
शमशेर धवललाई छाड्ने तयारी
उपचारका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल समशेर राणालाई प्रहरीले रिहा गर्ने तयारी गरेकाे छ। गत चैत १५ गतेको आन्दोलन हिंसात्मक र उत्तेजक बनाएको आरोपमा उनी पक्राउ परेका थिए।

बिएल संवाददाता - काठमाडाैं
उपचारका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल समशेर राणालाई प्रहरीले रिहा गर्ने तयारी गरेकाे छ। गत चैत १५ गतेको आन्दोलन हिंसात्मक र उत्तेजक बनाएको आरोपमा उनी पक्राउ परेका थिए।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकास र सुशासन दिनका लागि एमाले–कांग्रेस एकसाथ मिलेर सरकार गठन गरिएको बताएका छन्। चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै उनले यस्ताे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले शुक्रबार बिहान राजीनामा बुझाएका हुन्। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ।
बिएल संवाददाता - काठमाडाैं
गृहमन्त्री रमेश लेखकले अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्। शुक्रबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन गर्दै गृहमन्त्री लेखकले मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
संयुक्त ट्रेड युनियनले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई बुझायाे ज्ञापनपत्र बुझाएको छ। ट्रेड युनियनका प्रतिनिधिहरूले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने १४ जना घाइते भएका छन्। मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
गाउँपालिकाका अध्यक्ष चौधरी माथि बिहीबार मध्यरातको करिब ११:३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिए। प्रहरीले घटनास्थलबाट एक थान गोलिको खोका बरामद गरेको छ।
बिएल संवाददाता - काठमाडौं
करिब दुई वर्षदेखि जारी इजरायल-हमास आक्रमणमा कम्तीमा ५० हजारभन्दा धेरै मानिस मारिइसकेका छन्। यसअघि भएको युद्ध बिराममा केही कैदीबन्दीहरू रिहा भएका थिए।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेर आफूले सहमहामन्त्री पदबाट राजीनामा दिएको प्रस्ट्याएकी छन्।
बिएल संवाददाता - काठमाडौँ
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ०८४ सम्म सरकारमा गएर फेरि अर्को गल्ती नगर्ने बताएका छन्। हुलाकी राजमार्ग केन्द्रीत जागरण अभियानका क्रममा बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले जनतामा फेरि माओवादीप्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने बताए। उनले भने, ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ। सरकारमा चाहिँ ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ। सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ। बिल्कुल होइन।’ कुर्सीका लागि आफूलाई कुर्सीका लागि जेपनि गर्न तयार हुने भन्दै लाग्ने गरेको आरोपको पनि खण्डन गरेका छन्। उनले आफू कुर्सीका लागि मरिहत्ये गर्ने भए आफ्नो कुर्सी नै नजाने पनि टिप्पणी गरे।
बिएल संवाददाता - रुपन्देही
राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएपछि रास्वपाभित्र फुटको संकेत देखिएको छ। उनको राजीनामापछि राजनीतिक वृतमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन्। यस्तैमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले रवि लामिछानेलाई सान्त्वना दिएका छन्। शाहीले बिहीबार सामाजिक सञ्जालमार्फत सुमनालक्षित गर्दै सुखमा मात्र साथ दिने स्वार्थी हुने भन्दै लामिछानेलाई ट्याग गरेका हुन्। उनले भनेका छन्, ‘दुःखमा साथ दिने साथी हुन्छ। सुखमा साथ दिने स्वार्थी हुन्छ।’
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। चैत ५ गतेदेखि रिक्त एआईजीमा एक महिना ढिला गरी सिफारिस गरिएको हो। एआईजी बढुवा हुनेमा चन्द्रकुवेर खापुङ पहिलो नम्बरमा छन्। त्यसपछि क्रमशः लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी सिफारिस भएका छन्। उनीहरूलाई डीआईजीमा बढुवा भएको वरियता अनुसार नै एआईजीमा बढुवा सिफारिस गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोग आरोपमा जिल्ला अदालतबाट दोषी ठहरिएका रामबहादुर बम्जनलाई सफाइ दिएको छ। उच्च अदालतले एक महिनाअघि नै बम्जनलाई सफाइ दिएको हो। गत चैत ६ गते न्यायाधीशहरू खेमराज भट्ट र नरेश्वर भण्डारीको इजलासले जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै बम्जनलाई सफाइ दिएको हो। बम्जन सफाइ पाएको भोलिपल्ट नै छुटिसकेका थिए। जेलबाट छुटेलगत्तै बम्जन सम्पर्कविहिन भएका छन्। उनी कहाँ छन् कसैलाई अत्तोपत्तो छैन। रामबहादुरसँगै बाल यौन दुराचारको आरोप लागेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका छन्। उनीहरूले भने यसअघि जिल्ला अदालतबाट पनि सफाई पाएका थिए।
बिएल संवाददाता - जनकपुरधाम
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्। राप्रपाका नेताहरू रविन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाई गर्न उनले सरकारसँग माग गरेका हुन्। बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकको निर्णय सुनाउँदै लिङदेनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानूनी एवम राजनीतिक दुवै लडाईंलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय गरेको बताए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग (टीआरसी)मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको छैटौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरूमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरूकै कारण ढिलाई भइरहेको बताए। उनले शान्ति प्रक्रियालाई अन्तिम रुप दिँदा द्वन्द्वपीडितहरू सबैलाई न्याय दिने अहिलेको आयोगहरूको उदेश्य रहेको बताए। उनले आयोगमार्फत काम गरेर पीडितहरूलाई न्याय दिएर संक्रमणकालीन न्याय दिनका लागि आयोगहरूलाई सक्रिय बनाइने र सबै पीडितहरूलाई न्याय दिइने बताए।
बिएल संवाददाता - काठमाडौं
बैठकमा मन्त्रीहरूले केही प्रगती विवरण सुनाएका थिए। त्यसपछि पार्टी सभापति देउवाले अझ राम्रो फर्फमेन्स गर्न मन्त्रीहरूलाई अह्राएका थिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको गठबन्धन सरकार कसैले हल्ला चलाउँदैमा नढल्ने दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि एमाले-कांग्रेसबीच सहमति जुटेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको लगातारको वार्ता, छलफल र हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गभर्नरमा सहमति जुटेको बताइएको छ। अब छिट्टै नयाँ गभर्नर नियुक्ति गर्ने उनीहरूबीच समझदारी बनेको छ। यसअघि गभर्नरका लागि चर्चा थिए रहेका राजेन्द्रकिशोर क्षेत्री र डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना। तर, दुवै पार्टीको दोस्रो तहबाट व्यापक असन्तुष्टिपछि ओली-देउवा न्युट्रल व्यक्तिको नाममा सहमत भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अब आफू प्रतिनिधिसभाको सदस्यको जिम्मेवारीमात्रै रहेर काम गर्ने र पार्टीभित्रको पद नओगट्ने भन्दै उनले राजीनामा दिन लागेको बताइन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो। नेपाल आफूभन्दा तल्लो वरियतामा रहेको कुवेतसँग ३ रनले पराजित हुँदै उपाधिबाट बञ्चित भएको थियो।
बिएल संवाददाता - काठमाडौं
तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकामा अवस्थित बसन्तपुर बजार पूर्वको पुरानो बजार मध्येको एक हो। यो बजार नेपाल सरकारबाट घोषित मध्ये पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक हो।
बिएल संवाददाता - तेह्रथुम
१ .
२ .
३ .
४ .
५ .