आधारातमा पेश गरेर कर्णालीको बजेट ‘पारित’
बजेट प्रस्तुत भएको २० दिनसम्म भएको विरोध, विवाद र रस्साकस्सीका बीच कर्णालीको बजेट पारित भएको छ। शुक्रबार मध्यरातमा सरकारले ल्याएको बजेट कर्णाली प्रदेशसभाले पारित गरेको हो। कर्णाली प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं बैठकमा सभामुख नन्दा गुरुङले सरकारले आर्थिक मामिला तथा योजना मन्त्री राजिव बिक्रम शाहले कर्णाली प्रदेश सभामा कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक २०८२ लाई पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरिन्।
बिएल संवाददाता - काठमाडाैं