चीनको धम्की : अमेरिकासँग ब्यापार सम्झौता गर्ने देशले गम्भिर ‘परिणाम’ भोग्नुपर्नेछ
चिनियाँ वस्तुका लागि अमेरिका विश्वको सबैभन्दा ठूलो बजार हो। तर चीन-अमेरिका ब्यापारमा चीन नै अगाडि छ। अमेरिकी बजारमा लगभग १ हजारभन्दा बढी प्रकारका सामानहरू पुग्छन्। तर चिनियाँ बजारमा अमेरिकी सामग्री भने निकै न्यून छ। यसमा ब्यापार घाटा अमेरिकालाई नै छ। गत वर्षमात्रै यी दुई शक्ति राष्ट्रबीच लगभग ५८५ अर्ब डलर बराबरको ब्यापार भएको थियो। त्यसमा चीनले लगभग ४४० अर्बको चिनियाँ बस्तु र सामग्रीहरू अमेरिका पठाउँदा अमेरिकाबाट चीनले भने लगभग १४५ अर्बजतिमात्रै आयात गर्यो। यसबाट अमेरिकालाई लगभग २९५ अर्ब डलर ब्यापार घाटा छ।
बिएल संवाददाता - काठमाडाैं