शुक्रबार, १३ मार्च २०२६

बाँकेको खोकरी गाउँमा झाडापखाला फैलियो, ३० जना बढी बिरामी

बाँकेकाे राप्तीसोनारी गाउँपालिका– १ को खोकरी गाउँमा झाडापखाला फैलिएको छ। झाडापखालाले ३० जना भन्दा बढी बिरामी परेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

संसद्मा कांग्रेसकाे नाराबाजी, बैठक स्थगित

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै बेल घेराउ गरेका थिए। नाराबाजीका बीच सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले उनलाई रोष्टममा जानबाट रोकेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्ध परेकाे रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै यो विषय संवैधानिक व्याख्याको विषय भएकाले पूर्ण सुनुवाइबाट टुंगोलाग्ने भन्दै अन्तरिम आदेश दिन आवश्यक नरहेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म संसद चल्दैन: कांग्रेस

सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सुरू सांसद तथा कांग्रेसका महामन्त्री गगन थापाले यस्ताे बताएका हुन्।  उनले सहकारीको ठगीका सम्बन्धमा संसदले छानबिन समिति बनाओस् भन्ने आफूहरुको एक मात्र माग रहेका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लीन चिट दिएर नहुने बताएका हुन्। गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न नपर्ने सरकारको अडानले सरकार द्वन्द्वतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलहरुबीच सहमति नजुट्दा सुरु हुन सकेन संसद् बैठक

प्रतिनिधिसभाको बैठक समयमा सुरु हुन ढिलाइ भएको छ। आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन। कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा संसद् बैठक बस्न ढिला भएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेमाथि छानबिन समितिको माग गरेर कांग्रेसले छुद्र राजनीति गर्‍याे: ओली

उनले भने, ‘प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति मात्र होइन। नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन। हामीले राजीनामा मागेका छैनौ भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

९८ लाखसहित पक्राउ परेका दुईजना सुन तस्करीमा संलग्न, सम्पत्ति शुद्धिकरणमा समेत मुद्धा

रुपन्देहीको सियारी गाउँपालिका–७ घर भएका मिलन यसअघि गत वर्ष असाेज १० गते दोलखामा ११.५ के.जी. अवैध सुनको पैठारी र संगठित अपराधमा पक्राउ पुर्जी जारी भई फरार रहेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा रवि लामिछानेकाे संलग्नता पुष्टि गर्ने आधार भेटियो, संसदीय छानबिन समिति बन्नुपर्छ: काँग्रेस

उनले भने, 'सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ। त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ। त्यस विषयमा स्वतन्त्र छानबिनको पुन: माग गरेका छौँ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकार गठनविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा

प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित २ जना पक्राउ

स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित काठमाडौंमा २ जना पक्राउ परेका छन्। काठमाडौंको दरमार्ग क्षेत्रबाट उनीहरूलाई स्रोत नखुलेको ९८ लाख रूपैयाँसहित पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।  पक्राउ परेका व्यक्तिबारे अन्य विवरण प्रहरीले खुलाएको छैन। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपेन्द्रसँग टुक्रिएर फेरि अरुसँग मिल्न खोज्दैछन् ‘जसपा’का टुक्राहरू

सत्य के हो त? जसपाका नेताहरूले बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा रहेको एक होटलमा पत्रकार सम्मेलन गरेर प्रष्टिकरण दिएका छन्। हिजो बुधबार जसपा नेपालका अध्यक्ष यादवले केही ब्यक्तिको ‘ब्यक्तिगत महत्वकाँक्षा’ले पार्टी फुटेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मधेस सरकार ढाल्न प्रचण्डकाे निर्देशन

मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेका छन्। समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई मन्त्री नियुक्त

प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। उनी आजै कोशीको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कार्कीसँगै नेकपा एमालेका राम बहादुर रानामगर र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले विनाविभागीय मन्त्रीको शपथ लिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाएको भन्दै केदार कार्कीले दिए सर्वोच्चमा रिट

बिहीबार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। रिट निवेदनमा अन्तरिम आदेशमार्फत् प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्दै कार्कीले आफ्नो सरकारलाई निरन्तरता दिन माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

एमसिए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर, ३९ महिनाभित्र सम्पन्न गरिने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने, ‘यो चार सय केभी सबस्टेशन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान दुई सय २० केभी सबस्टेशनलाई सघाउनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले आजै शपथ लिने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर  

जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आ.व. २०७९/०८० मा सञ्चालित जलेश्वर-१ को बजार क्षेत्रभित्र पी.पी.सी. ढलान कार्यमा मेयर साह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत छैठौँ धिरेन्द्र झाले पी.पी.सी. ढलान योजनाको वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य गरेको भनी झुट्टा विवरण पेश गरेकाे अख्तियार उल्लेख गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं