धनगढीमा कोरोना संक्रमित शाहीकाे गुनासाे– चिकित्सकले मलाई वेवास्ता गरे

मनीषा अवस्थी

काठमाडाैं

पछिल्लो पटक कैलालीको धनगढीमा भेटिएका कोरोना संक्रमितलाई अस्पतालले वेवास्ता गरेको गुनासो गरेका छन् ।  सेती अञ्चल अस्पतालको ‘आइसोलेसन’ कक्षमा उपचारार्थ चौथो संक्रमितले आफूलाई अस्पतालले कुनै किसिमको हेरचाह नगरेको गुनासो गरेका हुन् । धनगढीमै कार्यरत एक पत्रकारसँग टेलिफोन कुराकानी गर्दै उनले गुनासो गरेका हुन् । 

कुराकानीमा उनले दुबईबाट एक जना विराटनगरका साथीसँग गत चैत ७ मा दिल्ली आएर ६ घण्टाको ट्रान्जिटपछि दुबै काठमाडौं फर्किएको बताएका छन् । 

धनगढीमा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टी भएका अमृत शाही नाम गरेका उनले आफूलाई चिकित्सकले सामान्य सोधपुछ पनि नगरी वेवास्ता गरेको बताए।  

उनले आफूलाई संक्रमण पुष्टि भएको कुरा समेत समाचार हेरेपछि आफन्तले थाहा दिएको गुनासो गरेका छन् ।  

अहिले उनको परिवारका सबै सदस्य समेत धनगढी अस्पतालमा आइसकेका छन् ।  तर, चिकित्सकले वास्ता नै नगर्दा समस्या भएको उनको भनाई छ । 

उनी डोटीस्थित साहिलका स्थानीयवासी हुन् भने गत साता मात्र युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईबाट नेपाल फर्किएका थिए। 

शाहीमा कोरोना भाइरस पुष्टी भएपछि यति बेला धनगढी बढी सर्तक देखिएको छ। उनी हाल सेती प्रादेशिक अस्पतालको ‘आइसोलेसन’ मा स्वास्थ्य उपचार गराइरहेका छन्। उनी फ्लाइट इमिरेट्सको इके–०१५० बाट चैत ६ मा भारतको नयाँ दिल्ली हुँदै नेपाल फर्किएका थिए। चैत ७ मा नेपाल अवतरण गरेका उनी धनगढीको टिकट नपाएपछि सोही दिन दिउँसो १२ बजे बुद्ध एयरको नियमित उडानबाट नेपालगञ्ज झरेका थिए।

नेपालगञ्जबाट बस चढेर उनी धनगढी लागेका थिए।  

कोरोनाको आशंका लागेपछि उनी काठमाडौंबाट घर फर्किएको तीन दिनपछि चैत ११ मा सेती प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका हुन्। 

अस्पतालले उनलाई ‘आइसोलेसन’ मा राखेर घाँटीको स्वाब नमूना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएपछि यसको पुष्टी भएको हो।

याे पनि

धनगढीमा कोरोना संक्रमित भेटिएका युवकको पहिचान खुल्यो 

बेरोजगार हुने डरले पलपल मृत्युसँग लडिरहेका छन्, युरोपमा बस्ने नेपालीहरू

धनगढीमा कोरोना संक्रमित शाहीकाे गुनासाे– चिकित्सकले मलाई वेवास्ता गरे

भारतबाट झाेला झुम्टा बाेकेर देश प्रवेश गर्दै सुदूरपश्चिमेली (फाेटाे फिचर)

 

प्रकाशित मिति: : 2020-03-29 02:52:55

प्रतिकृया दिनुहोस्