मङ्गलबार, ०५ अगस्ट २०२५

‘बोलाइन् राइस कुकर बनाउँन, फसाइन् हनी ट्र्यापमा’

कोठामा आएपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनिदिन्छु भन्दै धाक धम्की, डर र त्रास देखाइ रकम असुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। अस्मिताले पीडित युवकसँग १० लाख रुपैयाँ माग गरेकी थिइन्। जसमध्ये तीन लाखको चेकसमेत लिएकी थिइन् भने बाँकी सात लाख एकहप्ताभित्र बुझाउन सहमति गराएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोटीहोमका लागि चौताराका बर-पिपल मुडुलै पारेपछि…

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम गर्न कोही कसैले महानगरबाट स्वीकृति नलिएको जानकारी दिंदै स्वीकृत नलिएको अवस्थामा कोटीहोम गर्ने नदिने स्पष्ट पारेका छन्। उनले अनधिकृत रुपमा बरपिपलका रुख काट्नेलाई कानूनको दायरामा ल्याइने बताए। पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले मानव सेवा फाउन्डेशनले महानगरसँग स्वीकृति नलिई पोखरा १४, १३ र ६ मा बरपिपलका रुख काटेर थुपारेकाले जफत गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

सुन पसल चोरी गर्ने योजना बनाएका ४ जना पक्राउ

लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी)मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ।   लहान नगरपालिका–७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका–८ बस्ने अन्दाजी ४५ बर्षका ईन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका–२२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सिरहा

सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो। मूर्ति सेलाउने क्रममा नदीमा डुबेका यादवको मंगलबार रातिसम्म र पुनः बुधबार बिहान खोजी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। यादवको शव आज बिहान डुबेकै स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ। मृतकको शवलाई पोष्टमार्टमपछि परिवारजनको जिम्मा लगाइएको रौतहट प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा लागूऔषधसहित २ भारतीय पक्राउ

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले कुमरखोदबाट सुरूङगातर्फ आउँदै गरेको बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल नरोकी भाग्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अन्जार घाइते भएका छन्। घाइते भएका अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसमः हिमाली क्षेत्रमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। कोशी प्रदेश,मधेस प्रदेशमा दिउँसो आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरमा प्रारम्भिक बाल विकास कक्षाः एकै दिन ९७१ जना भर्ना

काठमाडौँ महानगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुमा एकै दिन ९७१ जना बालबालिका प्रारम्भिक बाल विकास कक्षामा भर्ना भएका छन्। माघ २१ गते मनाइएको सरस्वती पूजाका दिन विशेष अवसरमा बालबालिका भर्ना भएका हुन्।  यसरी भर्ना हुनेमा ५३२ जना छात्रा छन् भने ४३९ जना छात्र छन्। महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन्। यीमध्ये ८१ वटामा प्रारम्भिक बाल विकास कक्षा (इसिडी) छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नारदेश्वर महादेव मन्दिर र इकुहिटी फल्चाकाे पुनर्निर्माण कार्यकाे समुद्घाटन

हरेक वर्ष वि.सं अनुसार माघ शुक्ल पञ्चमी तथा ने.सं अनुसार सिल्लाथ्व पञ्चमी तिथिलाई श्री पञ्चमीको रुपमा लिने गरिन्छ। जनविश्वास अनुसार यसै तिथिबाट चिसो र तुसारो कम हुँदै जाने र बोटबिरुवामा नयाँ पलुवा लाग्न थाली वसन्त सुरु हुने भएकोले यस तिथिलाई वसन्त पञ्चमीको नामले पनि चिनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

शिक्षक दम्पतीले विद्यालयमा बनाइदिए सरस्वती मन्दिर

कूल ६ लाख ३७ हजार ९ सय ६३ रुपैयाँको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वती पूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन्। मन्थली विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रम नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रामेछाप

‘बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ’

६ वटा ऋतुहरू मध्ये सबैभन्दा लामो र सबैभन्दा महत्वपूर्ण ऋतु भनेर बसन्त  ऋतुलाई लिइन्छ। धर्मशास्त्रका अनुसार पाँचवटा ऋतुहरूमध्ये बसन्त राजालाई  बलवान मानिएको छ। बलवान भएकै कारणले आ-आफ्नो आयू र उमेरबाट दिनहरू हेर्दा लगभग सबै ऋतुहरू दुई महिनाका हुन्छन भने बसन्त ऋतु ४० दिन बढीको हुन्छ। यही बसन्त ऋतुबाट चाँही नयाँ सिजन सुरु हुने विश्वास गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका-४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई पक्राउ गरेको हो। उनीहरूको  साथबाट स्रोत खुलाउन नसकेको १६ लाख ४९ हजार २ सय नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

११ हजार भोल्टको करेन्ट लागेर युवकको मृत्यु

मृतक साह गरुडा नगरपालिकामा कार्यरत करारका अमिन हुन्। गरुडा नगरपालिकाको जयनगरमा निर्माणाधीन एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको अनुमान गरिएको प्रहरीले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

२० बर्षदेखि फरार रौनियार पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार विरगन्ज-१६ नगवामै लुकिछिपी बसेको अवस्थामा रौनियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर पर्सा जिल्ला अदालतमै बुझाएको उनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

सोनाम ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति

तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ। सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० रुपैयाँ जरिवाना तोकिएका १० फरार प्रतिवादी पक्राउ

पक्राउ परेका प्रतिवादीहरूमध्ये सिकेन्द्र राय यादवलाई बिगो मुद्दामा दुई बर्ष कैद सजाय तोकिएको उनले उल्लेख गरे। पक्राउ परेकाहरूमा नवल किशोर मुखियालाई हातहतियार तथा खर-खजानामा आठ महिना पाँच दिन कैद सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

शीतल निवासमा दीप बालेर राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभारम्भ

राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्वरुप फेरिएको न्युरोड (फोटो फिचर)

सवारी पार्किङ र फुटपाथ व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ। महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरूलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ। सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग-सेतो र हरियो छनोट गरिएको छ। सोहीअनुसार महानगरले रंग पोतेर न्यूरोड क्षेत्रको स्वरुपलाई बदल्ने प्रयास गरेको छ। उक्त क्षेत्रका घरहरूमा एकै खाले रंग लगाउने काम गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीमानले मारे श्रीमती, देवलालको हातमा हत्कडी

धनुषाधाम नगरपालिका-५ पर्वताका देवलाल ठाकुरले श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धानका अनुसार श्रीमानसँग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ। देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयवासीको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

फोहोरका बीचमा बिष्णुमती र बल्खुका सुकुम्बासी बस्तीहरू (फोटो फिचर)

बिष्णुमती र बल्खु खोला किनारमा लामो समयदेखि सुकुम्बासीहरूको बसोबास छ। बिष्णुमती किनारमा फोहोरका डङ्गुर यत्रतत्र देखिन्छ। फोहोरका डङ्गुरले यत्रतत्र दुर्गन्धमात्रै फैलाएका छैनन, सरुवा रोगसमेत फैलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं