
६ हजार टनभन्दा बढी राहत सामग्री गाजा पुग्यो
अमेरिकी सेनाले गाजाको तटमा सहायता पुर्याउन बनाएको अस्थायी तटबन्ध पुनः स्थापित गरेका छन्। त्यहाँबाट राहत सामग्री ल्याउने काम सुचारु भएको छ। सेनाका अनुसार बिहीबार ६ हजार टनभन्दा बढी राहत सामग्री यही तटबन्ध हुँदै गाजा पुर्याएको छ। यो एकै दिनको अवधिमा तटबन्धबाट गाजा भित्रिएको राहत सामग्रीको अहिलेसम्मकै ठुलो परिमाण हो।

बिएल संवाददाता - गाजा