तस्वीरमा हेर्नुहाेस्,अमेरिकामा आप्रवासीकाे दङ्गा
क्यालिफोर्नियाको लस एन्जलसमा केही दिनयता आप्रवासीहरूको प्रदर्शन र दंगा भड्किएपछि राष्ट्रपति ट्रम्पले त्यहाँ २ हजार भन्दा नेशनल गार्ड र मरिन आर्मीहरू तैनाथ गरेका थिए। अमेरिकी भूमिमा यस्ता सैनिकहरू बिरलै परिचालन हुन्छन्। मरिन सैनिक भनेका एकदमै जटिल अवस्थामा मात्रै आफ्नाो भूमिमा परिचालन पाइन्छ। सैन्य मुख्यालय पेन्टागनले मरिन सैनिककाे एक बटालियन अर्थात् करिब ७ सय सैनिकहरूलाई त्यहाँका सरकारी अधिकारी र सम्पत्तिकाे सुरक्षार्थ खटाइएकाे जनाएकाे छ। मरिन सैनिक भनेका सामुद्रिकसँगै जमिनी सुरक्षाका लागि पनि विशेष तालिम प्राप्त हुन्छन्। यसअघि प्रदर्शनकारीहरूले त्यहाँका संघीय सरकारी अधिकारीहरूमाथि आक्रमण प्रयास समेत गरेका थिए। सबै तस्वीरहरू: सिएनएन
बिएल संवाददाता - काठमाडौं