बुधबार, ०३ सेप्टेम्बर २०२५

तेह्रथुमको बसन्तपुर बजार (तस्बिरहरू)

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो। यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक हो।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

प्रधानमन्त्रीलाई एमालेको बुझायो आगामी ‘नीति तथा कार्यक्रम’का लागि सुझाव

नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि विषयगत सुझावहरू बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरूले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीलाई सो सुझावपत्र हस्तान्तरण गरेका हुन्। एमालेले प्रधानमन्त्रीमा ओली नियुक्त भएपछि यस प्रकारको सुझाव दिएपनि त्यसबेला अघिल्लो सरकाबाट नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेकाले ती सुझाव समावेश हुन नसकेको सन्दर्भमा ताजगीकरणसहित पुनः सुझावपत्र दिएको महासचिव पोखरेलले अवगत गराए। उनले एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रीत संकल्प यात्राका आधारमा अघिल्लो सरकारलाई दिइएका सुझावहरू पनि कार्यान्वयनका आउन बाँकी रहेको आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका नेताहरूको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेकपा (माओवादी केन्द्र)का नेताहरूले भेटवार्ता गरेका छन्। माओवादीको वन, वातावरण तथा जलवायु विभागका नेताहरूले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा ‘सगरमाथा संवाद’ तय भएकामा स्वागत गर्दै कार्यक्रमको लागि सहमतीय साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर सो विभागका नेताहरू माधव सापकोटासहितको टोलीले कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरेको हो। प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचारभन्दा माथि उठेर यसलाई सफल बनाउनुुपर्नेमा जोड दिँदै यस्ता राष्ट्रिय महत्वका कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको स्पष्ट पारे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस ‘बा’को पार्टी होइन्, हाम्रोमा कोही पनि ‘भीम रावल’ बन्दैन

कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफ्नो पार्टी ‘बा’को पार्टी नभएकोले फरक मत र आलोचना गर्न पाइने टिप्पणी गरेका छन्। बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले उनले सत्ता साझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कांग्रेसमा एमालेजस्तो प्रश्नमा निषेध नरहेको जिकिर गरे। उनले भने, ‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन। यहाँ कोही भीम रावल बन्दैन। किनकी यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बा को पार्टी होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको व्यंग्यः प्रधानमन्त्रीले ‘हिजो बेलुकीसम्म गठबन्धन नटिक्लाजस्तो थियो, आज बिहानैदेखि टिक्ने भयो’ भन्नुपर्‍या छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो अनुभवले नेपालमा कुनै पनि गठबन्धनको सरकार राम्रोसँग चल्न नसकेको बताएका छन्। कांग्रेसको बारा क्षेत्र नम्बर ३ ले बुधबार गरेको क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेका प्रत्येक गठबन्धनका प्रधानमन्त्रीहरूले दिनमा एक पटक ‘सरकार टिक्छ’ भन्नुपर्ने अवस्था आएको बताए। उनले नेपालको ८/१० वर्षको अनुभवले चुनावअघि वा चुनावपछिका कुनै पनि गठबन्धन राम्रोसँग चल्न नसकेको देखिएको अनुभव सुनाए। उनले भने, ‘प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई-तीन पटक मेरो सरकार टिक्छ, टिक्छ भन्नैपर्छ, जति बलियो भए पनि। हिजो बेलुकीसम्म नटिक्लाजस्तो थियो, आज बिहानदेखि टिक्ने भयो भनेर भन्नुपर्छ, यस्तो पनि सरकार हुन्छ हाम्रो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा साइकलयात्रीलाई लछारपछार गर्ने नगरप्रहरी बर्खास्त, साइकल फिर्ता

बुधबार बिहान साइकलमा हिँडिरहेका एकजना कवाडी सङ्कलकलाई लछारपछार गर्ने नगरप्रहरीहरूमाथि कारबाही हुने भएको छ। बुधबार बिहानैदेखि सामाजिक सञ्जालमा महानगर प्रहरीले लछारपछार गरेको भिडियो भाइरल भएपछि संलग्न नगरप्रहरीमाथि काठमाडौं महानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाएको हो। महानगरपालिकाले उक्त घटनामा संलग्न नगर प्रहरीलाई बर्खास्त गरिएको जनाएको छ। उक्त घटनामा संलग्नलाई पदमुक्त गरिएको महानगर नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन्। काठमाडौं महानगरपालिका-४ बालुवाटार क्षेत्रमा प्रहरीले अमर्यादित तथा गैह्रव्यवसायिक ढंगले सम्पादन गरेको भन्दै जिम्मेवारीबाट मुक्त गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आनन्दीदेवीको शव बुझ्न प्रहरीको दबाब!

यौन दुर्व्यवहार घटनामा न्याय नपाएपछि मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका-३ दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदायको शव बुझ्न परिवारलाई प्रहरीले दबाब दिएको खुलेको छ। आनन्दीदेवी मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीले शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । तर, पीडित परिवारले शव बुझेका छैनन्। घटनाका दोषी तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आलटाल गर्ने प्रहरीमाथि छानबिन र कारबाही हुनुपर्ने माग पीडित परिवार तथा दलितका अगुवाहरूको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

सरकारले भन्यो, माग पूरा गर्छौं, शिक्षक भन्छन्, ‘भरोसा छैन’

एसईई तथा वार्षिक परीक्षाहरू छोडेरै काठमाडौं आएका उनीहरूले अब सरकारले शिक्ष ऐन पारित नगरेसम्म नफर्किने भनेका छन्। चैत २० गतेदेखि देशभरिबाट आएका हजारौं शिक्षकहरूले दिनहुँजसो माइतीघर-बानेश्वरमा प्रदर्शन गर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भो, अति भो 'भुक्ने' नेता र 'भन्नुभयो' मिडिया

नेपालमा एक हैन अनेक विकृति छन्, तीमध्येको शीर्ष विकृति हो- ‘भुक्ने’ नेता र ‘भन्नुभयो’ पत्रकारिता। नेपाली मिडियाका आधा जति शीर्षक त यी भुक्ने नेताका ‘भन्नुभयो’ कारितामै सिमीत छन्। मलाई लाग्छ, नेपाली मिडियामा ‘भन्नुभयो’ शीर्षकको अध्याय सकिएको दिन धेरै भ्रमको बादल फाड्छ। आशा गरौं, २०८२ मा नेपाली मिडिया भुक्ने नेता र भन्नुभयो पत्रकारिताको शल्यक्रिया गर्नेतिर लाग्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

गभर्नरमा उमेरहद हटाउने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

सरकारले ६५ वर्ष उमेर नाघेका व्यक्तिलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन तत्काल नपाउने भएको छ। सर्वोच्च अदालतले गभर्नर बन्न ६५ वर्षे उमेर हद हटाएर जारी गरेको अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको सदस्य तथा पदाधिकारी नियुक्ति मापदण्ड विरुद्ध परेको रिटमा मंगलबार अल्पकालिन अन्तरिम आदेशमार्फत तत्कालका लागि सो मापदण्ड कार्यान्वयन रोकिदिएको हो। सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै मापदण्ड कार्यान्वयनमा रोक लगाउँदै छलफलका लागि विपक्षीलाई बोलाएको छ। सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि उमेर नचाहिने गरी मापदण्डमा गरेको संशोधनलाई चुनौती दिँदै सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दायर भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको एक ‘कल’मै बालुवाटार पुगिन् विन्दा, होला त निलम्बन फुकुवा?

नेकपा एमालेबाट निलम्बित नेतृ विन्दा पाण्डे अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी छन्। ओलीले नयाँवर्षको शुभकामना दिन नेताहरूलाई फोन घुमाउने क्रममा नेतृ पाण्डेलाई पनि फोन लगाएका थिए। नयाँवर्षको शुभकामना दिँदै ओलीले भेट्न बोलाएपछि पाण्डे बालुवाटार पुगेकी हुन्। भेटघाटका क्रममा पाण्डेले आफूलाई निलम्बन गरिएको खबर पाएपनि हालसम्म पत्र नपाएको र निलम्बन सकिएको वा नसकिएको भन्ने विषयमा जिज्ञासा राखेकी एमालेका एक नेताले बताउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारी, विचौलिया र दलालहरू मिलेर मलाई सरकारबाट हट्न बाध्य पारे: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भ्रष्टाचारी, विचौलिया र दलालहरू मिलेर आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन्। हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी तराई-मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदैगर्दा आफूलाई संविधान मिचेर रातको अध्याँरोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्‍याउने काम गरेको बताएका हुन्। उनले भने, ‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरु, विचौलिया, दलालहरू मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो। संविधान मिचेर रातको अँध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्‍याउने काम गरेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - कावासोती

ओली सरकारप्रति पार्टीभित्र असन्तुष्टि बढेपछि देउवाले डाके ‘केन्द्रीय कार्यसमिति बैठक’

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले वैशाख १७ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध भएको पौडेलले बताए। पछिल्लो समय ओली सरकारको काम कारबाहीप्रति कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। नेताहरूको असन्तुष्टि बढ्दै गएपछि देउवाले कार्यसमिति बैठक डाकेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिविको निमित्त ‘उपकुलपति’को जिम्मेवारी डा. केसीलाई

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई निमित्तको जिम्मेवारी दिएका छन्। उपकुलपतिको पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकेका हुन्। त्रिवि ऐनअनुसार निमित्त उपकुलपतिको जिम्मेवारी बढीमा तीन महिनाको हुने व्यवस्था छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त छ। बरालको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली-देउवाबीच भेटवार्ता, प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो। करिब एक घण्टा भएको भेटवार्ता नियमित छलफलको निरन्तरता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारको रवैयाप्रति कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाइरहेका बेला ओली-देउवाबीच छलफल भएको हो। दुई नेताबीच एकजुट भएर सरकारको कामको प्रभावकारीता बढाउने बारेमा छलफल भएको र बाहिर भनेजस्तो दुई पार्टीबीच कुनै समस्या नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षक अगुवासँग कांग्रेस महामन्त्रीद्वयको छलफल, माग सम्बोधनमा पहल गर्ने आश्वासन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आन्दोलनरत शिक्षकहरूसँग छलफलमा जुटेका छन्। सरकारले शिक्षकहरूको माग सम्बोधनमा चासो नदिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि बढिरहेका बेला महामन्त्रीद्वयले शिक्षक अगुवाहरूलाई सानेपा बोलाएर छलफल गरेका हुन्। यतिबेला देशभरका शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रीत आन्दोलनमा छन्। महामन्त्रीद्वयले शिक्षकका माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्। कांग्रेस निकट शिक्षकहरूले केही दिनअघि सभापति शेरबहादुर देउवालाई भेट्न निवासमै पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १२ को परीक्षामा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय, के होला अब?

नेपाल शिक्षक महासंघले आगामी बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुन शिक्षकहरूलाई अपिल गरेको छ। महासंघले काठमाडौं केन्द्रीत शैक्षिक सडक आन्दोलनको अवधिभर शैक्षिक गतिविधिमा संलग्न नहुन आग्रह गरेको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले गरेको पत्रचारमा भनिएको छ, ‘उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनैपनि काममा संलग्न नहुन प्रअ तथा शिक्षक-कर्मचारीहरूलाई आग्रह गर्दछौ।’ उनले यो आन्दोलनलाई सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन्। ‘शिघ्र शिक्षा ऐन जारी गराइ विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौ’ उनले लेखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस एमालेसँग मिसिन गएको होइन, फोहोर सफा गर्न गएको होः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषदले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान-प्रदान कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरू बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए। उनले भने, ‘कांग्रेसले भरोसा दिन सकेको छैन। नेकपा एमालेसँग मिलेर सरकारमा गयौं। एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरूमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौं। खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो। त्यो पनि ढिला भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ज्ञानेन्द्र शाहलाई ‘कीर्ते र जालसाजी’ मुद्दा लगाउन सांसद थापाको माग

पूर्व राजा ज्ञानेन्द्रले नयाँ वर्षमा पनि शुभकामना सन्देश दिएका थिए। उनले त्यसमा चैत १५ गतेको घटनामा आफू दूखी भएको भन्दै ‘मुलुकको समग्र संरचना फेर्न’ पनि आह्वान गरेका छन्। त्यसअघि फागुन ७ मा उनले दिएको सन्देशले ल्याएको तरंग सेलाउन नपाउँदै फेरि उनले अर्को सन्देश दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ