सोमबार, १३ अक्टोबर २०२५

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुरमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।  भोजपुर नगरपालिका २ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरी आफैँले प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

कलाकार बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने: माओवादीको विजय यात्रा सुरु भयो

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरूलाई पार्टीमा भित्र्याएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन्।   शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा गणतन्त्र स्थापना गर्न हिम्मत गर्ने व्यक्ति भनेको गिरिजा प्रसाद कोइराला भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने सहमति

‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन हुने भएको छ। शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरूको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको आग्रहः ‘देश बर्बाद भयो’ र ‘देश खतरामा छ’ भन्ने भ्रममा नपरौं

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘देश बर्बाद भयो’ र ‘देश खतरामा छ’ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन्। शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौंको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन भनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश सरकारबाट नाउपा बाहिरिएपछि देउवा भेट्न काठमाडौं आइपुगे मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौंस्थित उनकै निवास बुढानिलकण्ठ पुगेका छन्। मुख्यमन्त्रीले शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सोही विषय र प्रदेश सरकारको बजेट पारित र सरकारका गतिविधिबारे छलफल गर्न मुख्यमन्त्री शाही सभापति देउवालाई भेट्न काठमाडौं आएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन

शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो। सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसीसी यू-१६ इस्ट जोन कप उचाल्न नेपाल नेपाललाई ११४ रन

अब नेपालले ११४ रन बनाएमा यो कप उचाल्नेछ। फाइनल खेलमा नेपालका अभय यादवले ३ विकेट लिए। उनका १० ओभरमा सिङ्गापुरले जम्मा ३४ रन जोड्न सक्यो। त्यस्तै सुशील बहादुर रावलले पनि ३ विकेट लिए भने शुभम खनाले २ र विपिन शर्माले १ विकेट लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘राजनीतिमा हुन पनि सक्छु’

प्राधिकरणबाट बाहिर आएपछि आफुपनि सर्वसाधारण नागरिक सरह भएको बताउँदै उनले आगामी दिनमा कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिने भन्ने बारेमा छलफलमा रहेकाले त्यो क्षेत्र राजनीति पनि हुनसक्ने उनले बताएका हुन्। ‘जनताका समस्या सम्बोधन गर्न राम्रो लिडरसिप जरुरी छ। देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुनसक्छ। तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं,’ घिसिङले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हमासले भन्यो, ‘वार्तामा बस्न तयार छौं’

अमेरिकाको प्रत्यक्ष सहभागितामा तयार पारिएको युद्धबिराम प्रस्तावलाई यसअघि नै इजरायलले स्वीकार गरिसकेको थियो। त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमाससँग कुराकानी अघि बढाउनका लागि मध्यस्थकर्ताका रुपमा बिशारा वाहवाहलाई खटाएका थिए। प्यालेस्टाइन-अमेरिकी संवादको मध्यस्थता उनैले गर्दै आएका छन्।  ‘विश्वकै लागि यो एउटा अत्यासलाग्दो युद्ध अन्त्य गर्ने दिशामा हामी एकदमै नजिक पुगेका छौं’ हमासको प्रतिक्रियापछि बिशाराले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेक्सासमा भीषण बाढी, १३ जनाको मृत्यु, २० बालबालिका वेपत्ता

अमेरिकाको टेक्सास राज्यमा भीषण बाढी पसेको छ। त्यसमा परेर अहिलेसम्म १३ जना मानिसको ज्यान गएको पुष्टी भएको छ। बाढीका कारण कम्तीमा २० जनाभन्दा बढी बालबालिकाहरू वेपत्ता भएका छन्। उनीहरू एउटा क्रिश्चियन क्याम्पमा थिए।  अहिले मानिसहरुको उद्धार, राहत र खोजी कार्यका लागि ब्यापक सुरक्षा तथा उद्धारकर्मीहरू परिचालन गरिएको छ। हेलिकोप्टरसहित कम्तीमा दर्जन टोली खोजी र उद्धार कार्यमा खटिएका छन्।  टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिकका अनुसार बाढी ठूलो र अप्रत्याशित भएका कारण मृत्यु हुने र हराउनको संख्या अझै बढ्नसक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आधारातमा पेश गरेर कर्णालीको बजेट ‘पारित’

बजेट प्रस्तुत भएको २० दिनसम्म भएको विरोध, विवाद र रस्साकस्सीका बीच कर्णालीको बजेट पारित भएको छ। शुक्रबार मध्यरातमा सरकारले ल्याएको बजेट कर्णाली प्रदेशसभाले पारित गरेको हो।  कर्णाली प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं बैठकमा सभामुख नन्दा गुरुङले सरकारले आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आरजु राणा, खाँण,लेखक, बस्नेतलाई खेदेर पार्टी बलियो हुँदैन- रामहरि खतिवडा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्र एकले अर्कालाई खुइल्याउने र कमजोर पार्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन्। जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा खतिवडाले पार्टी सभापति, उपभापति, महामन्त्रीलगायत केन्द्रीय सदस्यलगायतलाई पार्टीकै सदस्यहरूबाट खुइल्याउने र कमजोर पार्ने काम भइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् प्रधानमन्त्री ओलीका स्पेन भ्रमणका उपलब्धीहरू

प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणका उपलब्धीहरू सार्वजनिक गरिएको छ। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनी शुक्रबार अपराह्न स्वदेश फिर्ता भएका हुन्।  भ्रमणपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत राईले भ्रमण सफल रहेको जानकारी दिंदै भ्रमणका उपलब्धीहरू सार्वजनिक गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसपीलाई धम्क्याएको आरोपमा जसपा मधेस अध्यक्षविरुद्ध पक्राउ पूर्जी

जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोपमा आपराधिक उपद्रवको कसुरमा जिल्ला अदालत सर्लाहीले शुक्रबार यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई तराईमा लुट्न आएको लुटेराको संज्ञा दिँदै धम्क्याएको अडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गिरिजाको प्रशंसा गर्दै राष्ट्रपतिले भने: ‘क्रान्ति र शान्तिका नेता’

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन्। पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२औं जन्म जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘मैले गिरिजाप्रसाद कोइरालाका बारेमा एकै शब्दमा भन्नुपर्दा उहाँ क्रान्तिको पनि नेता हो, उहाँ शान्तिको पनि नेता हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वदेश फर्किए ओली

प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत असार १४ गते स्पेन भ्रमणमा निस्केका ओली शुक्रबार अपराह्न स्वदेश फिर्ता भएका हुन्। स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको पक्षमा हस्ताक्षर गरेका सईको खोसियो जिम्मेवारी, तानियो हेडक्वार्टर

रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका बाँकेको नेपालगंगमा कार्यरत ट्राफिक सईको जिम्मेवारी खोसिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेमा दरबन्दी भएका सई कमल खड्काको जिम्मेवारी खोसेर प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको हो। सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले सञ्चालन गरेको ‘प्रतिशोधविरुद्धको हस्ताक्षर संकलन’ अभियानलाई सघाउँदै सई खड्काले ड्युटी खटिएकै अवस्थामा बर्दी लगाएर हस्ताक्षर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘यो धर्तीको एकजना मान्छेले मैले भ्रष्टाचार गरेको प्रमाण पेश गरोस्, जुनसुकै बलिदान गर्न तयार छु’

शुक्रबार नेकपा (एकीकृत समाजवादी) विद्यार्थी जिल्ला कमिटीको पाचौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले धर्तीको एकजना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गर्ने हो भने जुनसुकै बलिदान गर्न पनि तयार रहेको बताए। उनले भने, ‘पार्टीका बारेमा केही मानिसले नकारात्मक टिप्पणीहरू गर्ने गरेका छन्। कसैले यो पार्टी चल्दैन भन्छन्, कसैले टिक्दैन भन्छन्। मेरो एउटा मान्यता छ, नबिराउनु, नडराउनु। बिराएको छैन भने डराउनु पर्दैन। यो धर्तीको एक जना मान्छेले माधव नेपालले भ्रष्टाचार गरेको छ भनेर तथ्य प्रमाण प्रस्तुत गरोस् जुनसुकै बलिदान गर्न पनि तयार छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले संसदीय दलका नेता थपलिया प्रदेश सभामै निदाएपछि…

बागमती प्रदेश सभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया निदाएको तस्बिर भाइरल भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलका क्रममा नेता थपलिया निदाएको तस्बिर कैद भएपछि यतिबेला सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। बैठकको प्रत्यक्ष प्रसारणका क्रममा उनी आँखा चिम्लेर अगाडि झुकिरहेको अवस्थामा देखिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा