शनिबार, १३ सेप्टेम्बर २०२५

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

हिमाल खबर

हिमाल खबर

महेश्वर आचार्य
News Image
• • •

भेडापालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत जुम्लाका १४३ किसानले गत वर्ष गोठालाभत्ता पाएका थिए। उनीहरू २६५ जनामा छानिएका हुन्। 

यस वर्ष ३३९ जनाले निवेदन दिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढथापाले बताए। निवेदन दिनेमा दलित महिला एक, दलित पुरुष दुई‚ आदिवासी जनजाति महिला एक‚ अन्य समुदायका ८२ महिला र २५३ पुरुष रहेका छन्। 

“सूचीकृत गराउने किसानहरूको बढ्दो संख्याले यो कार्यक्रमप्रति किसानहरू उत्साहित भएको देखिन्छ,” बुढथापा भन्छन्, “प्रोत्साहन भत्ता पाउँदा किसानहरू खुशी छन्। भत्ता बापत पाएको पैसाले उनीहरूले बोका, औषधि किनेका देखिएका छन्। कतिले आफूलाई पनि औषधोपचारमा पैसा उपयोग गरेको देखिएको छ।”

भत्ताका लागि स्थानीय तहको पशु शाखाको सिफारिस र पालिकामा नाम दर्ता गरिएको कागजपत्र सहित जिल्ला पशु विकास कार्यालयमा नाम सूचीकृत गराउनुपर्छ। कार्यालयका प्राविधिक टोलीले अनुगमन गरी प्रतिवेदन तयार भएपछि मात्र भत्ताको लागि सिफारिस गरिने छ। मापदण्ड पूरा गरेका किसानले मात्र भत्ता पाउनेछन्।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!