खेलकुद परिषद्वारा मिसन २०२६ का लागि पाँच खेल थप
मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो। पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए। मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि सोमबार काठमाडौँमा आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले थप गरिएका खेलहरुमा महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती र एथलेटिक्स रहेको बताए।
बिएल संवाददाता - काठमाडौँ