
महाकुम्भ मेलामा भागदौड मच्चियो, दर्जनौंको हताहत भएको आशंका
बीबीसीका अनुसार कुम्भ मेलाका आगन्तुक रोक्ने साइडबार भत्किएपछि भागदौड भएको अनुमान गरिएको छ। भारत सरकारले घटनाबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन। मृतकको संख्या पनि यकिन छैन। बीबीसीले नदी किनारमा तिर्थालुका कयौं जुत्ता चप्पल तथा कपडाहरू यत्रतत्र बेवारिसे हालतमा छरिएकोले मृतकको संख्या धेरै हुनसक्ने जनाएको छ।

बिएल संवाददाता - भारत