
सहकारी ठगीमा एमाले नेता पक्राउ,
सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका एमाले नेता कृष्ण अर्याल पक्राउ परेका छन्। सोह्रखुट्टेको दिगो पर्यटन सहकारी सस्थाबाट साढे ११ लाख ऋण लिएर नतिरेका अर्याललाई पक्राउपछि अदालती प्रक्रिया पूरा गरेर कारागार चलान गरिएको छ। २०७४ सालमा आफैं सञ्चालक समितिमा रहेका बेला लिएको ऋण हालसम्म पनि नतिरेको र राजनीतिक आडमा रकम पचाउन खोजेको सहकारीको आरोप छ। एमाले पेसागत विशेष प्रदेश कमिटीका सदस्य अर्याल एमालेको पर्यटन विभाग सदस्य समेत हुन्। हाल उनी एमाले उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इञ्चार्जसमेत छन्।

बिएल संवाददाता - काठमाडौं