डोटीमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ।
बिएल संवाददाता - डोटी
डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ।
बिएल संवाददाता - डोटी
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट‘ अर्थात् टिआरएफले लिएको छ। यो भनेको लस्कर-ए-तायबाका एकजना संस्थापक हाफिज साइदले नेतृत्व गरेको आतंकवादी संगठन हो।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार बिहान बसेकाे बाेर्डकाे बैठकले निजामति कर्मचारीहरूलाई परिचालन गरेर भए पनि परीक्षा ताेकिएकै मितिबाट सुरु गर्ने निर्णय गरेकाे थियाे र शिक्षकहरूलाई साथ दिन आह्वान गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न राष्ट्रिय परिक्षा बोर्डलाई निर्देशन दिएका छन्। ओलीलाई भेट्न बालुवाटार पुगेका बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले परीक्षा सार्न निर्देशन दिएका हुन्। यसअघि वैशाख ११ गते परीक्षा गर्ने बोर्डको कार्यतालिका थियो। आन्दोलनरत शिक्षकहरूले असहयोग गर्ने भएपनि बोर्डले निजामती कर्मचारीहरू परिचालन गरेर परीक्षा पूर्वनिर्धारित तालिकामै गराउने तयारी गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपालमा २०६२/६३को आन्दोलनले गणतन्त्र आयो जसको सिधा परिभाषा थियो ‘गणतन्त्र- भन्नाले त्यस्तो शासन व्यवस्था हो जहाँ प्रमुख सत्ता जनतामा निहित हुन्छ। यहाँ राजा वा निरंकुश शासक हुँदैन, जनताबाट निर्वाचित जनप्रतिनिधिहरू शासन चलाउँछन्। जनतामाथि जनताको प्रत्यक्ष भुमिका रहने छ, सबै समान हुन भन्ने भावनाले चलाइने छ र यस्तो तन्त्र नै गणतन्त्र हुनेछ।’ तर नेपाल देशका जनताको अनुहार नै हराएको छ यो गणतन्त्रमा त। यहाँ हरेक नेपालीले एक अर्काको अनुहारमा गणतन्त्र खोजी रहेका छन्। गणतन्त्र आएपछि बाँडिएका सपनाहरु तथा उदाएका नेताहरुको नयाँ वाचाहरु खोज गर्न जनताले अहिले खोजकार्य चलाईरहेका छन् र चलिरहेको छ। गणतन्त्र ल्याउन ०६२/६३ को आन्दोलन गरेको नभई आफूले नपाएको सत्ताको बागडोर आफूमा निहित गर्न नेपाली जनताको अगाडी तेर्स्याइएको ‘ललिपप’ थियो कि भन्ने भान अहिले जनताले गर्दैछन्।
बिएल संवाददाता - काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयअन्तर्गत नियुक्त उपाध्यायले मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा मन्त्री राजकुमार लेखीबाट शपथ लिएपछि हिजो सोमबार पदभार ग्रहण गरेका थिए। तर, त्यसको भोलिपल्टै उनीमाथि आर्थिक अनियमितताको आरोपसहित मुद्दा दर्ता गरिएको छ। अख्तियारका अनुसार उपाध्यायले केएस मल्टिपरपोज कम्पनीका अध्यक्षका रूपमा बाराको पचरौता नगरपालिकाबाट २०७७/०७८ मा सञ्चालित ठेक्का कार्यको बोलपत्र सूचना राष्ट्रियस्तरको पत्रिकामा प्रकाशन नगरी मात्र एक प्रति प्रभाव दैनिकमा छापेर ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी लिएको आरोप छ।
बिएल संवाददाता - काठमाडौं
आफैं बनाएको मन्त्रीलाई सहयोग गरेन भन्ने हल्ला मात्र रहेको बताउँदै उनले भने, उहाँ मैले बनाएको मन्त्री हो। मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु। सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो। यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन।’
बिएल संवाददाता - काठमाडाैं
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्टाचारीको रक्षा गर्न भएको बताए। उनले भने, ‘अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको सरकारको जन्म नै अप्राकृतिक छ। अलोकतान्त्रिक छ, अपारदर्शी छ, असंवैधानिक छ। यसले गर्ने भनेको भष्ट्राचारीको रक्षा हो। यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौं र लाखौं शिक्षक सडकमा छन। ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ।’
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलरबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइपछि विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो। त्यस्तै इजलासले लामिछानेको रिट निवेदनलाई संयुक्त इजलासमा पठाउने आदेश गरेको छ। अब लामिछानेको मुद्दा संयुक्त इजलासले हेर्नेछ। संयुक्त मुद्दाको सुनुवाइका लागि अब अर्को पेशी तोकिने छ।
बिएल संवाददाता - काठमाडौं
एक समय केपी ओलीको सबैभन्दा धेरै आलोचना गर्ने संसारकै गफाडी बताउने नेता विष्णु रिजाल आजकल ओलीको चच्चागिरी गरेर नथाक्ने अवस्थामा पुगेका छन्। रिमालले हिजोमात्र राजीनामा दिएकी शिक्षामन्त्री विद्या भट्टराईलाई देवत्वकरण गरिएको भन्दै असन्तुष्टि पोखेका छन्। मन्त्रीले राजीनामा दिएको निहुँमा पद छाडेकी मन्त्रीलाई देवत्वकरण गर्ने र प्रधानमन्त्रीमाथि आक्रमण गरिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्। नैतिकता देखाउँदै राजीनामा दिएकी मन्त्रीलाई दानवीकरण गर्दै पद छोड्न बाध्य बनाउने प्रधानमन्त्रीलाई चैं देवत्वकरण गर्ने हेतुले रिजालले मंगलबार सामाजिक सञ्चालमार्फत ओलीको चम्चागिरी दोहोर्याएका हुन्।
बिएल संवाददाता - काठमाडौं
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल गरिने कार्यसूची रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
शिक्षक आन्दोलन चलिरहेका बेला शिक्षामन्त्रीले समेत राजीनामा दिएपछि बोर्डको बैठक बसेको थियो। बैठकले उक्त परीक्षा नरोक्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री आफैले पनि शिक्षक आन्दोलनको खिसिट्युरी गर्दै सार्वजनिक भाषणमै उनीहरूको ‘मजाक’ उडाइरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
शिक्षामन्त्री विद्यादेवी भण्डारीले राजीनामा दिएकी छन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो। आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो। शिक्षहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भन्दै शिक्षकहरूलाई अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आव्हान गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औं राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए। ‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सकडमा आन्दोलनमा आउनु पर्दैन। भर्ना अभियान सुरु भइसकेको छ। कृपया जानुस्, विद्यालयमा गएर भर्ना गराउनुस्। एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस्। एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस्। गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन। त्यसकारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस्। प्रतिगामी तत्वहरू सल्बनाएका बेला तपाईँहरूले आन्दोलन गर्ने उपयुक्त समय पनि यो होइन।’
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन्। सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको संघीय निजामती विधेयकबारे सहमति जुटाउन गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले समितिको काम कारवाहीबारे गलत समाचार प्रकाशन प्रसारण भएको भन्दै प्रेसलाई समिति बैठकमा प्रवेश निषेध गर्नुपर्ने प्रस्ताव राखेका हुन्। उनले भने, ‘यहाँ मिस इन्फर्मेसन हुन थाल्यो। अब अर्को पटक कुन मुख्य सचिव आउँछ? जसले यहाँ बोलेको कुराको फरक व्याख्या भएर बाहिर उसको विरोधमा नारा लाग्न थाल्छ। अनि कुन कर्मचारी आएर यहाँ बोल्छ, हामी जिम्मेवारी हुनुपर्दैन? त्यसैले अन्तर्राष्ट्रिय अभ्यास पनि हेरौं। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि मिडियाई फुल हाउसमा मात्र प्रवेश हुन्छ। संसदीय समितिको फाइनल रिपोर्ट र निर्णय मात्र प्रेसलाई दिने हो।’
बिएल संवाददाता - काठमाडौं
पोप फ्रान्सिसको ८८ वर्षीको उमेरमा सोमबार निधन भएको हो। भ्याटिकन सिटीका अनुसार पोपले स्थानीय समयअनुसार बिहान साढे सात बजे अन्तिम सास फेरेका थिए। विगत केही महिनादेखि कडा स्वास्थ्य समस्याबाट पीडित थिए। निमोनिया र रक्तअल्पताबाट पीडित उनमा पछिल्लो समय फोक्सोको संक्रमण पनि देखिएको थियो। क्याथोलिक चर्चको मुख्यालय भ्याटिकनले पछिल्लो पटक पोपको रगत परीक्षण रिपोर्टमा मिर्गौला फेल हुने लक्षणसमेत देखिएको बताएको थियो।
बिएल संवाददाता - काठमाडौं
भैरहवा कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आज तोकिएको छ। लामिछानेको निवेदनको पेसी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ। आइतबार लामिछानेकी पत्नी निकिता पौडेलले रविलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्। उनको रिट निवेदनमा नेपाल सरकार तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला अदालत रुपन्देही, उच्च अदालत तुलसीपुर बुटवल इजलास, जिल्ला प्रहरी परिसर भद्रकालीलगायतलाई विपक्षी बनाइएको उनका वकिलहरूले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
यतिबेला संघीय निजामती विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ। गएको शुक्रबार कर्मचारी संगठनहरुले ध्यानाकर्षण पत्र बुझाएपछि सांसदहरुले त्यसमाथि छलफल अघि बढाएका छन्। छलफलका क्रममा सरकारका मुख्यसचिव र मन्त्रालयका सचिवहरूले आआफ्नो धारणा राखे। बैठकमा अर्थसचिव घनश्याम भुसालले कर्मचारीको उमेर हद ६० वर्ष राख्नुपर्ने सुझाव दिए। उमेर बढाउन हौसाउँदै उनले विधेयकले राज्य सञ्चालनमा सरल हुने बताए। त्यसैगरी, उनले राज्यलाई आर्थिक भार कम हुने विश्वास व्यक्त गरे। मुख्यसचिव अर्यालले भने छलफलमा महत्वपूर्ण विषय उठाएका छन्।
बिएल संवाददाता - काठमाडौं