
बिएल संवाददाता
फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ। पीएसजीकाे घरेलु मैदानमै भएकाे खेलको अन्त्यतिर निकै तनावपुर्ण स्थितिमा मार्सेलीसँग १–० ले पराजित भएको हो।
पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १–० ले नै पराजित भएको थियो। पहिलो रोजाईका केलियन एमबाप्पेसहितका खेलाडी कोभिड–१९ का कारण आइसोलेशनमा छन्। भरपर्दा ब्राजिलियन खेलाडी नेयमारसहितको टिम आइतबार राति भएको खेलमा उत्रिएपनि मार्सेइलीसँग १–० ले पराजित भयो।
३१ औँ मिनेटमा फ्लोरियन थाउविनले गरेको गोल नै मार्सेइलीको जितका लागि पर्याप्त बन्यो। उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए।
यो हारले पीएजसीले लिग वानको सुरुवाती दुई खेलमा अंक जोड्न नसक्दा मार्सेली लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।
तर, यो खेल मार्सेइलीको जित वा पीएसजीको हारभन्दा पनि पाँच खेलाडीले इन्जुरी समयमा पाएको रातो कार्डका कारण चर्चामा छ।
अन्त्यतिर पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। पीएसजीका लेभिन कुर्जावा, लियान्द्रो पाराडेस र नेयमारले रातो कार्ड पाउदा मार्सेलीका जोर्डन एमाभी र डारियो बेनेडेट्टोले रातो कार्ड पाएका थिए।
खेलकाे ९७ औँ मिनेटमा उनीहरुलाई रातो कार्ड देखाइएकाे थियाे। रेफ्रीले भिएआरबाट नेयमारको पञ्च हेरेर सीधै रातो कार्ड दिएका थिए।
नेयमारले मैदान छोड्ने क्रममा फोर्थ अफिसियललाई आफूमाथि रंगभेदी टिप्पणी भएको बताएका थिए।
खेलपछि नेयमारले ट्वीट गरेर अल्भारो गोन्जालेजको मुखैमा पञ्च नहिर्काएकोमा पछुतो रहेको उल्लेख गरेका छन्। गोन्जालेजले नेयमारलाई पछाडिबाट टाउकोमा हिर्काएका थिए।
नेयमार र अल्भारो भन्दा अघि मार्सेइलीका बेनेडिट्टोले परेडेसलाई पछाडिबाट ताने, त्यसपछि परेडेसले बेनेडिट्टोलाई मैदानमा लडाएका थिए।
मार्सेइलीका प्रशिक्षकले रंगभेदी टिप्पणीका कारण घटना भएको जस्तो नलाग्ने तर त्यस्तो खालको टिप्पणीका लागि कुनै स्थान नरहेको बताए। उनले त्यसबारे अनुसन्धान गरिने बताए।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया