शुक्रबार, २८ नोभेम्बर २०२५

अमेरिकाको शिकागो विमानस्थलबाटै एक नेपाली विद्यार्थी फिर्ता

अमेरिकामा उच्च शिक्षाका लागि आएकी काभ्रेकी एक युवतीलाई  अमेरिकी अध्यागमनले विमानस्थलबाटै फर्ता पठाइदिएको छ ।शिकागो विमानस्थलबाटै मंगलबार साँझ फिर्ता पठाइएकी युवती काभ्रेकी एक स्टाफ नर्स भएको बताइएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

जसले ३२ वर्षअघि श्रीमानकहाँ पुर्‍याउने भन्दै महिलालाई भारतमा बेचेका थिए 

प्रहरीले तामाङलाई फरार सूचीमा राखेर खोजेको भएपनि पक्राउ गर्न सकेको थिएन। ३२ वर्षपछि बुधबार मानव बेचबिखन अनुसन्धान व्यूरोको प्रहरी टोलीले तामाङलाई ललितपुरबाट पक्राउ गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सञ्चारमन्त्रीको एक वर्ष: नीतिगत सुधार र सुशासन प्रवर्द्धन प्राथमिकता

नेपाल सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले सुशासन, सामाजिक न्याय र समृद्धिको मूल कार्यदिशासहित सरकार संविधान कार्यान्वयन र सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, नागरिकमैत्री प्रशासन, भ्रष्टाचार नियन्त्रणलगायतका क्षेत्रमा सरकार अघि बढिरहेको पनि स्पष्ट गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंमाथि हातपात

बिहीबार दिउँसो बागलुङकाे एक कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रसाईंमाथि बागलुङ नगरपालिका-७ लोकतान्त्रिक चोकमा हातपात भएको हो। उनीमाथि हातपात गरेकाे आरोपमा साेही स्थानका ३७ वर्षीय रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छिमेकी देशमा आक्रमण गर्दैछ इरान, पाकिस्तानले पनि गर्‍यो ‘जवाफी आक्रमण’

इरानले पाकिस्तानमा लुकिबसेको ‘इरानी आतंकवादी समूह’को आश्रयस्थलमा आक्रमण गरेको भनेको छ। त्यही जवाफ इरानलाई फर्काउँदै पाकिस्तानले पनि इरानमा लुकेर बसेको ‘पाकिस्तानी आतंकवादी’माथि हमला गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

छोरीको बलात्कार लुकाउन छोराको हत्या, बुबा टिकापुर पक्राउ (भिडियाेसहित)

आफ्ना बुबाबाट आफ्नी बहिनी बलात्कृत भएको सहन नसकी किशोरीका दाइ भरत बुढले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए। बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की दिएका थिए। मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नेसम्बन्धी विधेयकको मस्यौदा अन्तिम चरणमा छ’

सामाजिक सञ्जालसम्बन्धी नीति नै नभएको अवस्थामा मन्त्रालयले सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका, २०८० जारी गरेको छ। निर्देशिकामा सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्न हुने र नहुने कामका बारेमा जानकारी दिइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री युगान्डा प्रस्थान

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ट्रक दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

बा ५ ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास गाउँपालिका–५ सिमी बस्ने ४६ वर्षीय ल्वाङ लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। 

बिएल संवाददाता

बिएल संवाददाता - धादिङ

शिक्षा विधेयकमाथि प्रश्नै प्रश्न!

सरकारले ल्याउन लागेको शिक्षा विधेयकमाथि शिक्षा क्षेत्रका विज्ञले असन्तुष्ट व्यक्त गरेका छन्। प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले असन्तुष्ट व्यक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षा विधेयकमाथि प्रश्नै प्रश्न!

सरकारले ल्याउन लागेको शिक्षा विधेयकमाथि शिक्षा क्षेत्रका विज्ञले असन्तुष्ट व्यक्त गरेका छन्। प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले असन्तुष्ट व्यक्त गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न अध्यादेश जारी सरकारकाे निर्णय

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रियसभा निर्वाचन: आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आयोगकाे निर्देशन

निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछाने र जिबी राईविरुद्ध सहकारी विभागमा उजुरी

सफलले भनेका छन्, ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा भरेर बेचविखन, ९ जना पक्राउ

काठमाडौँको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- भिजिट भिसा विदेश जानेलाई सास्ती दिने गरेको सुनेकाे छु, त्यस्ता कार्य तत्काल बन्द गर्नुहोला

प्रधानमन्त्री प्रचण्डले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु/गराउनु होला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पशुपतिनाथअघि ‘धराप’ (फाेटाे/भिडियाे)

सबैको रोजाइमा रहेको प्रसिद्ध मन्दिर पशुपतिनाथको दर्शन गर्न पुग्ने बाटो भने धरापमय छ। पशुपतिको दक्षिणतिरको बाटोमा अहिले ढल निर्माणको काम भइरहेको छ। ढल निर्माणको काम भइरहँदा बाटोमा खाडलहरु बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको निर्देशन- प्रदेशलाई काम गर्न अप्ठ्यारो पर्‍याे, प्रहरी समायोजन १५ दिनभित्र टुङ्गाउनुस्

‘सङ्घीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुनसकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ। यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्’, प्रधानमन्त्री दाहालले भने, ‘यसलाई नै बहाना बनाएर सङ्घीयता विरोधीले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्गाउनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आभाष गौतम क्यालिफोर्निया ५ को विधायकमा रिपब्लिकन उम्मेद्वार आकांक्षी

अमेरिकी चुनाव २०२४ मा अर्का एक नेपाली पनि उम्मेद्वार-आकांक्षी  देखिएका छन्। गुल्मी भुजुङमा जन्मेका २३ वर्षीय आभाष गौतम क्यालिफोर्निया डिस्ट्रिक्ट ५ को विधायकका लागि रिपब्लिकन पार्टीको उम्मेद्वार जित्न चुनावी मैदानमा उत्रिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

राजनीतिज्ञ र कर्मचारीको स्वार्थले अड्कियो सह–सचिवको सरुवा 

राजनीतिक खिचातानी र कर्मचारीको स्वार्थले गर्दा २७ जना सहसचिवको सरुवा गर्न सरकारले ढिलाइ गर्दै आइरहेको छ। पुसको तेस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २७ जना सहसचिवको सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव पठाएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं