शनिबार, १७ जनवरी २०२६

प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै (लाइभ)

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यसूची रहेको छ। गत असार ३० गते संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीकाे मुख्यमन्त्रीमा लामालाई अघि सार्ने काँग्रेसकाे निर्णय

उनले भने, ‘बिहान बसेको संसदीय दलको बैठकले बहादुरसिंह लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसहमतिमा निर्णय गरेको हो।’ बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन्। लामा बागमती प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता समेत हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाकाे निर्णय

सिंहदरबारमा आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। रास्वपाले आजकाे प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीमा नियुक्तिविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा

रिटमा संविधानको धारा ७६ को उपधारा २ को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ उपधारा ३ को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिशुलीमा बेपत्ता बस र यात्रुकाे खोजीमा जुट्याे भारतीय टोली

शनिबार नेपाल आएका भारतीय टोलीले आइतबार बिहानदेखि त्रिशुली नदीमा बसको खोजी सुरु गरेका हुन्। भारत सरकारको सहयोगमा त्यहाँस्थित नेसनल डिजास्टर रेस्पोन्स फोर्सको १२ सदस्यीय टोली शनिबार नेपाल आइपुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

इन्दिरा रानालाई ‘मानव तस्करी’जस्तो आरोप लगाउनु निन्दनीय छ- रास्वपा

रास्वपाले आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले सञ्चारमाध्यममा आएकाे जस्ताे कसैकाे लागि भिसा अनुराेध नगरेकाे र कसैसँग आर्थिक लेनदेन पनि नगरेकाे उल्लेख गराउँदै उनीमाथि मानव तस्करी जस्ताे आराेप लगाउन निन्दनीय भएकाे टिप्पणी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट निर्वाचित सांसद श्याम घिमिरेलाई मनोनित गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार जना मान्छे जम्मा हुँदैमा वैकल्पिक शक्ति हुँदैन- बाबुराम डा. भट्टराई

शनिबार डा. मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम: एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानुमात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजाबाट घुस खान सिकेका कांग्रेस र एमाले माओवादीलाई पनि सिकाए: घनश्याम भुसाल

शनिबार काठमाडौंमा आयोजित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै उनले र कांग्रेसले राजाबाट एमालेले कांग्रेसबाट घुस खान सिकेको भन्दै कांग्रेस र एमाले मिलेर माओवादीलाई पनि घुस खान सिकाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओलीलाई गल्ती गर्ने छुट छैन: विश्वप्रकाश शर्मा

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांग्रेससले नदिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले-काँग्रेस गठबन्धन भत्किने गरी चकचक नगर्ने गगन थापाकाे प्रतिबद्धता

शनिबार काठमाडौंमा आयोजित ४२औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित ‘वीपी कोइराला र वर्तमान राष्ट्रिय राजनीति’ विषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुसाशित रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिमलताल पहिरो: भारतको खोज तथा उद्धार टोली घटनास्थलमा

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भारतीय टोली सुनौली नाका हुँदै नेपाल आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

खुमबहादुरका छाेरा अनुरागलाई मन्त्री बन्नबाट राेक्न डिल्लीबहादुर चाैधरीकाे दाैडधुप

यसपटक आफू मुख्यमन्त्री बन्न नपाउने भएपछि लुम्बिनी नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लबहादुर चाैधरीले भने प्रतिशाेधकाे खेलमा लागेकाे छन। चाैधरीकाे त्याे खेल हाे, स्वर्गिय नेता खुमबहादुर खड्काका छाेरालाई मन्त्री बन्नबाट राेक्ने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ। तर, शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आहा! ऐना-पहरा झरना (तस्बिरहरु)

‘ऐना पहरा झरना’ पृथ्वी राजमार्गअन्तर्गत तनहुँकाे आँबुखैरेनी गाउँपालिका- ४मा अवस्थित छ। राजमार्गसँगै रहेको याे झरनाले राजमार्ग हुँदै पोखरा, काठमाडौँ र चितवनतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दमाैली

पाँचजना एसपीको काज सरुवा

जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्रबहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उताका ओली र यताका ट्रम्प: उस्तै उस्तै हुन् नानू !

नेपालमा एउटा चप्पलको रेडियो जिंगल लोकप्रिय थियो- हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो? जवाफमा भनिन्थ्यो, दुबै उस्तै उस्तै हो नानू । तर, अहिले 'उताका ओली र यताका ट्रम्प पनि उस्तै उस्तै हुन् नानू 'भन्ने बेला आएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

‘यौन शोषण’मा किन फस्दैछन् बालिका?  (भिडियाेसहित)

मानव बेचबिखन ब्यूराको ‘अप्रेशन’ परिवार धान्नका लागि यौन पेशा अपनाएका बालिकाहरू आफू पीडित भएको बताउँदैनन्, प्रहरीकहाँ उजुरी दिँदैनन्। ‘बालिकाहरूको उमेर सानो हुन्छ। उनीहरू राम्रो र नराम्रो छुट्याउन सक्दैनन्’, उनले भने, ‘त्यो पेशामा लागेपछि बालिकाहरूले खान, बस्न र पैसा पाउँछन्। त्यसैले रिर्पोट गर्न चाहदैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं