शनिबार, १३ सेप्टेम्बर २०२५

घोडा प्रजनन केन्द्र स्थानान्तरण गर्ने तयारी

भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ। लामो समयको गृहकार्यपछि उपयुक्त विकल्पको रूपमा केन्द्र स्थानान्तरण गर्न लागिएको हो। विमानस्थलको धावन मार्ग छोटो हुँदा साना जहाज मात्रै दिउँसोमा सञ्चालन हुँदै आएका छन्। केही वर्षभित्रमै साना जहाज पुराना भएसँगै यहाँ सञ्चालन हुने जहाज नपाउने र अहिलेको उडान जोखिम भएपछि विमानस्थल विस्तार गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

आजदेखि स्वस्थानी व्रतकथा सुरू

आज पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण रोकियो

म्याग्दीको मालिका गाउँपालिकामा निर्माणधीन दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ। धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैरआवासीय नेपालीको लगानीमा निर्माण गर्न सुरु गरेको २५ मेगावाट क्षमताको सो आयोजनाको सुरुङ खन्ने काम तीन महिनादेखि रोकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

आज राष्ट्रियसभा सदस्यका लागि निर्वाचन

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन हँुदैछ। कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रुसद्वारा सेनाको आलोचना गर्नेहरूको सम्पत्ति जफत गर्ने कदम सुरु

सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेलगत्तै मस्कोले आफ्नो सेनाको अपमानलाई अवैध बनाएको छ र त्यसयता द्वन्द्वका हजारौँ विरोधीलाई हिरासतमा राखेको छ। तल्लो सदन स्टेट ड्युमाले आफ्नो पहिलो वाचनमा पारित पछिल्लो उपायले असहमतिलाई अझ कठोर बनाएको छ र मुलुक छाडेर भागेका रुसीहरूलाई असर गर्नसक्छ।

बिएल संवाददाता

बिएल संवाददाता - मस्को

पाकिस्तानद्वारा नेपाल पराजित

केहीबेर अघि सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो। जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धनाथलाई

कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भीमदत्त नगरपालिका स्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सिद्धनाथ अमर माध्यमिक विद्यालय गड्डाचौकीले जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारको व्यस्तता

जिल्लामा सरस्वती पूजा नजिक आएसँगै मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। यहाँका मूर्तिकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए। यहाँका विद्यार्थी र शिक्षकले मनाउने विशेष उत्सवका रुपमा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इनरुवा

राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको  मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्। अखिल नेपाल फुटबल सघ (एन्फा)ले बुधबार तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चिसो छल्न मुस्ताङका विद्यार्थीलाई तनहुँमा ल्याइयाे

मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन्। उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दमौली

‘सूदखोर’का २३ हजार फाइल सरकारी लकरमा, पीडितहरू फेरि सडकमा 

न्याय मार्च गर्दै काठमाडौँमा आन्दोलन गर्न आउन लागेको टोलीको ६ बुँदे माग रहेको छ। जसमा मिटर ब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखतहरु अवैध घोषणा गर्नुपर्ने, जुनसुकै तहमा भएको पीडितको सम्पत्तिको हक हस्तनान्तरण बदर गर्नुपर्ने, मिटर ब्याज अपराध सम्बन्धि शक्तिशाली कानुन निर्माण गरी पुर्णाधिकार सहितको अधिकार सम्पन्न न्यायीक आयोगको गठन गर्नुपर्नेलगायत माग रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन गर्नु परेकाे हाे: देउवा

काँग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - वालिङ

काठमाडाैँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार, आजबाट पद बहाली

माघ ३ गतेको मन्त्री परिषदको निर्णयअनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आएका हुन्। यही निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी मधेशी आयोगमा सरुवा भएर गएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

राष्ट्रियसभा निर्वाचन: माैन अवधिमा प्रचारप्रसार गरिएकाे भन्दै मोरङका सीडीओसँग प्रतिवेदन माग

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ९५० विपरीतको कार्य भएको हो वा होइन रु सत्यतथ्य बुझी प्रतिवेदन दिन भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सातै प्रदेशका अस्पतालमा चिकित्सा शिक्षा अध्यापन हुने

‘आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुन्छ। सरकारको निर्णय छिटो कार्यान्वयनमा ल्याउन मन्त्रालयले तयारी गरिरहेको छ’, उनले भने, ‘यस अस्पतालले पनि आवश्यक जनशक्ति उत्पादनको तयारी गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यू-१९ विश्वकप: नेपालले पाकिस्तानलाई दिया १९८ को लक्ष्य

बुधबार दक्षिण अफ्रिकाको इष्ट लन्ड बुफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १९७ रन बनायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति पौडेलद्वारा माघ २२ गते दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दिन ४ बजे सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युक्रेनी सिमानामा रुसको सैनिक जहाज खस्यो, ६५ जना युद्धबन्दीको मृत्यु

युक्रेनसँग जोडिएको सिमाना नजिकै रुसको एउटा विमान दुर्घटना भएको छ। यो जहाज दुर्घटनामा सबै यात्रुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं