बुधबार, १३ अगस्ट २०२५

'रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो'

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले “महत्त्वपूर्ण पूर्वाधार“ लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - किभ

भारतमा बस दुर्घटना, छ जना स्कुले बालबालिकाको मृत्यु

भारतको हिमाचल प्रदेशको पहाडी दुर्गम क्षेत्रमा शनिबार एक बस खोँचमा झर्दा छ जना स्कुले बालबालिकासहित बसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सिमला

‘हेपाटाइटिस भाइरसबाट दैनिक साढे तीन हजार जनाको ज्यान गइरहेको छ’

  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु

मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको मृत्यु भएको सरकारी रेडियो मोजाम्बिक (आरएम) ले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मापुतो

दक्षिणी गाजाबाट इजरायली सैनिक फिर्ता हुने

इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नाहल नामक ब्रिगेडले मध्य क्षेत्रबाट गाजालाई हेर्दछ र गाजाको दक्षिणबाट उत्तरमा नागरिकहरूको फिर्तीलाई रोक्दछ।

बिएल संवाददाता

बिएल संवाददाता - जेरुसेलम

सुडानमा विद्रोहीकोे आक्रमणमा २० जनाको मृत्यु

सुडानको राजधानी खार्तूमबाट दक्षिणमा रहेको एक गाउँमा भएको आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारकर्मीको समितिले आइतबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुडान

दक्षिण चीनमा डुङ्गा डुब्दा आठ जना बेपत्ता

दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले आइतबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सान्या

इरानमा आइएस समूहका तीन संदिग्ध जिहादी पक्राउ

इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - इरान

पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तको सङ्घर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्युजले जनाएको छ।  सङ्घर नजिकैको एक गाउँमा हाते पम्पबाट तानिएको दूषित पानी सेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँचजना बालबालिकाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

अस्पतालबाट बच्चा चोर्ने गिरोह पक्राउ, ३ नवजात शिशुको उद्दार

अनुसन्धान एजेन्सीले शुक्रबार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस क्रममा दिल्लीको केशवपुरमको एउटा घरबाट तीन नवजात शिशुको उद्धार गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

‘वोरिङ’को पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

सङ्घरका उपायुक्तले सङ्घरको नजिकैको हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका पाँच जना बालबालिकाको मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनायो

चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक (सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ

चीनको नर्सिङ होममा आगलागी, तीनको मृत्यु, दश घाइते

दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ग्वान्झाओ

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प

ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान गएको भूकम्पको केन्द्र हुलियन सहरबाट १८ किलोमिटर दक्षिणमा रहेको छ।  ताइवानको धेरै पहाडी भित्री भागमा, सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूले भूकम्पले ठुलो भूस्खलन भएकाे देखाउँछ। भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ। भूकम्पले पुर्‍याएको क्षतिको विवरण आउन भने बाँकी छ। यद्यपि, थुप्रै घरमा क्षति भएको जानकारी ताइवानको रक्षा मन्त्रालयले दिएको छ। सरकारले राहत र क्षति न्यूनीकरण गर्न सैन्य फौज पठाइएको मन्त्रालयले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ताइवान

कजाकस्तानमा बाढीबाट प्रभावित १६ हजारको उद्धार

तीन दशकयता आएको सबैभन्दा भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको कजाकस्तानले मङ्गलबार बताएको छ। मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ। कजाकस्तानको आपत्कालीन स्थिति मन्त्रालयले टेलिग्राममा एक पोस्टमा भनेको छ, 'उद्धार कार्य जारी छ। छ हजार बालबालिकासहित करिब १६ हजार मानिसलाई पहिला नै निकालिएको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - अल्माटी

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो

इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गाजा

उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कँदै

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन्। भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - चीन

मङ्गोलियामा नौ प्रतिशतभन्दा बढी चौपायाको चिसोबाट मृत्यु

मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - उलान बटोर

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरू गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएको इजरायली रक्षा बल (आइडिएफ)ले बिहीबार जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इजरायल