कस्तो होला आजको संसद बैठक, माओवादी, रास्वपा र राप्रा रणनीति बनाउँदै
तर विपक्षी दलहरूले भने संसद बैठक चल्न नदिने रणनीति बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बस्नुअघि संसदीय दलको बैठक बोलाएका छन्। यसअघि नै रास्वपाले १३ गतेको संसद बैठक सामान्य नहुने भन्ने चेतावनी दिइसकेको छ। उसले यसअघि रमेश लेखककै अभिव्यक्ति स्मरण गराउँदै राजीनामा दिने कि नदिने भन्ने प्रश्न उठाउने भएको छ। गृहमन्त्री हुनुभन्दा अघि सांसद रमेश लेखकले प्रतिनिधिसभा बैठकमै तत्कालीन गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका थिए। त्यो बेला रवि लामिछानेलाई सहकारी ठगीको आरोप थियो।
बिएल संवाददाता - काठमाडौं