_0wF6KI9tDT.jpg)
प्रचण्ड र मोदीबीच भेटवार्ता
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिएका थिए। साथै उनको तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास पनि व्यक्त गरेका थिए।

बिएल संवाददाता - काठमाडाैँ