तीनकुनेको क्षति पूर्वराजालाई तिराउँदै बालेन
शुक्रबार भएको हिंसात्मक आन्दोलनका क्रममा भौतिक संरचनामाथि क्षति गर्नेहरूलाई जरिवाना तिराउन काठमाडौं महानगरपालिकाले अध्ययन टोली गठन गरेको छ। शहरी योजना आयोग, शहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर क्षतिसहित तिराउनुपर्ने जरिवानाबारे अध्ययन थालेको मेयर बालेन साहको सचिवालयले जनाएको छ। सामान्य अवस्थामा फोहोर र सामान्य भौतिक संरचनाको क्षतिका लागि १ लाख जरिवाना तिराउने गरिएकोमा शुक्रबार भने ठूलो भौतिक क्षति भएकोले क्षतिअनुसारको जरिवाना तिराउने तयारी गरिएको सचिवालयले जनाएको हो।
बिएल संवाददाता - काठमाडौं