कमल विक
निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय कार्यसमितिका निवर्तमान प्राज्ञिक सल्लाहकार अरुणकुमार शर्माले अहिलेका युवा पुस्ता विदेशमा भाैतारिनुपर्ने अवस्था आउनुमा कहीँ न कहीँ देशकाे शिक्षा प्रणालीकाे पनि दाेष भएकाे बताएका छन।
बिएल सम्वादमा कुराकानीका क्रममा शर्माले देशकाे शिक्षा प्रणालीमा सुधार र परिमार्जन नहुँदा युवा पुस्ताले अहिलेकाे अवस्था भाेग्नु परेकाे बताएका हुन्।
‘युवा राेजगारीकाे लागि विदेश जानुपर्ने, विद्यार्थी गुणस्तरीय शिक्षाकाे खाेजीमा विदेश जानुपर्ने अवस्था एकाएक आएकाे हाेइन’, शर्माले भने, ‘यसमा क्रमिक रुपले हाम्राे नीति, कार्यक्रम, प्रणाली कहीँ न कहीँ जिम्मेवार छन्। शिक्षा क्षेत्रलाई राज्यले जसरी अगाडि बढाउनु पर्थ्याे त्याे हुन नसकेकाे पक्कै हाे।’
यसमा आवश्यकताभन्दा बढी राजनीतिक हस्तक्षेप हुनु, विद्यालय क्षेत्रमा राजनीतिकरण हुनु, विश्वविद्यालयहरुमा आफ्ना मान्छेहरुकाे भर्ती गरिनु, परीक्षा प्रणाली समय सापेक्ष सुधार नहुनु प्रमुख कारण भएकाे उनकाे भनाइ छ। यद्यपि, यसमा निजी क्षेत्रले केही सुधारका कामहरु गरेकाे उनले बताए।
भिडियाे:
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया