सोमबार, १५ सेप्टेम्बर २०२५

रविविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै, १४ प्रतिवादीबाट ३८ करोड बिगो माग

जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदनका आधारमा आज रविसहित १४ व्यक्ति तथा गोर्खा मिडिया प्रालि र साहारा बचतसहित ६ वटा संस्थाविरुद्ध सहकारी ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

गलत संगतले जीवन नै बर्बाद हुन्छः प्रधानमन्त्री ओली

उनले मौरी र झिंगाको उदाहरण दिँदै मौरीको संगल गरे फूलमा पुगिने तर झिंगाको संगतले फोहोरमा पुर्‍याउँने र अनेक प्रकारका रोग निम्त्याउँने बताए। उनले अरुको लहैलहैमा लागेर निर्णय लिनुभन्दा आफैंले बुझेर निर्णय लिँदा सफल भइने बताए। उनले भने, ‘मौरीको साथ लाग्नुभयो भने फूलमा पुगिन्छ। झिंगाको साथ लाग्नुभयो भने फोहोरमा पुग्नुहुन्छ। मौरीले मह जस्तो औषधी दिन्छ। तर झिँगाको साथ लाग्नुभयो भने अनेक प्रकारका रोग निम्तन्छ। त्यसैले सचेत रहेर काम गर्नोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुलमान विरुद्धको मुद्दा अन्तिम सुनुवाइ हुँदै, न्यायाधीश रेग्मी र ढुङ्गानाको इजलास पेसी

तत्कालीन केपी ओली नेतृत्वको सरकारले शाक्यलाई २७ माघ २०७७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। ओलीपछि पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा नयाँ सरकार बने लगत्तै शाक्यलाई हटाएर घिसिङलाई नियुक्ति २०७८ साउन २४ मा घिसिङलाई नियुक्ति सिफारिस गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वसन्त श्रवणका लागि हनुमानढोकामा भीभीआईपीहरू (फोटो फिचर)

वसन्त श्रवण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री गण तथा विशिष्ट महानुभावहरूको उपस्थिति थियो। वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वैदेशिक अध्ययनको नाममा बाहिरियो आधा खर्ब बढी रकम

६ महिनाको समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च नौ दशमलव सात प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा भ्रमण खर्च ९२ अर्ब ८७ करोड रुपैयाँ थियो। समीक्षा अवधिमा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा गएको छ। जुन अघिल्लो वर्षको तुलनामा ८ अर्ब रुपैयाँले बढी हो। समीक्षा अवधिमा भ्रमण आय पाँच दशमलव एक प्रतिशतले बढेर ४१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ’

६ वटा ऋतुहरू मध्ये सबैभन्दा लामो र सबैभन्दा महत्वपूर्ण ऋतु भनेर बसन्त  ऋतुलाई लिइन्छ। धर्मशास्त्रका अनुसार पाँचवटा ऋतुहरूमध्ये बसन्त राजालाई  बलवान मानिएको छ। बलवान भएकै कारणले आ-आफ्नो आयू र उमेरबाट दिनहरू हेर्दा लगभग सबै ऋतुहरू दुई महिनाका हुन्छन भने बसन्त ऋतु ४० दिन बढीको हुन्छ। यही बसन्त ऋतुबाट चाँही नयाँ सिजन सुरु हुने विश्वास गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने पर्व हो’

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा जीवनलाई उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको बताएका छन् ।   सोमबार वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ऋषिकेश पत्नी जोडिएको सहकारीका अध्यक्ष कारागार चलान

मुख्य आरोपी रौनियारकै सक्रियतामा उमागौरी सहकारी स्थापना भएको थियो। सो सहकारी ठगी प्रकरणमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि जोडिएकी छन्। रौनियार र कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको थियो। २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

झापाको दमकमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ८ जना पक्राउ

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार  निर्माणको विरोध गर्दै मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार पूर्वका नौ जिल्लामा यातायात बन्दको आह्वान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

दललाई नसोधी एमाले सचेतक कसरी पुगिन् अफ्रिका?

सचेतक बरालको अनुपस्थितिबारे बुझ्दा प्रमुख सचेतक बर्तौलाले अवविज्ञता प्रकट गरेका छन्। उनले ‘आफूलाई पत्तो नभएको र संसदीय दललाई पनि जानकारी नदिएको’ जवाफ फर्काएका छन्। एमाले सांसदहरूको अनिवार्य उपस्थितिका निम्ति उर्दी लगाउनुपर्ने सचेतक नै शीर्ष नेतृत्वसँग बेखबर भएपछि एमालेवृत्तमा बरालको चर्को आलोचना भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुरधाममा व्यवसायमाथि रड प्रहार, अवस्था घाइते

जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि फलामका रड प्रहार भएको छ। बरहथवा नगरपालिका–८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि एक समूहले रड प्रहार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

प्रभु साहविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता

आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य प्रभु साहविरूद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। केही दिनअघि उनले आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भनेर लेखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कोशी बन्दको प्रभाव- केही जिल्लामा राजमार्ग अवरुद्ध

केही स्थानमा बन्दकर्ताहरू सडकमा उत्रिएका कारण राजमार्गमा ठूला र यात्रुवाहक सवारी साधनहरू चलेका छैनन्। प्रहरीले बन्दकर्तालाई हटाउने वा नियन्त्रणमा लिएर राजमार्ग खुलाउने प्रयास गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। नो-केबलकार संघर्ष समितिले केबलकार निर्माण रोक्नुपर्ने सहित पक्राउ परेका कार्यकर्ताहरूको रिहाइको माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिकोणात्मक सिरिज- आज नेपाल र नेदरल्याण्ड्स आमने-सामने

नेपाल अझै पनि पहिलो जितको खोजीमा छ। नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो। पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। दुवै टोली सिरिजमा दोस्रो पटक आमने-सामने हुँदैछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना, ५ नेपालीको मृत्यु (नामावलीसहित)

भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरूको मृत्यु भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। मृत्यु हुनेहरूमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र एक ड्राइभर रहेको बताइएको छ। त्यस्तै सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर

प्रधानमन्त्रीका एक साता: रुघाखोकीले सताउँदा भर्चुअलको साहारा

हप्ताको पहिलो दिन आइतबार माघ ७ गते ओलीले नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गरे। ‘साना र ठुला राष्ट्रको हित समान हित हो’ भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभीमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने प्रतिवद्धता जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थाइल्याण्डसँग नेपाल पराजित, इन्दुको जीवनदानमा नन्नपतको अर्थशतक

पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो। थाइल्याण्डले शुक्रबार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसका नेतालाई पार्टी प्रवेश गराउँदै प्रचण्ड, भन्छन्- माओवादीको पक्षमा देशव्यापी लहर सुरु भयो

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेकाले यसबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रष्ट रुपमा बुझिसकेको उल्लेख गर्दै उनले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा अर्को विमान दुर्घटनाः यात्रुहरू जीवित नरहेको आशंका

अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स (विमान) दुर्घटना भएको छ। दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ। जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। उनीहरूको अवस्थाबारे हालसम्म पुष्टि भएको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - एजेन्सी

आफूनिकट विद्यार्थी नेताहरूलाई जनार्दनले दिए ‘रात्रिभोज’

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकरले’ अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित आफूनिकट विद्यार्थी नेताहरूको छुट्टै भेला आयोजना गरेका छन्। संस्थापक इतर समूहको नेतृत्व गर्दैआएका उनले क्रान्तिकारीको निर्वाचनमा आफ्नो समूहबाट निर्वाचित ‘पदाधिकारी—सदस्य’ र ‘पराजित उम्मेदवार’हरूलाई मात्रै बोलाएको बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं