बुधबार, २२ जुलाई २०२६

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा दर्ता (भिडियाे)

मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता न्यौपानेले २२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरुले तिर्नुपर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए। कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उनको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट काठमाडाैँ फर्किने क्रममा विमानस्थलबाटै बेपत्ता भएका भुसाल भेटिए

पर्वतको पैँयू गाउँपालिका-१ घर भएका ७६ वर्षीय भुसाल शनिबार राति विमानस्थलमा अवतरण गरेलगत्तै बेपत्ता भएका थिए। उनी झण्डै १५ घण्टापछि आफन्तको सम्पर्कमा आएका हुन्। प्रहरीका अनुसार उनी एकान्तकुनामा भेटिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट काठमाडौँ आएका भुसाल विमानस्थलबाटै बेपत्ता

उनका आफन्त विमानस्थल बाहिर कुरिरहेका थिए। भुसालका ज्वाइँ मधु वस्तीका अनुसार शनिबार राति साढे १० बजे विमानस्थलमा अवतरण गरेर उनले फाेन सम्पर्क गरेकाे र त्यसपछि बेपत्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङ्गो ठड्याएपछि सुरू भयो यस वर्षको इन्द्रजात्रा

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा सुरू हुने परम्परा छ। हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति

समितिले सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो। त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सिमलतालमा ट्रक दुर्घटना

आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो। यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

नियमसङ्गत चलाएका सहकारीहरूले कसैलाई डुबाउँदैनन्: प्रधानमन्त्री

“विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो। स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरूमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरू छन्”, प्रधानमन्त्री ओलीले भने, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस्। समितिले सरकारलाई निर्देश गरोस्। त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ।”

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दरबारमार्गमा रैथाने कृषि हाटबजार सञ्चालनमा (तस्बिरहरु)

उत्पादक किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्री-वितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

संसदलाई प्रचण्डकाे चेतावनी, ‘प्रतिक्रियावादी’हरुसँग नडराउन ओलीकाे आग्रह

दिवसको अवसरमा विभिन्न संघ-संस्थाले कार्यक्रमको आयोजना गरे। भने, देशभरका सामुदायीक तथा निजी विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

यस वर्षभित्रै नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीकाे अठाेट

नेपाल बाल सङ्गठनद्वारा ६०औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसाहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘हिंसा’ शब्दकाे विषय नटुङ्गिएसम्म संसद चल्न नदिने प्रचण्डकाे चेतावनी

विराटनगर विमानस्थलमा आज (शनिबार) संचारकर्मीसँग कुराकानीकाे क्रममा अध्यक्ष प्रचण्डले साे चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

निर्णायक राष्ट्रिय शक्तिको यात्रामा कटिबद्ध हुन प्रधानमन्त्री ओलीको आग्रह

आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापक रुपमा लाग्न आग्रह गर्दै उनले नेकपा (माओवादी केन्द्र) को मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशील छ: मन्त्री सुडी

शनिबार राष्ट्रिय बाल दिवस २०८१को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रोहित र एरिका वर्षका ‘उत्कृष्ट’ खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र करातेकै एरिका गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटर रोहित र वर्ष उत्कृष्ट महिला खेलाडीमा करातेकी गुरुङले अवार्ड जितेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कृषि सुधारका लागि साढे ९ अर्ब ऋण लिँदै सरकार

सरकारले कृषि सुधारका लागि ९ अर्ब ४५ करोड (५३.४ मिलियन एस.डि.आर) रुपैयाँ बराबर विदेशी ऋण लिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

निर्णायक राष्ट्रिय शक्ति बनाउन एमालेको बनायो १८ बुँदे वार्षिक कार्य योजना

पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनका लागि नेकपा एमालेले १८ बुँदे वार्षिक कार्य योजना बनाएको छ।  शुक्रबार केन्द्रीय सचिवालयको बैठकले यस्तो कार्ययोजना पारित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

महाकाली र कर्णाली नदीमा बाढीले पार गर्‍यो खतरा तह

महाकाली  र कर्णाली नदीमा बाढीले खतरा तह पार गरेको छ। महाकालीको परिगोन मापन केन्द्रमा र कर्णालीको चिसापानी मापनकेन्द्रमा बाढीले खतरा तह पार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एमालेको सचिवालय बैठक जारी

केहीबेर अघिदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वीर अस्पतालमा जलन उपचार केन्द्र सञ्चालनमा

जलन उपचार केन्द्रमा दुइटा शल्यक्रिया कक्षसहित पाँच आइसियू बेड र १० वटा वार्ड बेड छन्। सरकारले जलन उपचार केन्द्र निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरेको थियो। ५ फागुन ०७९ मा वीरको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेलगत्तै डा. सन्तोष पौडेलले आइसियूसहितको जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं