सोमबार, १५ सेप्टेम्बर २०२५

सुनौली नाका हुँदै पूर्वराजा गोरखपुर प्रस्थान, भोलि आदित्यनाथसँग भेट्ने

पूर्वराजाले उत्तरप्रदेशस्थित गोरखनाथ मन्दिरमा विशेष पूजाअर्चना गर्ने र खिचडी चढाउँने कार्यक्रम छ। पूर्वराजाले गोरखनाथ मन्दिरमा खिचडी चढाउने प्रचलन छ। सोही परम्परालाई निरन्तरता दिन उनी भारत प्रस्थान गरेका हुन्। पूर्वराजाले भोलि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने छन्। राजाको पूजा कार्यक्रममा सहभागी हुन आदित्यनाथ गोरखनाथ आउने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

सहकारी ठगलाई कारबाही गर्दा रास्वपा समाप्त पार्न खोजेको प्रचार गरियो- प्रदीप ज्ञवाली

सहकारीका ठगलाई कारबाही अघि बढाउँदा ‘रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम’ भन्दै प्रचार भएकोमा आपत्ति जनाए। उनले  भने, ‘हामीले  राजनीतिक दिशा परिवर्तन गर्‍यौं, २०७९ को निर्वाचनको  नतिजा जनताले  सोचेजस्तो  आएन। देशले  एउटा बलियो  स्थिरता खोजेको  हो।  ठगीलाई जोगाउन सरकार बनेको होइन, गल्ती गर्ने सबैलाई कारबाही हुन्छ। तर गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

धेरै उत्पादन गरेर भारत र चीनमा निर्यात बढाउन प्रधानमन्त्रीको आग्रह

पूर्वाधार विकासको क्रमजोरी रहेकाले नेपाल अझ तीव्रताका साथ अगाडि बढ्ने बताउँदै प्रधानमन्त्री ओलीले असहज राजनीतिक अस्थिरता जस्ता कुराले अर्थतन्त्रलाई प्रतिकूल असर परेका बेला त्यसलाई लयमा फर्काउन नयाँ सरकार बनेकाले सन् २०२६ मा नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नती गर्ने तयारीमा भएको जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको कुरा उठेपछि विपक्षी दलको बैठकमै बम्किए चित्रबहादुर

बैठकमा केसीले व्यक्तिगत एजेन्ड बोक्न नसकिने उल्लेख गर्दै रविको कुरा उठाउने भए जनमोर्चाको संघीयता खारेजीको मुद्दा पनि उठाउनु पर्ने माग गरेपछि रविको विषयमा सहमति हुन सकेन। रवि लामिछानेविरुद्ध गत पुस ७ गते जिल्ला अदालत कास्कीमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलेपछि पुस ८ गते संसद सचिवालयले लामिछानेको सांसद पद निलम्बन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय

बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएको कारण सबै विपक्ष दलहरुले यसको अस्वीकार गर्ने सर्वसहमत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले भने,‘सरकारले सदनमा ल्याएर सबै कानुन व्यवस्थित बनाएर अगाडि बढाउनुको सट्टा सदन बोलाउने बेलामा नै आएर जसरी अध्यादेश ल्याएको छ। त्यो प्रकृयाको हिसाबले पति गलत छ। त्यसैले सबै विपक्ष दलहरूले यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोनाम ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुग्छ : राष्ट्रपति

तामाङ समुदायको पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी संसदीय दलको बैठक बस्दै

सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयकलगायतका विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुनेछ। माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा यात्रुवाहक विमान र सेनाको हेलिकप्टरमा आकाशमै जुधेपछि…

अवतरण गर्ने तयारीमा रहेको अमेरिकन एअरलाइन्सको यात्रुवाहक विमान हेलिकप्टरसँग आकाशमै ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको बीबीसीले उल्लेख गरेको छ। क्यान्सास राज्यको विचिटाबाट आएको विमान स्थानीय समयानुसार रातको ९ बजेतिर दुर्घटना भएर पोटोम्याक नदीमा खसेको थियो। विमानमा चालक दलका ४ सहित ६४ यात्रु सवार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ। बिहीबार गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ। सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ। सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन्। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका पहिलोको ‘ट्रम्प-ग्रहण’मा नेपाल

चीन र भारतको बीचमा रहेको नेपाललाई भूराजनीतिक अवस्थितिका कारण पनि अमेरिकाले देख्दैआएको थियो। त्यसरी देख्दा नेपाल अमेरिकी सहयोग पाउँने देशको सूचीको १६औं स्थानमा थियो। तर, अब त्यो सूची नै ‘अमेरिका पहिलो’को ट्रम्प ग्रहणमा परेको छ। चारवर्षे लामो त्यो ग्रहणमा नेपालको दिशा र दशा के हुन्छ? अहिले नै यसै भन्न सकिने स्थिति छैन।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

अखिल क्रान्तिकारीको अध्यक्षमा ‘प्रचण्ड-शक्ति’ समूहका सापकोटा विजयी

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकाे अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। बुधबार सम्पन्न मतगणनामा अध्यक्ष प्रचण्ड र उपमहासचिव शक्ति बस्नेतको समर्थन पाएका उनी ७१ मतको अग्रतासहित विजयी भएका हुन्। सापकोटाले ६८६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत पाए। सापकोटा र राईबिचको मतान्तर ७१ रहेको छ। तेस्रोमा उपदेश यादवले ३१० मत पाए भने सुदीन पौडेलले जम्मा १९२ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तत्काल पार्टी नेतृत्वमा नफर्किने मुडमा रवि, संसदमा विराजभक्तले नेतृत्व गर्ने

रवि यतिबेला कास्की, काठमाडौं र रुपन्देही अदालतबाट धरौटीमा रिहा भइसकेका छन्। कानुनका जानकारहरूका अनुसार रविलाई पार्टीको नेतृत्व गर्न कुनै कानुनी समस्या छैन। यद्यपि उनी बयान र थुनछेक बहस बाँकी रहेका अदालतबाट पनि धरौटी वा साधारण तारेखमा रिहा भएपछि मात्र पार्टीको बागडोर सम्हाल्ने मनस्थितिमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको निलम्बनको विरोध गर्ने

रास्वपाका संसदीय दलको नेता तथा पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर प्रतिनिधिसभा नियमावली विपरित निलम्बन गरेको विषयमा पनि बिरोध जनाउने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले बताए। लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भए लगत्तै संसद सचिवालयले सांसदबाट निलम्बन गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल (क्रान्तिकारी)को महासचिवमा जनार्दन निकट थापामगर निर्वाचित

थापामगरले महासचिवका ७ जना उम्मेदवारलाई पछि पार्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सञ्जयकुमार महतोले ४०५ मत ल्याए। महतो प्रचण्ड-शक्ति बस्नेतनिकट विजय प्रकाश सापकोटा प्यानलका हुन्। त्यस्तै महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, शिब बस्नेत, श्यामबहादुर रोक्का र सञ्जिव फुयाल पनि प्रतिस्पर्धामा थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्रान्तिकारीको लेखा आयोग अध्यक्षमा ‘नारायणकाजी’ निकट सुष्माले मारिन् बाजी

रेग्मी माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव समूहबाट विजयी बनेकी हुन्। उपविजेता बनेका बुढाथोकी माओवादी उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त राईको समूहबाट उम्मेदवार बनेका थिए। उनले ५३७ मत प्राप्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अखिल (क्रान्तिकारी)को कोषाध्यक्षमा जनार्दन निकट फूलमाया

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी मतगणनामा उपत्यका विशेष र विश्वविद्यालय विशेष प्रदेशको कोषाध्यक्ष पदको मतगणना सकिँदा रानामगर निर्वाचित भएकी हुन्। रानामगरले ५९६ मतका साथ वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट उपदेश यादव प्यानलकी पार्वता चाम्लागाई (पारू)लाई मात खुवाइन्। प्रचण्ड-शक्ति निकट विजयप्रकाश सापकोटा प्यानलका महेन्द्रबहादुर चन्द तेस्रो स्थानमा खुम्चिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाथीभराको टुप्पोमा होटल खोल्न दिँदैनौंः योगेश भट्टराई

सांसद भट्टाईले केबलकार पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरूका लागि निःशुल्क सेवा दिने घोषणा गर्नु आवश्यक रहेको बताए। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्ने पनि उनको भनाई छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीद्वारा सहिद स्मारक र सहिद गेटमा पुष्पहार अर्पण

प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुती दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ। ००७ सालपछि हरेक वर्ष माघ १६ गते विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाउने गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकाबाट निष्कासनमा पर्ने साढे १४ लाख आप्रवासीको सूची सार्वजनिक, नेपालका १३६५

अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा अमेरिकामा बस्दै आएका १ हजार ३६५ नेपाली पनि समावेस छन्। अर्थात ती नेपालीहरू अमेरिकाबाट नेपाल फिर्ता पठाइन लागिएको हो। अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिक छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘स्टन्ट’बाजीले देश चल्दैनः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरू कार्यान्वयनका लागि सरकारका तर्फबाट प्रत्याभूति दिँदै युवा कानुन व्यवसायीले न्यूनतमभन्दा कम पारिश्रमिक पाउने अवस्था अन्त्य हुनुपर्ने बताए। उनले सरकार कानुन व्यवसाय र युवाहरूको साथमा रहेको स्पष्ट गर्दै यस क्षेत्रको भलाइ र उन्नतिका लागि सरकारले कानुन निर्माणलगायतका काममा उचित ध्यान दिने विश्वास दिलाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं