म्यानमार भूकम्पः मृत्यु हुनेको संख्या ३ हजार ६ सय नाघ्यो
म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ हजार ६०० पुगेको छ। भूकम्पमा परी ५ हजार १७ जना घाइते भएका छन्। भग्नावशेषमा पुरिएका १६० जना अझै बेपत्ता छन्। म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ। मार्च २८ मा स्थानीय समयअनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्यान्डमा पनि महसुस गरिएको थियो।
बिएल संवाददाता - म्यान्मार