युक्रेन नेटोमा सामेल हुनेछैन, ट्रम्पले शर्त राखे ‘क्राइमिया पनि रुसकै हुनेछ’
‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहे भने रुससँगको युद्ध तत्कालै समाप्त गर्न सकिन्छ। अब जेलेन्स्कीमाथि नै निर्भर छ कि युद्ध समाप्त हुन्छ वा लडाईं जारी रहन्छ’ ट्रम्पले भनेका छन् ‘एकपटक याद गरौं, यो युद्ध कसरी सुरुवात भएको थियो। ओबामाले दिएको क्राइमिया अब युक्रेनले पाउने छैन। र युक्रेन नेटोमा पनि सामेल हुन पाउनेछैन। कतिपय कुराहरू कहिल्यै परिवर्तन हुँदैनन्।’ बिनायुद्ध ओबामाको पालामा क्राइमिया रुसमा गाभिएको थियो।
बिएल संवाददाता - काठमाडाैं