११ हजार भोल्टको हाइटेन्सन लाइनमा काम गर्दै थिए उपेश…
काभ्रेको धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडि विद्युतको पोलमा करेन्ट लागेर प्राधिकरणका एक मजदुरको ज्यान गएको छ। मृत्यु हुनेमा सर्लाहीको ईश्वरपुरन नगरपालिकाका-१२ घारिबथानका २८ वर्षीय उपेश नेपाली रहेका प्रहरीले जनाएको छ। ११ हजार भोल्टको हाइटेन्सन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा उपेशको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मिन घलेले बताए। विद्युत प्राधिकरणकै लापरबाहीले एक मजदुरको ज्यान गएको स्थानीयवासीले आरोप लगाएका छन्। शुक्रबार मात्रै प्राधिकरणको काभ्रे वितरण केन्द्रले एक सूचना जारी गर्दै त्यस क्षेत्रमा ११ केभी लाइन चार्ज गरिने जनाएको थियो।
बिएल संवाददाता - काभ्रे