शुक्रबार, २४ अप्रिल २०२६

पत्रकारको प्रश्न- हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लायो? प्रचण्डको जवाफ- छैन, केही हल्लाको छैन

सोमबार सिंहदरबारमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीमा उनले पत्रकारहरूले हिजोको प्रदर्शनले कत्तिको मुटु हल्लाएको थियो भन्दै प्रश्न गरेका थिए। उत्तरमा उनले भने, ‘हिजोको प्रर्दशनले केही हल्लाको छैन। डराउनेवाला पनि छैनौं। त्यत्रो लडाईंकाबीचमा त्यस्तो गर्दा त डराइएन अब त्यसको के कुरा।’ उनले जनताको समस्यामा सरकारको अझै ध्यानकेन्द्रीत हुन नसकेको कारण जनतामा निकै ठूलो निराशाको कारण यस्तो अवस्था आएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजाकाे चर्चा नेपाल, चासाे भारतमा (भिडिओ रिपाेर्ट)

करिब दुई दश लामो यो यात्रामा कहिँकतै छुटेका ‘राजशाही’का अवयवहरू फेरि एकपटक सल्बलाउन थालेका छन्। इतिहासका ती अवशेषहरू बोकि हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी अनि अरु पनि ‘राजावादी’हरू फेरि सल्बलाउन थालेका छन्। फेरि उग्र हुन थालेका छन्।  यही व्यवस्थालाई संस्थागत गर्नेगरी २०७२ सालमा संविधान जारी हुँदा पनि भारतको सक्रियता उस्तै थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीलक्षित ओलीको टिप्पणी- देशमा जुलुश गर्दा विदेशीको तस्बिर राख्नुपर्ने अवस्था आइसकेको छैन

सोमबार गैरसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आइतबारको राजावादीको आन्दोलनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रदर्शन गरिएकोतर्फ इंगित गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘एउटा जुलुश निकाल्नुपर्‍यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं। अलोकतान्त्रिक, प्रणालीविरोधी र असंवैधानिक कुराहरूमा लाग्ने हामीलाई फुर्सद छैन। हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भोलि प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने

सोमबार सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूको बैठकमा प्रचण्डले फागुन २७ गते संसदमा सम्बोधन गर्ने विषयमा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्। प्रचण्डलाई भोलि बोल्नका लागि सयम निर्धारण समेत भइसकेको बर्तौलाले बताए। पछिल्लो समय राजावादीहरूको सक्रियता बढेपछि माओवादी नेताहरू तराई मधेस केन्द्रीत जागरण अभियान नै स्थगित गरेर काठमाडौं फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनजीओहरूलाई प्रधानमन्त्रीको निर्देशन- विदेशी अनुदानमा मात्र भर नपरौं

गैरसरकारी संस्था महासंघको ११औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्बर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सिर्जना हुन नदिने स्पष्ट गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजा ल्याउने कुरा माओवादीले कल्पना पनि गर्न सक्दैनः अग्नि सापकोटा

उनले भने, ‘हामीले गणतन्त्र त रगतको पोखरीमा पौडी खेल्दै ल्याएका हौं नि त। हामीलाई जनताप्रति धेरै विश्वास छ। संसारभरी अहिले अराजकता छ। अन्यौल जस्तो स्थिति छ। यही परिस्थितिमा धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने आत्मारतिमा कोही लागेका छन्। त्यो सपनामा मात्रै हुन्छ। सफल हुँदैन्।’ तस्तै उनले राजाले शासन छाडेपछि पनि माओवादीले राजसंस्था ल्याउन खाजेको थियो भन्ने जनतालाई भ्रमित पार्ने उद्देश्यले आरोप लगाइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुपन्देही जिल्ला अदालतको निर्णय उल्ट्याउन माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतको निर्णय उल्ट्याउन माग गर्दै उच्च अदालत बुटवल पुगेका छन्। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा १ करोड धरौटीमा छुटेका लामिछाने धरौट खारेजी गरी साधारण तारेखमा छाड्न माग गर्दै सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन्। बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले लामिछानेको निवेदन दर्ता भइसकेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपाले काठमाडौं महानगरलाई तिर्‍यो एक लाख जरिवाना

आइतबार पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्ने क्रममा एयरपोर्ट क्षेत्रमा फोहोरमैला गर्दै वातावरण प्रदुषण गराएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना तिराउने निर्णय गरेको थियो। उक्त जरिवाना रकम राप्रपाले सोमबार नै तिरेको छ। महानगरले पत्र काटेको भोलिपल्टै राप्रपा संसदीय दलका प्रमुख सचेत ज्ञानेन्द्र शाहीलगायतका नेताहरू महानगरको कार्यालय कमलादीमा पुगेर जरिवाना तिरेका हुन्। शाहीले जरिवाना तिरेको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। उनले राप्रपा सुशासन र विधिको शासन मान्ने पार्टी भएकोले महानगरको जरिवाना स्वीकार गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजाको स्वागतमा किन राखियो आदित्यनाथको फोटो? ज्ञानेन्द्र भन्छन्- ओलीकै निर्देशनमा राखियो

आइतबार राजावादी समूहले गरेको पूर्वराजाको स्वागत कार्यक्रमको र्‍यालीमा पूर्वराजासँगै योगीको तस्बिर पनि प्रदर्शन गरिएको थियो। नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको पाइएको शाहीको दाबी छ। उनी भन्छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयं प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको पाइएको छ। नेपाली  राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन्। छि छि!’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले ‘जरिवाना’ पत्र काटेपछि राप्रपाले के भन्यो?

आइतबार पूर्व राजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न भन्दै हज्जारौं मानिस जम्मा भएका थिए। त्यसमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी उसका कार्यकर्ता पनि सहभागी थिए। त्यस्तै कमल थापाको राप्रपा नेपाल, अनि दुर्गा प्रसाईं र उनका समर्थक पनि सहभागी थिए।  त्यही भीडले सार्वजनिक क्षेत्रमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै राप्रपालाई जरिवाना–पत्र काटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई दिनमै हजार मानिस कसरी मारिए सिरियामा?

सरकारी सुरक्षा फौंज तथा पूर्व राष्ट्रपति बसर अल असदका समर्थकहरूबीच भएको झडपमा दुई दिनमै एक हजारभन्दा धेरै मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि दुवै पक्षले एकअर्को पक्षका अझ धेरै मानिस मारिएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजावादीकाे ‘शक्ति प्रदर्शन’पछि माओवादी शीर्ष नेताहरू छलफलमा

आइतबारमात्रै काठमाडौंमा राजावादीहरूले ठूलै शक्ति प्रदर्शन गरेका थिए। पाेखरा भ्रमण सकेर काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहीलाई स्वागत गर्न भन्दै विमानस्थलमा जम्मा भएकाे हज्जाराैंकाे भीडले उनलाई निर्मल निवाससम्म पुर्‍याएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता -

पूर्वराजा घर फर्किँदै, जस्तो परिस्थिति आएपनि सामना गर्न तयार छौं- प्रहरी

आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशालालगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए। उनले भने, ‘आज पोखराबाट पूर्वराजा आउँदै  हुनुहुन्छ। बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित चाबहिल, गौशाला, महाराजगञ्जलगायत संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरू परिचालन छन्। आवश्यकताअनुसार सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्। जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमानले पठाए ४ बुँदे स्पष्टीकरणको १७ पाने जवाफ, निष्‍ठावान राष्‍ट्रसेवकलाई थप प्रताडित नगर्न आग्रह

उनले मन्त्रालयलाई तेस्रोपटक स्पष्टीकरण बुझाएका हुन्। यसअघि मन्त्रालयले सोधेको स्पष्टीकरणमा कुलमानले मन्त्रालयलाई स्पष्टीकरण सोध्ने अधिकार नभएको जवाफ पठाएपछि उर्जामन्त्री दीपक खड्काले मन्त्रिपरिषदबाटै स्पष्टीकरणको निर्णय गराएका थिए। मन्त्रिपरिषदको निर्णयको आधारमा ऊर्जामन्त्री खड्काले शुक्रबार ४ बुँदे स्पष्टीकरण सोधेका थिए। कुलमानले मन्त्रालयलाई १७ पृष्ठ लामो जवाफ फर्काएका हुन्। कुलमानले राष्‍ट्र सेवक (कर्मचारी) उपर गरिने विभागीय प्रकृतिको कारवाही गर्न सक्ने अधिकारीले निष्पक्ष र स्वतन्त्र विवेकको आधारमा गर्नुपर्ने, आफूसँगको सम्झौतापत्र र नियुक्ति रद्द गर्नसक्ने प्रकृया प्रष्ट हुँदाहुँदै पनि प्रकृया र विधि पूरा नगरी भएको कारवाही प्रकृयामा गम्भीर कानूनी र प्रकृयागत त्रुटि रहेको दाबी गर्दै जवाफ पठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चक्रपथ हुँदै निजी निवासतर्फ मोडिए पूर्वराजा ज्ञानेन्द्र

विमानस्थलको प्रवेशद्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले समर्थकहरूको अभिनन्दन स्वीकार गरेका थिए। समर्थकहरूले पूर्वराजाको पक्षमा चर्को नाराबाजी गर्दै चक्रपथको बाटो हुँदै उनको निवासतर्फ लागेका छन्। स्वागतमा चक्रपथको एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज क्षेत्रमा समर्थकको बाक्लो भिड लागेको छ। पोखरामा राजावादीहरूले उनलाई पञ्चेबाजासहित बिदाइ गरेका थिए। विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुदूपश्चिम पुगेर ओलीको आश्वासन- गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउँछौं

दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताएका छन्। उनले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै भने, ‘यो खुसीको कुरा हो। नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ।’  डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

एमाले-काँग्रेसकाे सरकारले नै ‘राजावादी’हरूलाई ब्यूँताएको हो- प्रचण्ड

‘सरकारका जनविरोधी गतिविधिहरू रोक्नु माओवादी केन्द्रको जिम्मेवारी हो। अहिले अभियानमा जनताको उत्साहपूर्ण सहभागिता रहँदैगर्दा हामीले केही दिनका लागि अभियान स्थगित गरी संसद् र स्ववियु निर्वाचनका काममा केन्द्रित हुने निर्णय गरेका छौं’ उनले भने ‘माओवादी केन्द्र जनताबीच पुगेर प्रतिक्रियावादी र अराजक तत्वहरूविरुद्ध संघर्ष गर्ने तयारीमा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौं उत्रिए पूर्वराजा, एयरपोर्टभित्रै राजावादीहरूसँग उच्चस्तरीय छलफल

राप्रपा उच्च स्रोतका अनुसार उनी यतिबेला विमानस्थलको अति विशिष्ट कक्षमा राजावादी दलका उच्च शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। उनीसँग वार्तामा छन् राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी र राप्रपा नेपालका अध्यक्ष कमल थापा।  पूर्वराजाको स्वागतका लागि राजावादीहरू विमानस्थल क्षेत्रमा भेला भएका छन्। शाहलाई विमानस्थलबाट र्‍यालीसहित सिधै उनको निजी निवास निर्मल निवास पुर्‍याइने राप्रपाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार्टर्ड विमानमार्फत काठमाडौं उडे पूर्वराजा, दुबोको माला र दही खुवाएर विदाइ

पूर्वराजालाई पोखरामा पञ्चेबाजासहित विदाइ गरिएको छ। उनको समर्थनमा राजा आउ देश बचाउको नारा लगाइएको थियो। उनलाई दुबोको मालासहित दही खुवाएर विदाई गरिएको छ। गत माघ २७ गते पोखरा गएका पूर्वराजा शाह आज काठमाडौं फर्किएका हुन्। उनको स्वागतमा राजावादीरू काठमाडौं विमानस्थलमा भेला हुन थालेका छन्। विमानस्थल क्षेत्रमा राजावादीहरूको बाक्लो उपस्थिति रहेको छ। उनलाई समर्थकको र्‍यालीले विमानस्थलबाट निजी निवास निर्मल निवास पुर्‍याउँने कार्यक्रम तय छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वराजाको स्वागतमा आउन प्रधानमन्त्रीलाई ज्ञानेन्द्रको आह्वान, ओली छैनन् काठमाडौंमा

आइतबार पोखरा भ्रमणबाट काठमाडौं आउन लागेका पूर्वराजालाई राजावादीहरूले काठमाडौं विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन्। सोही स्वागतमा प्रधानमन्त्रीलाई सहभागी हुन् शाहीले आह्वान गरेका हुन्। उनी भन्छन्, ‘जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौं  एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछु। कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने नेपालका राजालाई स्वागत गर्न किन नहुने? राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन्।’ शाहीले ओलीलाई राजाको स्वागतमा आउन आह्वान गरेपनि प्रधानमन्त्री यतिबेला काठमाडौंमा छैनन्। उनी पश्चिम नेपालको भ्रमणमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं