मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

सरकारबाट बाहिरिने नाउपाकाे तयारी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ।  संरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो। वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षकहरू

सरकारसँग वार्ता गर्न शिक्षकहरू सिंहदरबारमा पुगेका छन्। मंगलबार रातिको वार्ता सकारात्मक भएकाले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सहमति हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के भारत पाकिस्तानमाथि आक्रमण गर्ने योजनामा छ? (भिडिओ रिपोर्ट)

अब भारतीय सेना खुला भएको छ र पाकिस्तानमाथि आक्रमणबारे सम्पूर्ण अधिकार सेनामाथि नै छ। उसले पाकिस्तानमाथि कहाँ, कहिले र कसरी आक्रमण गर्ने भन्नेबारे अब स्वतन्त्ररुपमा निर्णय लिन सक्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा स्थगित भयाे– सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले नागरिक उन्मुक्ति पार्टीसँग एकता घोषणा स्थगित भएको बताएका छन्। बुधबार प्रज्ञा भवनबाट नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि पार्टी एकता घोषणा अनिश्चितकालका लागि स्थगित गरिएको उनले बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेशम चौधरी पक्राउ, डिल्लीबजार कारागार लगिँदै

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारीमा रहेका उनलाई प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी प्रज्ञा भवन पुगेका थिए। उनलाई पक्राउको कारण खुलाइएको छैन। फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। उनलाई डिल्लीबजार कारागारमा लैजान लागिएको प्रहरीले बताएको छ। २०७२ साल भदौमा भएको टीकापुर नरसंहारको मुख्य आरोपी चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो। तर, २०८० सालको गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई आममाफी दिएका थिए। त्यतिबेलासम्म उनले ५ वर्ष ३ महिना जेल सजाय भुक्तान गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘आँखा स्वास्थ्य’लाई पनि बीमा कार्यक्रममा समायोजन गर्ने ओलीको प्रतिवद्धता

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा बुधबार काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै ओलीले दिगो विकासका लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै  विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताएका हुन्। नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको ओलीले उल्लेख गरे।  प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० सम्म प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५.४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिवद्धता राखिएको अवगत गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नागरिक जनमत पार्टीको एकता घोषणासभामा समस्या, बाहिरै रोकिए सहभागीहरू

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको छ। बुधबार राजधानीको कमलादीस्थित प्रज्ञाभवनको हलमा हुन लागेको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणासभामा प्राविधिक समस्या आएको हो।  बुकिङमा कमजोरी देखिएका कारण एकता कार्यक्रममा सहभागीहरू भित्र प्रवेश गर्न पाएका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हावाहुरीसहितको वर्षाले करोडौंको इट्टामा क्षति

वर्षभरी बेच्नका लागी तयार भईरहेको इट्टा पानीले नष्ट गरेपछि इट्टा व्यवसायीहरू आर्थिक समस्यामा परेका हुन्। यहाँका बीके इट्टा उद्योग, बिर इट्टा उद्योग, पूजा इट्टा उद्योग, एमबीआई इट्टा उद्योग, सोना इट्टा उद्योग, रामजानकी इट्टा उद्योग लगायत ४० वटा उद्योगहरूमा हावाहुरी र वर्षाका कारण क्षति भएको रौतहट इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपीएल ईटा उद्योगका सञ्चालक रामबिनोद साहले बताए। विभिन्न स्थानका उद्योगहरूमा करिब ११ लाख भन्दा बढी काँचो इट्टा नष्ट भएको उनले जानकारी दिए। ‘प्रत्येक काँचो इट्टाको लागत औसतमा ३ रुपैयाँ भन्दा बढी पर्छ,’ उनले भने, ‘यो आँकडाले  करिब ४ करोड ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोती घटनामा उच्च अदालतको फैसलाविरुद्ध दलित अधिकारकर्मी आन्दोलित

पाँच वर्षअघि रुकुम पश्चिमको सोतीमा मारिएका नवराज विकको मुद्धामा उच्च अदालत सुर्खेतले जातीय विभेदको मुद्दामा न्याय नदिएको भन्दै अधिकारकर्मी आन्दोलनमा उत्रिएका छन्। मंगलबार उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनाका २३ जना प्रतिवादीलाई यस अघि जिल्ला अदालत रुकुम पश्चिमले गरेको जन्मकैदको सजाय सदर गरेको थियो। तर जातीय विभेदको मुद्दामा भने सबैले सफाइ पाएका छन्। ०७७ जेठ १० मा जाजरकोटका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न चौरजहारी पुग्दा गाउँलेको कुटपिटमा उनको समूहका १८ मध्ये ६ जनाको मृत्यु भएको थियो। नवराज विकसहित ६ जनाको हत्या अभियोगमा यसअघि जिल्ला अदालत रुकुम पश्चिमले २३ जनालाई जन्मकैदको फैसला गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीमुक्त एमालेका लागि 'त्रुपको पत्ती'

नेपाल यतिबेला राजनीतिक बुमर्याङमा फसेको छ। यसका लागि सबैभन्दा बढी जिम्मेवार कोही छ भने त्कोयो ओली नै हुन्। उनलाई एमाले अध्यक्षबाट विस्थापित नगरी देशले निकास पाउँदैन। त्यसका लागि 'त्रुपको पत्ती' हुन सक्ने भनेको विद्यादेवी मात्रै हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

भारतबाट ढुक्क भएर फर्किए बाबुराम, भन्छन्ः भारत व्यवस्था उल्ट्याउने पक्षमा छैन

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले भारत सरकारबाट नेपालका प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधि नभएको बताएका छन्। मंगलबार भारत भ्रमणबाट स्वदेश फर्किएका डा. भट्टराईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भारत सरकार र भारतका मुख्य शक्तिहरूबाट नेपालको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरूलाई उक्साउने गतिविधिमा नभएको बताएका हुन्। उनले भने, ‘भारतमै चासो भएको विषय के रहेछ भने जुन भिन्न प्रकृतिका आन्दोलन भइरहेका छन् त्यो कतै व्यवस्थाकै विरुद्धमा जाने आन्दोलन त होइन यो? यसले लोकतन्त्रलाई नै प्रतिकुल असर पर्नेगरी पछाडि फर्कने ढंगले त जादैन भन्ने आशंका चै रहेछ। हाम्रो व्यवस्था सुरक्षित छ भन्ने विश्वास गराएको छु। त्यहाँ केही व्यक्तिहरु त्यसमा लागेको हुनसक्छ। तर भारत सरकार आफैं र त्यहाँको मुख्य शक्तिहरूको फेरि यहाँको व्यवस्थालाई नै उल्ट्याउने ढंगले प्रतिगामी शक्तिहरुलाई उक्साउने गतिविधि त्यहाँबाट भएको छैन। हुन सक्दैन, त्यसले लाभ गर्दैन भन्नेकुरा नै आयो। हामीलाई अनावश्यक ढंगले भ्रम छरेर प्रतिगामी शक्तिहरू त आइहाल्ने हो की, भोलि नै आइहाल्ने हो की भन्नेकुरा सत्य होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुप्रिम सहकारीका मुख्य जाहेरीकर्ता भन्छन्ः रवि लामिछानेविरुद्ध मैले जाहेरी दिएकै छैन

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पीडित मध्येका एक नारायण पहराईले आफूले रास्वपा सभापति रवि लामिछानेविरुद्ध जाहेरी नदिएको खुलासा गरेका छन्। उनले सहकारीले रकम फिर्ता नदिएपछि प्रहरीले उजुरी मागेअनुसार इलाका प्रहरी कार्यालय, बुटवलमा कोही व्यक्ति लक्षित नगरी उजुरी दिएको बताएका छन्। मंगलबार उनले सामाजिक सञ्जालमार्फत आफूलाई प्रहरीले एक वचन पनि नसोधी र आफ्नो सहमति नलिइ रवि लामिछानेसहित विरुद्ध आफूलाई मुख्य उजुरीकर्ता जसरी प्रस्तुत गरेर अनुसन्धान प्रतिवेदन बनाइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वार्ताका लागि शिक्षकहरू कुर्दै शिक्षामन्त्री, किन भयो ढिलाइ?

शिक्षामन्त्री रघुजी पन्त र आन्दोलनरत शिक्षकहरूबीच आज साँझ हुने भनिएको वार्ता अझै सुरू हुन सकेको छैन। मन्त्री पन्त यतिबेला सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षकहरूलाई कुरेर बसिरहेका छन्। तर शिक्षक महासंघले भने वार्तामा प्रस्तुत गर्ने विषयवस्तु र आवश्यक तयारीसहित  आन्दोलनको समीक्षा आन्तरिक छलफल बोलाएको छ। सोही कारण वार्ताका लागि केही समय ढिलाइ भएको महासंघले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अत्यधिक मदिराले लियो राउटे मुखियाको ज्यान

जंगलमा फिरेन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ। ४९ वर्षीय शाहीको गएराति बराहताल गाउँपालिका-८ सोतखोलामा रहेको बस्तीमा मृत्यु भएको हो। अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए। ‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ। त्यहीँ बेलादेखि उहाँ बिरामी हुनुहुन्थ्यो,’ खत्रीले भने, ‘पछिल्लो पाँच दिनयता बिरामीले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौं। तर उहाँको गएराति नै मृत्यु भयो।’ राउटे समुदाय बिरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन्। ‘मुखियाले अस्पताल गएका सबैको मृत्यु भएको छ म पनि जाँदैन भन्नुहुन्थ्यो,’ खत्री भन्छन्, ‘सोमबारसम्म अवस्था हेरौं नभएर मंगलबार उपचारका लागि वीरेन्द्रनगर जाउला भन्नुभएको थियो। गएराति ९ बजेतिर उहाँको मृत्यु भइसक्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

क्यानडा निर्वाचनमा लिबरल पार्टी विजयी, प्रधानमन्त्रीको घोषणाः अमेरिकासँगको पुरानो सम्बन्ध अब समाप्त

क्यानडाको आम चुनावमा प्रधानमन्त्री मार्क कार्नीको लिबरल पार्टीले जित निकालेको छ। क्यानडेली सञ्चारमाध्यमका अनुसार लिबरल पार्टीले क्यानडाको अर्को सरकार बनाउँने छ। यद्यपि संसदमा उसले बहुमत पाउँछ वा पाउँदैन स्पष्ट भइसकेको छैन। जितसँगै प्रधानमन्त्री कार्नीलाई दोस्रोपटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। मतपरिणाम सार्वजनिक हुँदैगर्दा कार्नीले समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निशाना साँधेका छन्। ‘अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ। हामीले अमेरिकी विश्वासघातको आघात पार गरिसकेका छौं, हामीले एक अर्काको ख्याल राख्नुपर्छ,’ प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि प्रभुत्व जमाउन सकोस्- त्यो कहिल्यै सम्भव हुनेवाला छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - क्यानडा

रक्षामन्त्रीको मतः राष्ट्रिय गौरवका आयोजनाहरूमा पुनर्विचार गरौं, आवश्यक परे घटाऔं

नेपाल सरकारको आव ०८२/८३ को नीति तथा कार्यक्रममा संघीय संसद अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण पत्र रक्षामन्त्री मानबीर राईलाई हस्तान्तरण गरिएको छ। मंगलबार बसेको समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री राईलाई सो प्रतिवेदन हस्तान्तरण गरेका हुन्। प्रतिवेदन बुझ्दै मन्त्री राईले अनावश्यक घोषणा गरेर मात्र राख्ने भन्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनःविचार गरेर घटाउनु उचित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकहरूलाई चाँडो विद्यालय फर्काउने वातावरण बनाउँन सरकारसँग रामहरिको माग

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोहरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे। उनले भने, ‘शिक्षक सम्पूर्ण देशका हुन् र सबैलाई पढाउने शिक्षक हुन्। उहाँहरूलाई बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोहरा खुवाउने र गीत गाउने रुपमा व्यवस्थापन नगरियोस्। तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गरियोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविन्द्र मिश्रमाथि सरकारले दुर्व्यवहार गरेको भन्दै रास्वपाको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रलाई राज्यले दुर्व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएपनि राज्यले गरिरहेको दुव्र्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन्। उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रविन्द्र मिश्र ज्यूको विचार र व्यवहारप्रति सहमति नहोला तर उहाँप्रति राज्यले गरिरहेको दुर्व्यवहारप्रति मेरो घोर विमति छ। त्यसैले त्यसमा सच्याईयोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनविरुद्धको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सकिएको छ। गगनको मुद्दा इजलासको मुद्दा सूचीको पहिलो नम्बरमै राखेर सुनुवाइ गरिएको थियो। मुद्दामा आदेश आउन बाँकी छ। तत्कालिन ओली सरकारले अध्यादेशमार्फत ५२ जना संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनारा नलगाएर सर्वोच्चले डिल गरिरहेको गत बिहीबार थापाले आरोप लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय मल्ल र पाण्डेयको इजलासमा सुरु

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुरु भएको छ। गगनको मुद्दा इजलासको मुद्दा सूचीको पहिलो नम्बरमै राखेर सुनुवाइ सुरु भएको हो।  तत्कालिन ओली सरकारले अध्यादेशमार्फत ५२ जना संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनारा नलगाएर सर्वोच्चले डिल गरिरहेको गत बिहीबार थापाले आरोप लगाएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं