
गभर्नर बन्ने पक्का भएपछि गुणाकरले दिए राजीनामा
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। गभर्नर नियुक्ति हुने निश्चित भएसँगै उनले शुक्रबार बिहान राजीनामा बुझाएका हुन्। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउने सहमति जुटिसकेको छ।

बिएल संवाददाता - काठमाडाैं