सुन पसल चोरी गर्ने योजना बनाएका ४ जना पक्राउ
लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी)मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ। लहान नगरपालिका–७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका–८ बस्ने अन्दाजी ४५ बर्षका ईन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका–२२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बिएल संवाददाता - सिरहा