मेरो मस्तिष्कबाट फुटबलको क्रेज डिलिट भएको करिब दश१० वर्ष नाघ्यो। फुटबलप्रति म निकै आकर्षित थिएँ। अतितको परिवेश र रुचिहरूको आकस्मिक मिलन थियो त्यो सायद।
फुटबल प्रेमीहरू एककट्ठा हुन्थ्यौँ ठुलठूला म्याच खेलिने रात। म्याच हेर्न कै लागि राति अनिँदो बस्थ्यौँ। कसैको काेठामा होस् वा कुनै मनपर्दो रेस्टुराँमा, साथीभाइहरूको जमघट भइछाडथ्यो। मन मिल्ने साथीहरूको आगमन हुन्थ्यो। अनि उत्साह अझै चुलिन्थ्यो।
बियरका बाेतलहरू प्वाट्टप्वाट्ट खोलिन्थे। नशा झम्म चड्थ्यो, उता खेलाडीहरू तँछाडमछाड गर्थे। यता हामी रेफ्रीलाई रातो कार्ड देखाउन दबाव दिन्थ्यौँ। मानौँ उनीहरू हैन हामी स्वयम् मैदानमा छौँ। डेबिड बेक्खमले हैन फ्री-किक मैले लिँदैछु। ओवेनले हैन गोल मैले गर्दैछु।
बिएल संवाददाता
- बैंकक, थाइल्यान्ड