक्रमको र्यालीमा पूर्वराजासँगै योगीको तस्बिर पनि प्रदर्शन गरिएको थियो। नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको पाइएको शाहीको दाबी छ। उनी भन्छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ। नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन्। छि छि!’
बिएल संवाददाता - काठमाडौं