सोमबार, ११ अगस्ट २०२५

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन: ३५ जनाको मृत्यु, देशभर कर्फ्यू

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ। तर, शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

भाइरल झरनामा रिल बनाउँदा चिप्लिएर युवतीको मृत्यु

मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन्। इन्स्टाग्राम रिल बनाउने क्रममा झरनानजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

स्थानीय मिडियाहरुले सयौं मानिस घाइते भएको र आन्दोलन र हिंसा निरन्तर बढ्दै गएको बताएका छन्। प्रदर्शन हिंसात्मक हुँदै गएपछि बंगलादेशका धेरै ठाउँमा इन्टरनेट सेवा बन्द गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार वर्ष कान्छाे केटासँग बिहे गरेकी दुबईकी राजकुमारीले गरिन् डिभोर्स

गत वर्ष विवाह गरेकी महराले यसै वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन्। शेखा महराको जन्म सन् १९९४मा भएको थियो। ३० वर्षीया शेखा महराले आफूभन्दा चार वर्ष कान्छो शेख मानासँग २०२३को मे महिनामा विवाह गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इरानद्वारा ट्रम्प हत्याको षड्यन्त्रमा संलग्न रहेको आरोप अस्वीकार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ। अमेरिकी अधिकारीहरूले पूर्व राष्ट्रपति विरुद्ध कथित इरानी षड्यन्त्रबारे केही हप्ताअघि मानव स्रोतबाट गुप्त सूचना प्राप्त गरेको सिएनएनले मङ्गलबार जनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

बैंककको होटलमा ६ जना मृत फेला, विष खुवाइएकाे अनुमान

मिडिया रिपोर्टकाअनुसार मृतकमध्ये केही भियतनामी-अमेरिकी थिए। प्रहरीले ती व्यक्तिलाई विष खुवाएको हुनसक्ने बताएको छ। तर, पनि विष सेवनको कुरा भने पुष्टि हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - थाइल्याण्ड

प्रचण्डले विश्वासकाे मत नपाए देउवा प्रधानमन्त्री

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले असार २८ गते विश्वासको मत प्राप्त गर्ने दाबी गर्दै प्रधानमन्त्रीले विश्वासको मत नपाएमा संविधानको धारा ७६को उपधारा ३ अनुसारकै सरकार बन्ने निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाजाको दुःस्वप्न

गाजाका बहुसंख्यक मानिसहरूलाई खाना, पानी, औषधिसहित जीवनका आधारभूत कुराहरूको अभाव छ। उनीहरूले शौचालयको लागि आफ्नो पाल नजिकै खाडल खन्ने चलन बढ्दै गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

दश वर्षपछि भारतीय संसदको दृश्य बदलेको ‘प्रतिपक्ष’ छाया

अब सरकारका महत्वपूर्ण अंग मानिने संवैधानिक पदहरूको नियुक्तिमा राहुल पनि साक्षी हुनेछन्। यसको मतलब मोदीको ‘मोदी’को मनोमानीमा अब राहुल केही हदसम्म ‘अंकुश’ बन्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

केजरीवाल जुलाई १२ सम्म न्यायिक हिरासतमा

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको राउज एभिन्यू अदालतले जुलाई १२ सम्म न्यायिक हिरासतमा पठाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘पानी नपाएर छट्पटिँदैछन्’ गाजाका नानीबाबुहरू

दक्षिण गाजाको खान यूनिसमा रहेको अस्पतालको शय्यामा अर्धचेतन अवस्थामा रहेका ९ वर्षका युनिश जुमाको शरीरको बनोट हेर्न कठिन भएको बीबीसीले जनाएकाे छ। युनिश का हात र खुट्टा सलाईका काँटीजस्ता बनेका छन् भने घुँडाको जोर्नी सुन्निएको जस्तो देखिन्छ। उनको छाती करङसँग टिमिक्क टाँसिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

बंगलादेश र भारतबीच के–के सम्झौता भयाे?

दुई नेताबीच भएको भेटबारे जानकारी दिँदै भारतका विदेश सचिव विनय क्वात्राले दुई नेताबीच द्विपक्षीय सम्बन्धका धेरै पक्षमा छलफल भएको जानकारी दिए। यसका साथै भारत र बंगलादेशका नेताहरुबीच क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो। क्वात्राले भने, 'दुवै नेताले हाम्रो द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप सुदृढ र नयाँ दिशा दिन सहमत भएका छन्।'

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

शासककाे सान

हालै पुटिनले उत्तर कोरियामा गरेको भ्रमणका अवसरमा आफै गाडी चलाएको भिडियो र तस्बीर भाइरल भएका हुन्। पुटिन र किमले यस भ्रमणका क्रममा पालै पालो गाडी चलाएको तस्बीरहरुमा देख्न सकिन्छ। पुटिनले गाडी चलाउदा किम नजिकैको अगाडिको सिटमा बसेर कुरा गरिरहेको देख्न सकिन्छ भने किमले गाडी चलाउदा पुटिन अगाडिको सिटमा बसेको र दुवै जना हाँस्दै कुरा गरिरहेको देख्न सकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

के हाे थाइल्यान्डको चामल काण्ड?

यो नियमित रूपमा हुने खालको घटना होइन। उक्त चामल १० वर्षदेखि भण्डारण गरिएको थियो र सरकारले एउटा विवादास्पद कार्यक्रमअन्तर्गत बजार मूल्य भन्दा धेरै रकम तिरेर त्यसलाई खरिद गरेको बीबीसीले जनाएकाे छ। पूर्वप्रधानमन्त्री यिङलक चिनावातले सन् २०११ मा त्यसलाई कार्यान्वयनमा ल्याएकी थिइन्। त्यसबेला थाइल्यान्डले ५४ टन चामल कृषकहरूबाट खरिद गरेको थियो। कृषकलाई संस्थापनको मुख्य राजनीतिक समर्थनको आधार ठान्ने गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बैंकक, थाइल्यान्ड

६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो

अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्‍याउन बनाएको अस्थायी तटबन्ध पुनः स्थापित गरेका छन्। त्यहाँबाट राहत सामग्री ल्याउने काम सुचारु भएको छ। सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही तटबन्ध हुँदै गाजा पुर्‍याएको छ। यो एकै दिनको अवधिमा तटबन्धबाट गाजा भित्रिएको राहत सामग्रीको अहिलेसम्मकै ठुलो परिमाण हो।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

केजरीवाललाई जमानतमा छोड्न अदालतको आदेश

दिल्लीको रक्सी नीति घोटालाको मनी लान्ड्रिङ मुद्दामा अदालतले जमानत दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। अदालतको यो आदेशपछि उनी शुक्रबार जेलबाट बाहिर आउन सक्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

उत्तरी भारतमा गर्मीका कारण विद्युत्को माग उच्च

उत्तर भारतमा प्रचण्ड गर्मीका कारण विद्युत्को माग रेकर्ड उचाइमा पुगेको सरकारले मङ्गलबार बताएको छ। साथै राजधानी नयाँदिल्लीका बासिन्दाले पानीको अभावसँग सङ्घर्ष गरिरहेका छन्। उत्तरी भारतका अधिकांश भाग महिनाभर चल्ने लामो लूले ग्रसित छ। यहाँ नियमितरूपमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि गइरहेको छ। “उत्तरी भारतले मे १७ देखि प्रचलित गर्मीको लहरका कारण उच्च मागको अवस्था अनुभव गरिरहेको छ”, विद्युत् मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ। मन्त्रालयले छिमेकी क्षेत्रहरूबाट उत्तरी भारतलाई २५ देखि ३० प्रतिशत थप विद्युत् आयात गर्न बाध्य बनाएको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भारत

कार चलाएर ‘रिल’ बनाइरहेकी युवतीको मृत्यु

उनी सुलिभञ्जनस्थित दत्त मन्दिर नजिकैको पहाडमा डाइभिङ सिकिरहेकी थिइन्। उनका २५ वर्षीय साथी सुरज सञ्जाउ मुलेले मोबाइल फोनमार्फत् भिडियो ‘रिल’ बनाइरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

भारतमा मालबहाक रेल र यात्रु बाहक रेल आपसमा ठोक्किँदा ८ जनाकाे मृत्यु

एक मालबाहक रेलका चालकले सङ्केतलाई गलतरूपमा बुझ्दा ‘एक्सप्रेस रेल’ को पछाडिको भागमा ठोक्किएको तथा आठ जनाको मृत्यु भएको प्रहरी र रेलवे अधिकारीले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - कलकत्ता

भारी वर्षाका कारण दक्षिण चीन क्षेत्रका २२ नदीमा बाढी

गुआङ्सीका २२ नदीमा कूल ३० जलविद्युत् स्टेशनहरूले चेतावनी स्तरभन्दा शून्य दशमलव शून्य तीन मिटर र दुई दशमलव ६३ मिटरको बीचमा पानीको स्तर रहेको केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं