
गृह मन्त्रालयले भन्याे- फागुन १ गते सार्वजनिक बिदा दिइएकाे छैन
१ फागुनको सार्वजनिक बिदाबारे आममानिसमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले उक्त दिनको बिदा कायम नरहेको स्पष्ट पारेको छ। सरकारले १ फागुनमा जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वाेच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो।

बिएल संवाददाता - काठमाडौं