गोलबजारमा महिलाको शव फेला, हत्याको आशंका
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ।
बिएल संवाददाता - सिरहा
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ।
बिएल संवाददाता - सिरहा
आकर्षक प्याकेजिङ, लोभलाग्दो विज्ञापन र मिठो स्वादका कारण विशेषगरी युवा तथा बालबालिकाहरुले अत्याधिक रुपमा यसको प्रयोग गर्दै आएका छन्। तर, यी पेय पदार्थले स्वास्थ्यमा पार्ने असरबारे उपभोक्ता अझै पर्याप्त सचेत देखिँदैनन्। यहीबीच बजारमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’ नामक नयाँ पेय पदार्थ भित्रीएको छ। आकर्षक विज्ञापन र आक्रामक प्रचारका कारण छोटो समयमै यसको विक्रीदर उल्लेख्य रूपमा बढेको छ। तर, चिकित्सकहरूले भने यसको नियमित सेवनले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्
बिएल संवाददाता - काठमाडौं
नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको छ।
बिएल संवाददाता - काठमाडौं
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
रुसका पूर्व यातायातमन्त्री रोमन स्टारोभोइट मृत अवस्थामा फेला परेका छन्। सोमबार राष्ट्रपति भ्लादिमीर पुटिनले मन्त्री पदबाट बर्खास्त गरेको केही घण्टामै स्टारोभोइट मृत फेला परेका हुन्। रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकैको ओडिन्टसोभो क्षेत्रमा एउटा कारभित्र मृत फेला परेका हुन्।
बिएल संवाददाता - मस्को
इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरूको खोजीकार्य जारी छ। दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए। बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ।
एजेन्सी - जकार्ता
नेपाल र नेपाली उत्पादन, भेसभुषा, कला र संस्कृति समेटेर एकै थलोमा जुन २९ आइतबार साँझ बृहत् प्रदर्शनी एवं पहिलोपटक अमेरीकामा नेपाली बृहत् फेसन मेलाको आयोजना ऐतिहासिक रुपमा सम्पन्न भएको छ।
बिएल संवाददाता - न्युयोर्क
अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूलाई निशाना बनाएर गरेको आक्रमणको अमेरिका भित्रै विरोध सुरु भएको छ। इजरायल-इरान युद्धमा अमेरिका प्रवेश गरेको छ। आइतबार अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूमा आक्रमण गरेको अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
बिएल संवाददाता - वासिङ्टन डिसी
इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। जुलाई डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएट न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३.०७ अमेरिकी डलर वा ४.२८ प्रतिशतले बढेर प्रति ब्यारेल ७४.८४ डलरमा स्थिर भएको छ। यसैबीच, अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा ३.२२ डलर वा ४.४ प्रतिशतले बढेर ७६.४५ डलर प्रति ब्यारेलमा स्थिर भएको छ।
बिएल संवाददाता - काठमाडौं
जारी तनावका बीच इरानले इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ। गएराति इरानले उत्तरी इसराइलको हाइफा बेमा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ। तेल प्रशोधन केन्द्रको हमलाका भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल छन्।
बिएल संवाददाता - काठमाडौं
इजरायलले गरेको सैन्य कारबाहीमा तेहरानको आवासीय क्षेत्रमा ठूलो मात्रामा क्षति भएको इरानको परराष्ट्र मन्त्रालयले जनाएको छ। इजरायली आक्रमणमा इरानको परराष्ट्र मन्त्रालयको भवनमा समेत क्षति छ। रानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि आक्रमणको पुष्टि गरेका छन्। तर भवनमा सामान्य क्षति पुगेको र कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा पाइलट सुमित सभरवालले एटीसीलाई पठाएको अन्तिम कल बाहिरिएको छ। भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनाको अन्तिम समयमा पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पठाएको ४-५ सेकेन्डको सन्देशमा विमानले थ्रस्ट नपाइरहेको र विमान उठ्न नसकेको जानकारी गराउँदै अब आफूहरू नबाँच्ने संकेत गरेका थिए।
बिएल संवाददाता - अहमदावाद
भारतको गुजरातस्थित अहमदाबादमा भएको एअर इण्डियाको विमान दुर्घटनामा एक यात्रुको सकुशल उद्दार गरिएको छ। भारतीय टेलिभिजन आजतकका अनुसार दुर्घटनामा विमानमा सवार एक भारतीय मुलका ब्रिटिश नागरिकको सकुशल उद्दार गरिएको भारतीय प्रहरीले जनाएको छ। दुर्घटनामा बाँच्न सफल यात्रुमध्ये एकजना भारतीय मुलका ब्रिटिश नागरिक रमेश विश्वासकुमार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको अस्पतालनमा उपचार भइरहेको छ।
बिएल संवाददाता - अहमदावाद
भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको स्थानबाट १०० बढी शव निकालिएको भाष्कर डटकमले जनाएको छ। २३० यात्रु र चालकदलका १२ सहित २४३ यात्रु बोकेर अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा बोइङ ७८७-८ ड्रिमलाइनर विमान उड्नेबित्तिकै क्र्यास भएको थियो।
बिएल संवाददाता - अहमदावाद
भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटनाग्रस्त भएको छ। २४३ यात्रु बोकेर अहमदाबादबाट लण्डनका लागि उड्ने क्रममा बोइङ ७८७-८ ड्रिमलाइनर विमान उड्नेबित्तिकै क्यास भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बिएल संवाददाता - अहमदावाद
गाजामा अत्याचार गरिरहेको भन्दै जर्मनीका विदेशमन्त्रीले इजरायलविरुद्ध विशेष कदम चाल्ने चेतावनी दिएका छन्। विदेशमन्त्री जोहान वाडेफुलले प्रसारक डब्ल्यूडीआरलाई दिएको अन्तर्वार्तामा इजरायलको ठूला हवाई आक्रमणहरूका कारण खाद्यान्न तथा औषधिको अभावले गाजाको अवस्थालाई असह्य बनाएको भन्दै जर्मनीले इजरायललाई दिने ऐतिहासिक समर्थनलाई हतियारको रूपमा प्रयोग नगर्न चेतावनी दिएका हुन्। उनले गाजामा मानवीय कानुन उल्लंघन गर्न प्रयोग हुने हतियार निर्यात नगर्ने पनि बताए।
बिएल संवाददाता - काठमाडौं
इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान गएको छ। आक्रमणबाट दर्जनौँ घाइते भएका छन्। पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो। गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ। पछिल्लो १० सातामा त्यहाँ खानेपानी, औषधि र अस्थायी टेन्टको पनि व्यवस्था छैन। संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
इजरायली रक्षामन्त्री काट्जले इरानलाई पनि हमासको अवस्थामा पुर्याउने चेतावनी दिएका छन्। इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा गरेको आक्रमणको केही दिनपछि इजरायलको यस्तो चेतावनी आएको हो। ‘म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु, अब छद्म प्रणाली समाप्त भएको र दुष्टताको धुरी ध्यस्त भएको छ इजरायलले हतियार बनाउने, शोषण गर्ने र हुथी आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गर्ने जो कोहीविरूद्ध कारबाहीमा उत्रनेछ,’ काट्जले एक विज्ञप्तिमार्फत भनेका छन्। उनले थपेका छन्, ‘तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ। बेरुतको हिजबुल्लाह, गाजाको हमास, दमास्कसमा अहिले अपदस्थ सिरियाली राष्ट्रपति बशर अल असदलाई हामीले जे गरेका छौँ, तेहरानमा पनि त्यस्तै हुनेछ।’ हुथी विद्रोहीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा इजरायलविरुद्ध अभियान सञ्चालन गर्ने क्रममा आइतबार तेल अभिभ नजिकै रहेको इजरायलको मुख्य विमानस्थलमा आक्रमण गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी विदेश मन्त्रालयले भारत-पाकिस्तान सीमा नजिकका क्षेत्रहरू र नियन्त्रण रेखा नजिकका स्थानहरूमा यात्रा नगर्न आफ्ना नागरिकहरूलाई निर्देशन जारी गरेको छ। सीमा क्षेत्रमा आतङ्कवाद र सशस्त्र द्वन्द्वको सम्भावनाका कारण यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको हो। साथै, मन्त्रालयले पाकिस्तानको अन्य क्षेत्रहरूमा पनि यात्रा पूनर्विचार गर्न आग्रह गर्दै ‘रिकन्सिडर ट्राभल’ सल्लाह दिएको छ। भरत-पाकिस्तान ‘ड्रोन र मिसाइल’ युद्ध चलिरहँदा पाकिस्तानमा रहेको अमेरिकी दूतावासले पाकिस्तानमा रहेका आफ्ना नागरिकलाई र पाकिस्तान यात्रा गर्न चाहने यात्रुहरूलाई यात्रा पुनर्विचार गर्न बिहीबार ट्राभल एडभाइजरी जारी गरेको हो। दूतावासले पाकिस्तान र भारतबीचको अवस्था परिवर्तनशील भइरहेकाले यसको विकासक्रमलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै यस्तो सूचना जारी गरेको हो।
बिएल संवाददाता - इस्लामावाद
पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले बुधबार देशको शीर्ष राष्ट्रिय सुरक्षा निकायले आफ्नो सशस्त्र सेनालाई पाकिस्तानी भूभागमा भएको भारतीय आक्रमणको प्रतिक्रियामा ‘सोही प्रकृतीको कारबाही’ गर्ने अधिकार दिएको बताएका छन्। प्रधानमन्त्री शरिफले राष्ट्रिय सुरक्षा समितिको बैठकको अध्यक्षता गरेपछि एक विज्ञप्ति जारी गर्दै उनको सचिवालयले भनेको छ, ‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा सम्बन्धित कारबाही गर्न विधिवत रूपमा अधिकार दिइएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको बडापत्रको धारा-५१ अनुसार, पाकिस्तानले निर्दोष पाकिस्तानी जीवनको क्षति र आफ्नो सार्वभौमसत्ताको स्पष्ट उल्लङ्घनको बदला लिन आफ्नो रोजाइको समय, स्थान र तरिकामा आत्मरक्षामा प्रतिक्रिया दिने अधिकार सुरक्षित राख्छ।’
बिएल संवाददाता - इस्लामावाद