शुक्रबार, १६ जनवरी २०२६

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन

नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै सोमबार सिमलताल घटना अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका हुन्। सोमबार मन्त्रीमा नियुक्ति भएपछि पदभार ग्रहण गर्दै मन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री ओलीले सम्हाले पदभार

सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। सोमबार दिउँसो राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री ओलीले आजै पदभार गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

किसानको छोरो हुँ, समस्याबारे जानकार छुः कृषिमन्त्री अधिकारी

उनले भने, ‘मलाई विश्वास छ भोलिबाट कृषि क्षेत्रमा के–के अध्ययन गर्न सकिन्छ त्यो सबै म गर्नेछु। म पनि एउटा किसानको छोरा हुँ, किसानको छोरो भएका कारणले कुन बेलामा के चिजको आवश्यकता चाहिन्छ भन्ने कुरा सामान्यतया जानकारी राखेको छु। मलाई विश्वास पनि छ, यो मलको समस्या आगामी दिनमा आउने छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

ओली सरकारमा एकै जिल्लाबाट तीन मन्त्री

पर्सा-१ बाट निर्वाचित जनता समाजवादीका सांसद प्रदीप यादव खानेपानी तथा सरसफाइ मन्त्री, पर्सा-२ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसिया कानुन न्याय तथा संसदीय मामिलामन्त्री र पर्सा-३ बाट निर्वाचित एमाले सांसद राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ओलीकाे कठाेरताका कारण दलितविहीन बन्याे सरकार

एमाले-नेपाली काँग्रेसलगायत पार्टीहरुकाे समीकरणमा बनेकाे याे सरकारमा सुरुवाती चरणमा कम्तिमा दुई जना मन्त्री दलित समुदायकाे हुने भनिएतापनि अन्तिम समयमा काेही पनि समेटिएनन्। काँग्रेस र एमाले दुवै पार्टीले मन्त्रीहरुकाे नाम टुङ्याउनका लागि मापदण्ड बनाएका थिए। जसमा समावेशीताकाे विधि अपनाइने उल्लेख थियाे। तर, कार्यान्वयनमा त्याे हुन सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नयाँ मन्त्री आउँदै गर्दा गृह मन्त्रालयमा छैन उत्साह

गृह मन्त्रालयमा भने नयाँ मन्त्री आउने कुराले कुनै उत्साह छैन। सरकार परिवर्तनसँगै गृहमा काँग्रेसका रमेश लेखक मन्त्री भएर आउँदैछन्। तर यसअघिका गृहमन्त्री रवि लामिछाने मन्त्रालयमा आउँदा उत्साह थियाे। समर्थककाे ठुलै भिड थियाे। यसपटक भने त्यस्ताे उत्सव देखिँदैन। गृह मन्त्रालयमा सीमित कर्मचारी मात्रै स्वागतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ मन्त्रीहरूकाे स्वागतकाे तयारी सिंहदरबार (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरुलाई पद तथा गोपनीयताकाे शपथ गराएसँगै पदभार सम्हाल्न सिंहदरबार जाँदैछन्। साेमबार राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित २१ मन्त्रीलाई शपथ गराएपछि उनीहरू पदभार सम्हाल्न सिंहदरबार जान लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलविद्युत् लगानीकर्तालाई नै ‘ओली–देउवा’ले सुम्पिए ऊर्जा मन्त्रालय

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित पृष्ठभूमिका दिपक खड्कालाई ऊर्जा,जलस्रोत तथा सिन्चाईमन्त्रीको जिम्मेवारी सुम्पिएका छन्। लैनचौरस्थित नेपाल स्काउटको जग्गा भाडामा लिएर सम्झौताबमोजिमको रकम नतिरेको र सम्झौतापछि पनि उक्त जग्गा कब्जामा लिएको आरोप लागेका खड्कालाई नेपाली कांग्रेसकाे सिफारिस मन्त्री बनाइएकाे हाे। त्यस्तै, डलर अर्बपति तथा विवादास्पद व्यापारी विनोद चौधरीको समेत लगानी रहेको ७.२ मेगावाटको माथिल्लो पिलुवा जलविद्युतमा खड्का मुख्य लगानीकर्ता छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस्ताे बन्याे ओली नेतृत्वकाे २२ सदस्यीय मन्त्रिपरिषद्

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठनका छन्।  साेमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गठनका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमलताल बस दुर्घटना: बेपत्ताको खोजीमा ‘इकोसाउन्डर’ प्रयोग

चितवनको सिमलतालस्थित त्रिशुली नदीमा दुई बससहित ६२ जना बेपत्ता नागरिकको खोजीका लागि इकोसाउन्डर उपकरण प्रयोग गरेर खोजी गरिँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रधानमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

संविधानको धारा ७६ काे उपधारा २ अनुसार गरिएकाे प्रधानमन्त्रीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रधानमन्त्रीको नियुक्तिविरुद्ध साेमबार खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले सर्वोच्चमा रिट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सूचीबाट ओलीले काटे छविलाल विश्वकर्माकाे नाम, ‘दलित’विहीन सरकार बन्ने निश्चित

ओलीले दलित समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित एकमात्र सांसद विश्वकर्मालाई मन्त्री बनाउने तयारी गरेका थिए। तर, उनी छविलालले चाहेकाे मन्त्री दिन मानेनन्। सचिवालय बैठकले बनाएकाे मापदण्डअनुसार पार्टीले विश्वकर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाे जिम्मेवारी दिन सिफारिस गरेकाे थियाे। यद्यपि, ओली उनलाई उक्त मन्त्रालय दिन तयार भएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसबाट को-को बन्दै छन् मन्त्री ?

प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेस सरकारमा जाँदैछ। उनलाई उपप्रधानसहित सहरी विकास मन्त्रालय दिइने भएको छ। त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ। त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् भने दिपक खड्का ऊर्जामन्त्री बन्ने भएका छन्। यस्तै ऐनबहादुर शाही वनमन्त्री निश्चित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री

एमालेले अर्थसहित रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि–व्यवस्था तथा सहकारी, शिक्षा र सञ्चार मन्त्रालय पाएको छ। एमाले स्रोतकाअनुसार आइतबार साँझ शीर्ष नेताहरूले अन्तिम टुंगाे लगाएका नाममध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको हो। उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ। त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा लमजुङका पृथ्वीसुब्बा गुरुङको नाम टुंगिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

पतिपत्नी आलोपालो मन्त्रीः बाहिरिए रघुवीर, भित्रिँदैछिन् जुली

नवनियुक्त प्रधानमन्त्री ओलीले खल्तीमा राखेको ‘मन्त्रीको सूची’मा धनुषा–३ बाट निर्वाचित जुलीकुमारी महतोको पनि नाम छ। यसअघि ‘प्रचण्ड नेतृत्वको सरकार’मा जुलीका पति रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। रघु सिंहदरबारबाट बाहिरिएसँगै फेरि जुलीले प्रवेश पाएकी छिन्। पतिपत्नी आलोपालो मन्त्री बन्ने नेताहरूको सूचीमा ‘रघु–जुली’ अग्रपंक्तिमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शिक्षामन्त्री बन्दै कृष्णगोपाल श्रेष्ठ!

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज शपथ लिएसँगै मन्त्रिपरिषद् गठन गर्ने सोच बनाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘नयाँ सत्ता सहकार्य’ गरेका ओलीले एमालेको तर्फबाट आठ वटा मन्त्रालय पाएका छन्।  अर्थसहित रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि–व्यवस्था तथा सहकारी, शिक्षा र सञ्चार मन्त्रालय पाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नवनियुक्त प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदै

राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्पेनले जित्यो युरोकपको उपाधि

स्पेनले युरोकपको उपाधि जितेको छ। आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं