नेपाल–अमेरिका फिल्म फेस्टिभल सुरु
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७ औं संस्करण सुरु भएको छ। अमेरिकाको मेरिल्यान्ड राज्यस्थित एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानक ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै सुरु महोत्सवको औपचारिक सुरुवात भयो। नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले महोत्सव उद्घाटन गरिन्।
बिएल संवाददाता - काठमाडाैँ