राष्ट्रपति पौडेल र न्यूजिल्याण्डका उपप्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग न्यूजिल्याण्डका उपप्रधान तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्सले राष्ट्रपति भवन शीतल निवासमा बुधबार शिष्टाचार भेट गरेका छन्। सो अवसरमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री पिटर्सलाई नेपाल सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्नेतर्फ अग्रसर भएकाले यो लक्ष्य हासिल गर्न व्यापार, लगानी र विकास सहकार्यका लागि आग्रह गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन्। नेपाल र न्यूजिल्याण्ड विभिन्न अन्तर्राष्ट्रिय विषयहरूमा साझा धारणासहित बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्दै आएको स्मरण गर्दै उनले स्तरोन्नति तर्फकोे यात्रालाई दीगो बनाउन व्यापार, लगानी र विकास सहकार्यका सन्दर्भमा न्यूजिल्याण्डबाट सहयोगको अपेक्षा गरेको बताए।
बिएल संवाददाता - काठमाडौं