मङ्गलबार, ०२ सेप्टेम्बर २०२५

राप्रपा नपुग्दै शिक्षकहरूको कब्जामा माइतीघर

शिक्षा ऐन माग्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षक-कर्मचारीहरू अरू दिनभन्दा आज बिहानैदेखि माइतीघर मण्डलामा उत्रेका छन्। आइतबार राप्रपाले पनि माइतिघरमा आन्दोलनको तयारी गरेपछि शिक्षकहरू राप्रपाका प्रदर्शनकारीहरूभन्दा अघि नै माइतिघर पुगेका हुन्। शिक्षकहरू आज बिहान ९ बजेदेखि नै मण्डलामा भेला भइसकेका छन्। नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ। शिक्षकहरू गत चैत्र २० गतेबाट नियमित प्रदर्शनमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्पको निवास घेरे अमेरिकीले, पचासै राज्यमा आन्दोलन

प्रदर्शनकारीले यो आन्दोलनलाई ‘५०५०१’ नाम दिएका छन्। यसको मतलव ५० प्रदर्शन, ५० राज्य र एक आन्दोलन गर्नू भन्ने हो। अमेरिकामा ५० राज्य छन्। ती सबैजसो राज्यहरूमा अहिले ट्रम्प विरुद्ध प्रदर्शन भइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राप्रपा अध्यक्ष लिङ्देन भन्छन्, सरकार नडराए हुन्छ!

आज निषेधित क्षेत्र तोड्ने र परिआए सामूहिक गिरफ्तारी दिनसमेत पछि नपर्ने चेतावनी दिँदै राप्रपाले प्रदर्शन आह्वान गरेको छ।  उसको त्यो चेतावनीलगत्तै गृहमन्त्रालयले कानुनविपरीत नजान भन्दै अर्को चेतावनीयुक्त विज्ञप्ति निकालेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षकहरू बिहानैदेखि सडकमा, गृहको ‘चेतावनी’का वावजुद राप्रपाले निषेधित क्षेत्र तोड्ने

हजारौं शिक्षकले २० दिनदेखि ढाकिरहेको माइतीघर-वानेश्वर सडकमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफ्नो शक्ति प्रदर्शन गर्दैछ। शिक्षकहरूले भने बिहानैदेखि प्रदर्शनमा छन्। राप्रपाले सामूहिक गिरफ्तारी दिनेसम्मको योजना बनाएर निषेधित क्षेत्र तोड्ने भनेर यसअघि नै उद्घोष गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निषेधित क्षेत्र तोड्ने राप्रपाको चेतावनीप्रति गृहमन्त्रालयको गम्भीर ध्यानाकर्षण

राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि वैशाख ७ गते काठमाडौंमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने तयारी गरेपछि गृहमन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ। राप्रपाले भोलि निषेधित क्षेत्र तोड्दै सामूहिक गिरफ्तारी दिने तयारी गरेको छ। आन्दोलनको तयारीबारे छलफल गर्न शुक्रबार मात्र राप्रपा नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लन्च मिटिङ गरेका छन्। यसैबीच गृहमन्त्रालयले राप्रपाको नामबाट भोलि प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राप्रपा नेताहरूसँग पूर्वराजाको लन्च मिटिङ, भोलि सामूहिक गिरफ्तारी दिँदै

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा नेताहरूसँग लन्च मिटिङ गरेका छन्। वैशाख ७ गते हुन लागेको राजावादी आन्दोलनको तयारीबारे छलफलका लागि पूर्वराजाले शुक्रबार लन्च मिटिङ आयोजना गरेको स्रोतले बतायो। राजाको लन्च मिटिङमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङलगायत नेताहरू सहभागी थिए। करिब डेढ घण्टासम्म सघन छलफल भएको बताइएको छ। आइतबार हुन लागेको आन्दोलनका साथै नयाँवर्षको सन्दर्भमा दिएको शुभकामना वक्तव्यपछि बाहिरको माहोल बुझ्न पूर्वराजाले राप्रपा नेताहरूलाई बोलाएका बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि थाइल्याण्ड जाँदै परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा थाइल्याण्डको बैंकक जान लागेकी छन्। यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने ‘युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप)’को ८१ औं सत्रमा सहभागी हुन परराष्ट्रमन्त्री राणा भोलि बैंकक जान लागेकी हुन्। नेपाल हाल यूएनस्केपको अध्यक्ष छ। अध्यक्ष राष्ट्रको हैसियतमा परराष्ट्रमन्त्री राणाले उक्त आयोगको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली र देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरूबीच छलफल भएको हो। उनीहरूबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गुणस्तरहीन रंगशालाः ४ घण्टा कुर्दापनि मैदान नसुकेपछि विश्वकप खेल्ने नेपालको सपना अधुरै

आईसीसी यू-१९ विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गतको नेपाल र अफगानिस्तान बीचको फाइनल खेल रद्ध भएको छ। तल्लो मुलपानी क्रिकेट रंगशालामा आज बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षाको कारण टस नै नगरी रद्द भयो। खेल नै सुरु हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्। फाइनलपछि दुवै टोलीको समान ७/७ अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान विश्वकपमा छनोट हुन सफल भएको छ। यसअघि दुवै टोलीले आफ्नो तीनवटा खेलमा जित निकालेका थिए। आजको फाइनल जितेर विश्वकपमा छनोट हुने नेपालको सपना खराब रंगशालाको कारण अधुरो रह्यो। बिहान ९ बजेबाटै पानी रोकिएपनि खराब मैदानका कारण ४ घण्टासम्म पनि मैदानको पानी सुक्न सकेन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीको दाबीः कांग्रेस-एमालेबीच कुनै समस्या छैन, सरकार ढल्दैन

गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा  उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारेका हुन्। सरकार सहमतिका साथ नै अघि बढिरहेको बताउँदै उनले बताए। उनले भने, ‘साथीहरूले सरकार ढल्छ-ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ।’ पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे। लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यममाथि हुने गरेको विगतमा भोगिसकेको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

माओवादी उपाध्यक्ष बनेका पूर्वउपराष्ट्रपति भन्छन्ः आवश्यक परे राष्ट्रपति बन्न तयार छु

नेकपा माओवादीका उपाध्यक्ष एवम् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले आफू राष्ट्रपति बन्न तयार रहेको अभिव्यक्ति दिएका छन्। शनिबार प्यूठानमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले पार्टीले आवश्यक ठाने आफू राष्ट्रपतिमा बन्न पनि तयार रहेको बताएका हुन्।  उनले आफूलाई पार्टीले खटाएर उपराष्ट्रपति बनेको र कार्यकाल सकिएपछि अहिले पनि पार्टीकै निर्णयले पार्टीको जिम्मेवारीमा फर्किएको बताए। उनले पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कुनै कानुनी र संवैधानिक अड्चन नभएको प्रष्ट पारे। उनले भने,  ‘कानुनले पूर्व राष्ट्रपति, उपराष्ट्रपतिलाई पार्टी जिम्मेवारीमा फर्किन कतै रोकेको छैन, आफ्नो चाहना र पार्टीको आवश्यकता भर पर्ने कुरा हो। संवैधानिक अड्चन भएको भए कसैलाई पार्टीले किन अघि सार्ला र? म राजनीतिक आधारबाट आएको हुँ।’ पुनले पुनले कम्युनिष्ट कार्यकर्ताले आफ्नो अन्तिम लक्ष्य पूरा नभएसम्म पार्टीको जिम्मेवारी लिनुपर्ने अडान राखे। पुनले राजतन्त्रको

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट घरमै

थपलियालाई शुक्रबार आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेका छन्।  बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेका थिए। कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए। थपलिया संविधानको धारा २४५ बमोजिम ०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए। बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रुस-युक्रेन’ युद्धबिरामको प्रयास छोड्ने अमेरिकी संकेत

‘केही दिनमै युद्ध बिराम हुन्छ भन्ने कुनै संकेतहरू देखिएका छैनन्’ उनले भनेका छन् ‘तर हामी चाहन्छौं यो चाँडै होस् र युद्ध समाप्त होस्…।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर-म्याडमहरू अब सडकमा रमिता नदेखाउनुस्- रामकुमारी झाँक्री

‘सर/मेडमहरू अब विद्यालयमा फर्कनुस्। आफ्नो जिम्मेवारी बहन गर्नुस्। सरकार र संसदलाई विश्वास गर्नुस्’ उनले भनेकी छिन् ‘जिम्मेवार नेता साथीहरू! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईंकै खुट्टामा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘देउवा नै प्रधानमन्त्री हुनुपर्थ्यो’, प्रचण्ड भन्छन्- अब यो सरकार आफ्नै बोझले ढल्छ

कपिलवस्तुमा पार्टीको तराई-मधेस जागरण अभियान अन्तर्गत भएको सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यो संख्याको बलमा आफूलाई हटाए पनि ठूलो दलको हैसियतले नेपाली काँग्रेसका सभापति देउवा नै प्रधानमन्त्री हुनुपर्थ्यो भनेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व–पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको शुक्रबार उद्घाटन गरेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘फेसबुक, ट्वीटरले सरकारलाई नै टेरेनन्, अब दर्ता गरेरमात्रै चल्न दिइन्छ’

उनले भने, ‘सामाजिक सञ्जाल विधेयक रोकिएको छ। मेटा, ट्विटर, गुगल,  टिकटकहरुले नेपालको कानुन मान्ने कि नमान्ने, नेपालको संविधान मान्नुपर्छ कि पर्दैन्, दर्ता हुने कि नहुने? उनीहरुको कन्टेनले हाम्रो राष्ट्रिय स्वाधिनताका विरुद्धमा बोल्यो भने समाजमा ठुलो प्रभाव पर्नसक्छन्। त्यसैले तिनीहरूको पनि नियमन हुनुपर्छ। त्यसले प्रेस स्वतन्त्रतालाई खोंस्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

नाच्दै-गाउँदै आन्दोलनमै छन् शिक्षकहरू, १२ कक्षाको परीक्षा सरेको हो?

सरकारले शिक्षा ऐन पारित गर्नकै लागि भनेर वैशाख १२ गते संसदको बैठक बोलाएको छ र शिक्षकहरूलाई घर फर्किन भनेको छ। तर शिक्षकहरूले आफूहरूलाई फेरि झुक्याएर रित्तो हात पठाउने षड्यन्त्रमा लागेको भन्दै ऐन जारी नभएसम्म आन्दोलनमै रहने जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा रातो मछिन्द्रनाथको रथ निर्माणको चटारो (फोटो फिचर)

ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्राको तयारी भइरहेको छ।  पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण हुनका साथै यात्राकाे तयारी भइरहेकाे हाे।  तयार गरिएको रथमा रातो मछिन्द्रनाथको मुर्ति राखेर पूजा गरेपछि औपचारिक रुपमा जात्रा सुरु हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शमशेर धवललाई छाड्ने तयारी

उपचारका लागि भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल समशेर राणालाई प्रहरीले रिहा गर्ने तयारी गरेकाे छ।  गत चैत १५ गतेको आन्दोलन हिंसात्मक र उत्तेजक बनाएको आरोपमा उनी पक्राउ परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं