बुधबार, ०३ सेप्टेम्बर २०२५

युक्रेनले बोलायो ट्रम्पलाई

चुनावी अभियानकै बेला रुस-युक्रेन युद्ध रोक्ने बाचा गरेका ट्रम्पले त्यसपछि पनि लगातार प्रयास गरिरहेका छन्। एक तहसम्म युद्ध रोक्न युक्रेन तयार भए पनि रुस भने असन्तुष्ट छ। रुसलाई फकाउनका लागि ट्रम्पले निरन्तर आफ्ना दूतहरू मस्को पठाइरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

माओवादीको जागरण अभियान पुनः सुरु, पूर्वउपराष्ट्रपति नन्दबहादुर पनि जोडिए

नेकपा (माओवादी केन्द्र)को पूर्व-पश्चिम हुलाकी लोकमार्ग केन्द्रीत ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ नयाँ वर्षको पहिलो दिनबाट पुनः सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको जागरण अभियान टिम सोमबार नवलपुरको गैंडाकोट पुगेका छन्। अभियान टिमलाई गैंडाकोटमा स्वागत गरिएको छ। अध्यक्ष प्रचण्ड लगायतका नेताहरू आज र भोलि नवलपुरका जनतासँग रहेछन्। जागरण अभियानमा आजबाट पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि मिसिएका छन्। उनलाई गतसाता पार्टीको पदाधिकारी बैठकले उपाध्यक्षमा मनोनीत गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

कांग्रेसमा ‘भाइरल’ हुन जेपनि बोल्ने प्रवृत्ति बढ्योः आरजु राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसभित्र आफू भाइरल हुने नाममा अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति बढेको बताएकी छन्। इलामको श्रीअन्तुमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै राणाले नेताहरूको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहसम्मका कार्यकर्ताहरूमा निराशा पैदा गर्ने बताइन्। उनले भनिन्, ‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर, त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो।’ राणाले अरू पार्टीहरू मिसन ०८४ मा लागिसक्दा कांग्रेसका नेताहरू भने आपसी विवादमै रुमलिएको बताइन्। त्यस्तै उनले कांग्रेस सरकारमै हुँदापनि कांग्रेसकै नेताहरूले सरकारको विरोध गरिरहेको भन्दै असन्तुष्टि जनाइन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको दायित्व हो: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। सोमबार नगरकोट भ्रमण वर्ष २०८२ शुभारम्भ समारोहलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नुपर्ने बताएका हुन्। ‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो। आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो। रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औधोगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरुरी छ।’ राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको पनि उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीच ‘पार्टी स्कुल’ व्यवस्थित गर्ने समझदारीपत्रमा हस्ताक्षर

नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पाटी (सीपीसी)बीच पार्टीस्कुल संचालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। चीनको छोङछिङ भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधिमण्डलले आज सीपीसीको छोङछिङ नगर कमिटीसँग पार्टी स्कुल संचालनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको हो। समझदारीपत्रमा माओवादी केन्द्रको तर्फबाट केन्द्रीय सदस्य ओमप्रकाश पुन र सीपीसीको तर्फबाट पार्टीस्कुलका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। माओवादी केन्द्रका सचिव दीनानाथ शर्मा र सीपीसीको नेपाल र भारत हेर्ने अन्तर्राष्ट्रिय ब्यूरो १ का निर्देशक चाङ जुईछिङको उपस्थितिमिा सो हस्ताक्षर भएको हो। समझदारीमा दुवै पक्षले पार्टी निर्माण र राज्यको शासन सञ्चालनमा पारस्परिक सिकाइ र अनुभव आदानप्रदानलाई गहिरो बनाउने प्रतिवद्धता जनाएका छन्। दुवैपक्षले पार्टी निर्माण, र क्याडर प्रशिक्षण जस्ता क्षेत्रमा हालसम्म प्राप्त व्यावहारिक उपलब्धिको माध्यमबाट आ-आफ्ना पार्टीहरूको राम्रो र छिटो विकासलाई प्रवर्द्धन गर्न सहमत भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकार फेरिन लागेको’ प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आइतबार चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति एमालेले खारेज गरेको छ। ज्ञवालीले भने, ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ। यो सरकार बाहिर हुँदाको एक खालको कुण्ठा र पीडाबोध प्रकट हुन्छ। अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ न औचित्य छ। राष्ट्रिय राजनीतिको अरु यावत कुरा छाडेर सरकार परिवर्तनको कुरामात्र गर्नु भनेको सत्तामोह बाहेक अरु केही पनि होइन। त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौं।’ अझै ‘बेटर पर्फर्मेन्स’ का लागि सरकारलाई भनिरहेको भन्दै उनले थपे, ‘केही कमीकमजोरीलाई आधार मानेर कोही व्यवस्था नै पल्टाउन कोसिस गर्ने अर्काथरी सरकार परिवर्तनको ध्यानमा मात्र जाने अस्थिरताका प्रयत्न हुन्। ती गलत छन्। सफल हुँदैनन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाममा चिया टिप्दै १५ देशका राजदूतहरू, ‘पर्यटन दूत’ बन्न परराष्ट्रमन्त्री राणाको आग्रह

नयाँवर्ष २०८२ मनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवासहित करिब १५ देशका राजदूत एवम कुटनीतिज्ञहरु इलाममा छन्। मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गतको ‘डिप्लोम्याटिक रिट्रिट’का लागि उनीहरु यस पटक इलाम पुगेका हुन्। आइतबार इलामको कन्याम पुगेर सांस्कृति पहिरनसहित घोडा सवार गरेका उनीहरु सोमबार अन्तु भ्रमणमा छन् । सोमबार बिहान अन्तुडाँडामा पुगेर सूर्योदय दृश्यावलोकन गरेका उनीले अन्तु पोखरीमा डुंगा सयर पनि गरे। डुंगा सयरपछि चियाबारीमा उत्रिएका उनीहरुले मौलिक पारामा चिया टिपेर मनोरञ्जन समेत लिएका छन् । डाडाँमा चिया टिपेर चोयाको डालोमा लगाएर रमाइलो गरिरहेका उनीहरुले नेपालमा चिया पर्यटनको चर्चा समेत गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसहित सबै राजदूतहरुले चिया बगान छिरेर आधा घन्टासम्म चिया टिपेका थिए । ‘सबै राजदुतहरुले फरक अनुभव लिए । नेपालीहरुले चिया टिप्ने शैली उनीहरुले बुझ्ने मौका पाए । चिया कसरी तयार गरिन्छ भन्ने जानकारी समेत लिए,’सचिव राईले भने ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

शिक्षकहरूको नयाँवर्षः सडकबाटै शुभकामना आदानप्रदान

नयाँ शिक्षा ऐनको माग गर्दै काठमाडौं केन्द्रीत आन्दोलनमा रहेका शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँवर्ष २०८२ सडकमै मनाएका छन्। जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरूले सडकबाटै शुभकामना आदानप्रदान गरेका हुन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तरता दिँदै नयाँ वर्ष सडकमै मनाएका हुन्। नेपाल शिक्षक महासंघले यसपालीको नयाँ वर्ष सडकमा नै मनाउने गरी सर्कुलर गरेको थियो। आन्दोलनमा आएका शिक्षकहरूले प्रदेशस्तरीय अलग-अलग शुभकामना आदनप्रदान कार्यक्रम पनि राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो। ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो। अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्यटन साहित्य महोत्सवः ‘कन्टेन्ट क्रिएटर’मार्फत पर्यटन प्रवर्द्धन गर्ने प्रयास

आन्तरिकसँगै बाह्य पर्यटकलाई आकर्षित गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य एनपी साउदले युवाको सक्रियताले पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न सकिने बताए। ‘लोकप्रिय बनिरहेको ट्रेकिङका लागि अहिले काठमाडौं उपत्यकाका सबैतिर अन्तर्राष्ट्रियस्तरका पदमार्ग छन्, हामीले घुमघाम गर्ने शैलीलाई बढाउनुपर्छ। आफ्नो आन्तरिक पर्यटकीयस्थललाई सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गर्नुपर्छ। त्यसले हामीलाई नयाँ गन्तव्यका बारेमा जानकारी दिन्छ,’ पूर्वमन्त्री साउदले भने। उनले विशेषत सामाजिक सञ्जालमा सक्रिय रहेका ‘कन्टेन्ट क्रिएटर’लाई पर्यटकीय सम्भावना भएका स्थलका विषयमा सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकतान्त्रिक गणतन्त्रको विकल्प ‘अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र’ हो: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तनको संकल्प र प्रतिबद्धता नै नयाँ वर्षको शुभकामना भएको बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिँदै उनले २०८२ साल नयाँ चुनौती र अवसरहरू लिएर हाम्रो सामु उपस्थित भएको बताएका हुन्। उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र हो भन्ने तथ्य स्पष्ट नै छ। नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिन अग्रसर छन्। यही संकल्प र प्रतिबद्धता नै नयाँ वर्ष २०८२ को साँचो अर्थमा शुभकामना हुनेछ ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ वर्षमा पनि रोकिएन शिक्षक आन्दोलन, काठमाडौंको सवारी अस्तव्यस्त

शिक्षक आन्दोलनका कारण सोमबार(आज)पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त भएको छ । सरकारले विगतमा भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलित भएका हुन्। शिक्षक आन्दोलनका कारण काठमाडौंको भद्रकाली, बबरमहल, थापाथली, त्रिपुरेश्वर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वरलगायत ठाउँमा सवारी आवगमन अस्तव्यस्त भएको हो। आन्दोलनका कारण माइतीघरदेखि बानेश्वसम्म सवारी सञ्चालन हुन सकेका छैनन् भने अन्य स्थानमा लामो जाम लागेको छ। जसकारण गन्तव्यमा हिँडेका यात्रुले हैरानी व्यहोर्नु परेको छ। मुख्य सडकमा सवारी आवगमन अवरुद्ध भएपछि नदी करिडोरमा चाप बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजतन्त्र १८ वर्षअघि नै भूत भइसक्यो, अब भविष्य छैनः गोकुल बास्कोटा

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा १८ वर्षअघि नै भूत भइसकेको राजतन्त्रको भविष्य नभएको टिप्पणी गरेका छन्। काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रको भविष्य समाप्त भइसकेको टिप्पणी गरेका हुन्। ‘राजतन्त्रको च्याप्टर आजभन्दा १८ वर्षअघि नै क्लोज भइसक्यो। इतिहासको पांग्रा अब पछाडि फर्किँदैन,’ बास्कोटाले भने, ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१२ देशका राजदूतलाई इलाममा परराष्ट्र मन्त्रालयको ‘डिप्लोम्याटिक रिट्रिट’

नयाँबर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन्। परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन्। उनीहरूले कन्यामको चिया बगानमा जातिय पहिरन लगाएर घोड सवार गरी फोटोहरू खिचेका थिए। त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन्। परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवर्द्धनका लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन्। मन्त्री देउवासहित राजदूतहरूले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे। होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

जिब्रो छेंडेर मनाइने ‘बिस्का’ जात्रा : केही मिथक, केही सत्यांश

एउटा बोडेमा बिस्का जात्राको दिन मनाइन्छ भने अर्को थिमिमा पूर्णिमाका दिन मनाइन्छ। थिमिमा मनाइने जिब्रो छेड्ने जात्रासँग सम्बन्धित जात्राको इतिहासलाई खोतल्ने हो भने जिब्रो छेडिसकेपछि सियोलाई निकालेर बोडेको हकमा गणेश मन्दिरको दलिनमा गएर ठोक्ने गरिन्छ। थिमिको हकमा भने बालकुमारी मन्दिरको थाम र काठको स्टकचरमा लगेर ठोकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षकलाई सडकमै छोडेर भर्ना अभियान सुरु, प्रधानमन्त्रीले के भने?

तर शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारी शिक्षकजति आन्दोलनमा भएका कारण यसपालि यो भर्ना अभियान प्रभावित हुनेछ। लामो समयदेखि शिक्षकहरू आन्दोलनमै रहेपछि सरकारी विद्यालयमा वार्षिक परीक्षाका नतिजासमेत प्रकाशित हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवन पुगेर प्रचण्डले भनेः अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आधारहरू बनेको दाबी गरेका छन्। आइतबार चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा नयाँ वर्षमा नयाँ सरकारको सम्भावना रहेको बताएका हुन्। उनले आफ्नो ध्यान सरकारतिर नभउपनि पछिल्लो राजनीतिक परिस्थितिले त्यतैतिर होहोर्‍याएको बताए। प्रचण्डले भने, ‘हाम्रो ध्यान सरकारतिर त्यति छैन। तर यो सरकार धेरै अगाडि जान सहज नभएको परिस्थिति देखिराख्या छ। त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ।’ उनले आफूले पहिलेदेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै आएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘राजा’काे सन्देश: तीनकुने घटनामा दुःखी, जनता जागेकाेमा ‘खुसी’

उनले भनेका छन्, ‘केही दिनअघिको जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जुनप्रकारको मानवीय र भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो।’ उनले सबै नेपालीहरूलाई एकतावद्ध हुन आह्वानसमेत गरेका छन्। उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद नहुने बताए। उनले भनेका छन्, ‘हाम्राे आह्वान कसैकाे निजी स्वार्थपूर्तिका लागि हाेइन। कुनै सैद्धान्तिक वाद र विचारकाे हाेइन। समग्र नेपाल र नेपालीकाे सुखमय प्रतिष्ठाकाे निम्ति हाे। हरेक समस्याकाे समाधान आसपी सहकार्य, समन्वयबाट हुन्छ।’ पूर्वराजाले राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमाेजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाकाे परम्परामा आफ्नो मान्यतामा सधैं अडिग रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने आधार, प्रमाण र कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। उक्त प्रतिवेदन प्राप्त भएपछि मात्र सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा आदेश बदर गर्ने भन्ने आदेश दिनेछ। सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । रवि पत्नी निकिता पौडेलले पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा चैत २९ गते ‘थुनुवा दफा ७३’ निवदेन दायर गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकको माग तत्काल पूरा गर्न सरकारको ध्यान जानुपर्छः देउवा

उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैले कुरा गरेको छु। छिट्टै मिलाएर आन्दोलनलाई रोक्नुपर्छ। शिक्षकहरूको माग के हो? त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ।’ यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए। उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ। यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ। त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो। यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ। यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं